खानपिन र व्यायाममा ध्यान दिए मुटुमा मात्र होइन् धेरै रोगबाट बच्न सकिन्छ
बिहिबार, १३ असोज, २०७९,
न्यूज विराट
नेपालको चिकित्सा क्षेत्रमा मुटुको उपचारमा कहलिएका चिकित्सकको रूपमा चिरपरिचत रहेका छन्, डा. निकेशराज श्रेष्ठ । उनी विराटनगरस्थित न्यूरो हस्पिटलको कल्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट हुन् । डा. श्रेष्ठले धेरै नेपाली नागरिकलाई नयाँ जिवन प्रदान गरिसकेका छन् । विश्व मुटु दिवसको सन्दर्भ पारेर नेपालको मुटु रोगको अवस्था, उपचार, मुटु रोगसम्बन्धी समस्या, राज्य र नागरिकले ध्यान दिनुपर्ने लगायतका विषयमा कल्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. श्रेष्ठसँग गरेको कुराकानी :
मुुटुका कस्ता विरामी बढी आउने गरेका छन् ?
– मुटुमा पाँच वटा रोग हुने गरेको छ । एउटा मुटुको रगत नलीको समस्या हुने गर्दछ । त्यसलाई हृदयघात भन्ने गरिन्छ । पेसरको कारणले गर्दा मुटुमा समस्या देखिने गर्दछ । अहिले सबै खालका मुटुका विरामीहरु आउने गरेका छन् । खासगरी बढी आउने भनेको मुटुको रक्तनलीको समस्या भएर आउनेहरु छन् । हृदयाघात भएका पनि आउने गरेका छन् । अहिले हृदयाघात धेरै बढेको छ । मुटुको समस्या भएर बच्चाहरु पनि आउने गरेका छन् । कतिपयको मुटुमा गएर पानी जमेको पनि समस्या देखा परेको छ । टिबीले गर्दा मुटुमा पानी जम्ने गर्दछ । यसरी बच्चाको मुटुमा प्वाल भएको पनि हामीले भेट्ने गरेका छौं । यसरी अहिले सबै प्रकारका मुटुको समस्या भएका विरामी अस्पताल आउने गरेका छन् ।
मुटुलाई कसरी स्वस्थ राख्न सकिन्छ ? – मुटु शरीरको सबैभन्दा संवेदनशील अंग हो । आमाको पेटमा जब बच्चा १० हप्ताको हुन्छ, त्यसबेलादेखि मुटु चल्न थालेको हुन्छ । आमाको गर्भदेखि चलेको मुटु मृत्यु हुने बेलासम्म चल्ने गर्दछ । शरीरका ब्रेन, आँखा, पेटले ‘रेस्ट’ लिन्छ । तर, मुटु भन्ने चिज यस्तो हो, यसले कहिले पनि आराम लिँदैन । त्यही भए मुटुलाई हामीले बचाएर राख्नु पर्ने हुन्छ । मुटुको मुख्य रोग भनेको हृदयाघात हुनसक्छ । मुटु बेलुन जस्तो पनि फुल्ने गर्दछ । यस्तै मुटुको ढोकाको समस्या पनि हुने गरेको छ । मुटुमा प्वाल हुने, मुटुको जुन ठाउँदेखि रगतको नली निस्किनु पर्ने हो त्यो ठाउँदेखि नहुँदा मुटुमा समस्या हुने गर्दछ । यो समस्या बच्चाहरूमा बढी देखिन्छ । उच्च रक्तचाप हुँदा पनि मुटुमा समस्या हुने गरेको छ । जति उमेर बढ्दै गयो त्यही धेरै हृदयाघात हुने सम्भवना बढेर जान्छ । यसर्थ हामीले धुम्रपान पूर्ण रुपमा रोक्नु पर्ने हुन्छ । मुटुको लागि धुम्रपान एकदमै हानीकारक हो । मधुमेहले पनि मुुटुलाई असर गर्दछ । त्यसका लागि शारिरीक अभ्यास एकदमै गर्नुपर्ने हुन्छ । हामीले जीवनशैली पनि परिवर्तन गरिनुपर्ने हुन्छ । यस्तै उच्च रक्तचाप भएका मानिसलाई पनि हृदयाघात हुने सम्भवना बढी हुन्छ । यसलाई हामीले कन्ट्रोल गर्नैपर्छ । कोलेष्ट्रोल उच्च हुँदा मुटुलाई समस्या गर्दछ । कोलेष्ट्रोलले मुटु रोगीलाई धेरै समस्या गर्दछ । यसमा बोसो रक्तनलीमा गएर जम्ने गर्दछ । त्यसले मानिसलाई हृदयाघात हुन्छ । मुटुलाई स्वास्थ राख्न शारिरीक अभ्यास एकदमै जरुरी छ ।
नेपालमा मुटुसम्बन्धी सबै प्रकारको उपचार सम्भव छ भन्न सक्ने अवस्था छ कि छैन ?
– पहिलेभन्दा अहिले धेरै विकास भइसकेको छ । नेपालमा ८० देखि ९० प्रतिशत मुटुको उपचार नेपालमै सम्भव छ । अहिले धेरै मुटु रोग विशेषज्ञ डाक्टरहरु छन् । नेपालमा नहुने भनेको ‘हार्ट ट्रान्सप्लान्ट’ हो । त्यसबाहेक अहिले मुटुसम्बन्धी सम्पूर्ण उपचार स्वदेशमै सम्भव छ । मान्छेको मुटु नै फेर्ने प्रविधि नेपालमा छैन । अन्य सबै मुटुसम्बन्धी उपचारहरु नेपालमै हुँदै आइरहेका छन् । किनभने एउटा कृत्रिम मुटुको कम्तीमा पनि ३० देखि ४० लाख पर्छ । अहिलेसम्म नेपालमा मुटुको प्रत्यारोपणबारे कानुनी प्रावधानहरु पनि स्पष्ट रुपमा आइसकेका छैनन् ।
मुटुको उपचारमा चुनौतिहरू के–के छन् ? – विकसित देशहरू भन्दा मुटुको उपचारमा नेपाल निक्कै पछाडी रहेको छ । मुटुको उपचार खर्चिलो पनि रहेको छ । तर, राज्यले स्वास्थ्यको क्षेत्रमा राम्रो नीति बनाउन सकेको छैन । हस्पिटल आउनेहरू विपन्न सामुदायका विरामीहरू धेरै आउने गर्दछन् । उनीहरूको उचपचारमा राज्यले ध्यान दिएको छैन । स्वास्थ्य सचेतनाको लागि राज्यले ध्यान दिएको छैन । मुटु स्वास्थ्य राख्न सचेतना जोगाउन जरुरी रहेको छ ।
मुटुमा समस्या देखिने कारणहरु के–के हुन् ? – मुटुमा समस्या देखिने धेरै कारण छन् । एउटा वंशाणुगत कारण मुख्य हो । वंशाणुगत भन्नाले कुनै पनि परिवारमा मुटु रोग लागेको थियो, त्यो परिवारबाट जन्मिने बच्चाहरुमा मुटुमा प्वाल पर्ने, मुटुको नशाहरु उल्टो बस्ने, कडा भन्दा कडा खालका मुटुरोग लाग्न सक्ने सम्भावना हुन्छ । गर्भवती महिलालाई कुनै ठूलो रोग लाग्यो, कडा औषधि सेवन गर्नुप¥यो, गर्भावस्थामा सन्तुलित भोजनको कमी, धुम्रपान, मध्यपान गर्ने आमाहरुबाट जन्मने बच्चाहरुमा जन्मजात मुटुको समस्या देखिनसक्छ । ३५ वर्ष उमेरभन्दा माथिका महिलाहरुले बच्चा जन्माएको खण्डमा डाउन सिन्ड्रोम भएको बच्चा जन्मन सक्ने सम्भावना रहन्छ । मुटु हाम्रो शरीरमा एउटा मात्रै भएको अंग हो जसमा हाम्रो जीवन निर्भर छ । मुटु स्वस्थ नभएसम्म जिन्दगी स्वस्थ र खुशी हुन सक्दैन । त्यसैले त्यो कुरा पाउनको लागि नियमित व्यायम गर्ने, मोटोपन घटाउने, ३५ वर्षभन्दा माथिको मान्छेले नियमित मुटुरोग विशेषज्ञसँग सल्लाह लिनुभयो भने तपाईको मुटु स्वस्थ रहन्छ ।
मुटु रोगको उपचारमा के—के चुनौतीहरु देख्नुहुन्छ ? तपाईं आफैले जिम्मेवारी सम्हाल्नुभएको क्षेत्रमा कस्ता समस्या भोग्नुभएको छ ?
– मुटु उपचारको क्षेत्रमा चुनौतीहरु नभएका होइनन्, छन् । तर, सरकारले मुटु रोगको उपचारमा धेरै सुविधा पनि दिएको छ । मुटु रोगले गर्दा मुटुको भल्व बिग्रिएर उपचार गराउँदा त्यो निःशुल्क छ । सँगै त्यो समूहभित्र नपर्ने विपन्न नागरिकलाई सरकारले १ लाख रुपैयाँ अनुदान पनि प्रदान गरेको छ । जब म विदेशबाट टे«निङ गरेर नेपाल आएँ, त्यसबेलामा मुटुको लागि आवश्यक पर्ने ‘क्याथल्याब’ सन् २०११ मा सुरू गरेका हौं । त्यसबेला म विपी प्रतिष्ठानमा थिएँ । त्यसबेलाको चुनौती म बिर्सन सक्दिन । त्यसबेला हामीले विरामीको लागि एकदमै ठूलो चुनौती लिएर काम गरेका थियौं । चार वर्ष विपीमा काम गरेँ । त्यसपछि म विराटनगरस्थित न्यूरो हस्पिटलमा आए । यहाँ आएपछि क्याथल्याब न्यूरोमा संचालन गरँे । अहिले पनि काम गर्ने क्रममा चुनौतीहरु छन् ।
डा. निकेशराज श्रेष्ठ कल्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट न्यूरो हस्पिटल, विराटनगर
– मुटु रोगको सवालमा नागरिकको पनि चेतना बढेको देखिन्छ । अहिले हामीले न्यूरो हस्पिटलबाट चेतनामुलक कार्यक्रम पनि संचालन गर्दै आएका छौं । मुटु सम्बन्धी सचेतनामुलक अभियान सुरु गरेको २२ वर्ष पूरा भइसक्यो । यस वर्षपनि न्यूरोले विश्व मुटु दिवसमा सचेतना कार्यक्रम गर्नेछ । धेरै नागरिकलाई मुटु कता हुन्छ भन्ने नै थाहा हुँदैन । पेटमा देखाएर मुटु दुख्यो भन्नुहुन्छ । मुटु त छातीको देब्रेतिर हुन्छ । नागरिकलाई यो कुरा जानकारी गराउनुपर्छ । अहिले रेडियो, टेलिभिजनलगायतका सञ्चारमाध्यम धेरै हुँदा पनि मुटु रोग सम्बन्धी चेतना त फैलिएको छ । तर, राज्यको स्तरबाट गर्नुपर्ने धेरै कामहरु बाँकी छन् । जनचेतना फैलाउने, शिविर सञ्चालन गर्ने कुरा हामी जस्ता व्यक्ति र संघ, संस्थाले पनि गर्न सकौँला । तर, एउटा मुटु सेन्टर नै सञ्चालन गर्ने र त्यसलाई पूरा प्रविधियुक्त बनाएर सबै नागरिकको पहुँचमा पु¥याउने काम त राज्यले गर्नुप¥यो । यो कुरा अझै पनि टड्कारो रुपमा खड्केको विषय हो ।
विश्व मुटु दिवसमा आम नागरिकका लागि तपाइँको सुझाव के हुन्छ ?
– समग्रमा हाम्रो समाजको संरचना कस्तो भयो भने हामी शारीरिक व्यायामप्रति एकदम कन्जुस छौँ । व्यायम भनेको बिहान मात्रै गर्नुपर्छ भन्ने छैन । जतिबेला तपाईसँग समय खाली छ त्यो समयमा गर्न सकिन्छ । जिम गर्ने, व्यायम गर्ने, खेल्ने जस्ता सबैलाई फरक—फरक समयमा गर्न सकिन्छ । दैनिक गर्न सक्नुहुन्न भने पनि एक दिनको फरकमा कमसेकम आधा घण्टा अनिवार्य गर्नुपर्छ । यसो गर्नुभयो भने धेरै हदसम्म मुटुरोगबाट बच्न सकिन्छ । अर्काे ३५ वर्षभन्दा माथि उमेरका नागरिकले वर्षमा एकपटक मुटुरोग विशेषज्ञलाई देखाउनुप¥यो । इसिजी मात्रै गर्नुभयो भने, कोलेष्ट्रोल र सुगरको मात्रा ब्लडमा हेर्नुभयो भने पनि ठूलो रोग लाग्ने बारेमा समयमा थाहा हुन्छ । त्यसैले नियमित व्यायम र चेकजाँच र खानपिनमा परिवर्तन आवश्यक छ । त्यो भनेको मासुजन्य, तारेको, भुटेको ,कार्बाेहाईड्रेड धेरै भएको खानेकुराहरु कम खाने , व्यायाममा जोड दिने । यस्ता कुरालाई ध्यान दिनुभयो भने मुटुमा लाग्ने धेरै रोगबाट बच्न सकिन्छ ।
काठमाडौं, २७ असार-नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधिमा थप ४३१ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका बताए...
काठमाडौं, ९ असार-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन आन्तरिक र अन्तर्राष्ट्रिय गरी २० उडान भएका छन् । ती उडानमध्ये अन्तर्राष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । बन्दाबन्दीपछि यो हालसम्मकै बढी उडान हो...
काठमाडौं, ११ वैशाख-मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) द्वारा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरिएको छ । कम्पनीले नेपाल प्रहरीलाई ४० थान पीपीई र ५ हजार थान मास्क हस्तान्तरण गरेको हो । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा...
काठमाडौं, ८ मंसिर-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३८१ जनाको पीसीआर परीक्षण गराउँदा सो संख्यामा संक्रमित थपिएका...
काठमाडौं, २ कात्तिक-आज बडादसैंको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिँदैछ । ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने मान्यता छ । ब्रह्मचारिणी देवीलाई ब्रहम विद्या...
विराटनगर, ३२ साउन|शनिबार राति मृत्यु भएकी विराटनगर–३ की बृद्धाको शव नेपाली सेनाले उठाएको छ । वृद्धाको छोराबुहारी र नातिमा पनि कोरोना संक्रमण भएपछि उनको अन्तेष्टिमा आफन्त तथा छिमेकी संक्रमणको डरले नआएपछि समस्या भएको थियो ।...
विराटनगर, २७ मंसिर । उच्च अदालत विराटनगरले प्रदेश पर्यटन बोर्ड खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न प्रदेश सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । बोर्डका सदस्यद्वय देवी गौतम र उमेश घिमिरेद्वारा दायर रिटमा सोमबार सुनुवाइ...