
मन्त्रालयका अनुसार १० हजार ८१ जनाको परीक्षण गर्दा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ५ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३ हजार ३ सय २९ पुगेको हो । त्यस्तै आज १ हजार ६ सय ६६ जना निको भएका छन् । अहिलेसम्म निको हुनेको संख्या १ लाख ६२ हजार २ सय ४३ पुगेको छ ।