मेरिल्याण्ड कलेजलाई अर्को सफलता, निशा र स्नेहा भइन् प्रथम र द्वितीय 

 न्यूज विराट
मेरिल्याण्ड कलेजलाई अर्को सफलता, निशा र स्नेहा भइन् प्रथम र द्वितीय 

विराटनगर ।  व्यवस्थापन शिक्षामा अब्बल नतिजा निकाल्न सफल भई राष्ट्रिय पहिचान बनाएको विराटनगरस्थित मेरिल्याण्ड कलेजले अर्को सफलता हात पारेको छ । 

त्रि.बि. अन्तरगत महेन्द्र मोरङ क्याम्पस द्वारा बिबिएका लागि लिइएको प्रवेश परीक्षामा मेरिल्याण्डकी छात्रा द्वय निशा बानिया र स्नेहा ढकालले क्रमशः ८२ र ८०.९५ अङ्क ल्याएर प्रथम र द्वितीय स्थान हात पार्न सफल भएका हुन् । 

करिब ९०० विद्यार्थीले परीक्षा दिएकोमा मेरिल्याण्का दुई जना छात्रा सहित मेरिल्याण्डकै थुप्रै विद्यार्थीहरूले सफलता हासिल गरेका छन् । गत वर्ष पनि महेन्द्र मोरङको सी म्याट  परीक्षामा मेरिल्याण्कै छात्रा  रशमी शाहले प्रथम स्थान हात पारेकी थिइन् भने बिबिए प्रथम सेमेस्टरको परीक्षामा हेनरीका ढकालले प्रथम भएकी थिइन् । 

त्यसै गरी २०७९ सालको कक्षा –१२ को बोर्ड परीक्षामा दिया अग्रवालले सर्वाधिक अङ्क ३.९६ जिपिए ल्याई नेपाल प्रथम भएकी थिइन् ।  त्यस्तै यसै वर्षदेखि डिग्री क्याम्पस विराटनगरको बिबिए प्रवेश परीक्षाको नतिजामा मेरिल्याण्डकै छात्र शाश्वत ढकालले प्रथम स्थानमा नाम निकाल्न  सफल भएका छन् । उक्त सफलताबाट कलेज गौरवान्वित भएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए । 

सम्बन्धित समाचार

१४ हजार बढी क्वारेन्टाइनमा, कम बागमती र सबैभन्दा बढी प्रदेश ५ मा

काठमाडौं, १३ वैशाख-कोरोना भाइरसका संक्रमणको जोखिमलाई मध्यनजर गर्दै १४ हजार बढी व्यक्ति देशभरका विभिन्न क्वारेन्टाइनमा बसेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न ठाउँमा १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा रहेका छन् । स्वास्थ्य...

उपचार गर्न पाउनुपर्ने माग राख्दै कैदीबन्दीले गुहारे सरोकारवाला

विराटनर । मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक दर्जन कैदीबन्दीहरुले उपचारको माग राखेका छन् । मोरङ कारागारका जेलर धु्रवप्रसाद कोइरालाले कैदीबन्दीको उपचारमा चासो नदेखाएपछि उनीहरुले उपचारमा सहजिकरण गरिदिन सरोकारवाला निकायसँग माग राखेका हुन् ।...

गुराँस लाइफको बीमा शुल्क अब ईसेवामार्फत भुक्तानी गर्न सकिने

काठमाडौं, १३ वैशाख-गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडको बीमा शुल्क अबदेखि ईसेवामार्फत पनि भुक्तानी गर्न सकिने भएको छ । योसँगै गुराँस लाइफ इन्स्योरेन्समा बीमा गरेका बीमितले आफ्नो नियमित बीमा शुल्क ईसेवाको मोबाइल एप्स तथा इन्टरनेटबाट सहजै भुक्तानी...

कोरोना संक्रमणबाट देशभर १२७४ जनाको मृत्यु

काठमाडौं, २६ कात्तिक-नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप २६ जनाको कोरोना संक्रमणबाट निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको...

२७ जना तेक्वान्दो खेलाडीको बेल्ट ग्रेडिङ

विराटनगर । विराटनगर १३ मा रहेको पूर्वाञ्चल विद्या सदन वोर्डिङ स्कुलले २७ जना तेक्वान्दो खेलाडीको बेल्ट प्रमोसन ग्रेडिङ सम्पन्न भएको छ । स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरि ग्रेडिङ सम्पन्न गरेको हो । उक्त कार्यक्रममै...

कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा उड्डयन प्राधिकरणको ५१ लाख

विराटनगर, चैत १९–सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा नेपाल नागरिक उड्डयन प्राधिकरणले ५१ लाख रुपैयाँ जम्मा गरेको छ । प्राधिकरणले तहअनुसारका कर्मचारीहरुको चैत महिनाको तलबबाट उक्त कोषमा ५१ लाख ७...

प्रदेश १ सरकारको जनसुरक्षा कोषमा ११ करोड ८५ लाख जम्मा

विराटनगर, चैत्र २५–प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा मंगलबार थप २० रुपैयाँ लाख जम्मा भएको छ । अब कोषमा रकम दाखिला भएको परिमाण ११ करोड ८५ लाख ७४ हजार ५ सय ५० जम्मा भएको हो...

सप्तरीमा पनि १ जनालाई देखियो कोरोना संक्रमण

काठमाडौं, २९ वैशाख-नेपालमा कोरोना भाइरसका संक्रमित संख्या १२१ पुगेको छ । सोमबार दिउँसो थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यसअघि सोमबार बिहान मात्रै १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्