औषधी व्यवसायी देशबन्धु ढकालले जन्मदिन वृद्धाश्रममा मनाए
मङ्गलबार, ११ असोज, २०७९,
न्यूज विराट
विराटनगर । पछिल्लो समय जन्मदिन मनाउने शैली फरक भएको छ । हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटेलमा पार्टी दिने प्रचलन रहेको छ । तर, नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले फजुल खर्च नगरी आफ्नो जन्मदिन विराटनगरस्थित विराटेश्वर वृद्धाआश्रम पुगेर जन्मदिन मनाएका हुन् ।
सामाजिक कार्यमा समेत सक्रिय रहेका व्यवसायी ढकालको जन्मदिन सोमबार परेको थियो । उनले विराटेश्वर वृद्धाआश्रममा पुगेर जुल, खाद्यान्न, फलफूललगायतका सामाग्री वितरण गरेका हुन् । आश्रममा अध्यक्ष जगतप्रसाद अर्याललाई उक्त समाग्री ढकालले हस्तान्तरण गरेका थिए ।
उनले आफ्नो जन्मदिनमा प्रत्येक वर्ष यसरी मनाउँदै आएका छन् । हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटेलमा पार्टी गरिनुभन्दा पनि त्यही खर्च सामाजिक कार्यका लागि खर्चिँदा समाजमा राम्रो सन्देश जाने भएकाले आश्रममा जन्मदिन मनाएको उनले बताए ।
उनले यसअघि पनि बाढीपीडितहरूलाई सहयोग गर्दै आएका छन् ।
जनकपुर, माघ २१–पत्रकार कुटपिट प्रकरणमा आफूनिकटका व्यक्ति पक्राउ परेपछि जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह आन्दोलनमा उत्रिएका छन् । साहनिकट मानिने धर्मेन्द्र साहलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । नगर प्रमुख साह धर्मेन्द्रलाई छुटाउन आफंै...
विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको गोल्डेन हस्पिटलको संचालक गोविन्द लुईटेललाई हस्पिटलले अन्नायपूर्ण तरिकाले हटाएको छ । हस्पिटलको संचालक समेत रहेका प्रशासकीय अधिकृत लुईटेललाई हस्पिटलका मुख्य लगानीकर्ता डाक्टर श्याम रौनियाले अन्नायपूर्ण तरिकाले हटाएको उनले बताएका...
विराटनगर, ५ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ६७७ र ५६३ जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा संक्रमण देखिएको...
झापा, ७ असोज-कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषिक्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले सरकारले ल्याउने नयाँ व्यवस्थाले कृषकका समस्या...
विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको माघ २६ र २७ गते हुने निर्वाचनमा धनबहादुर काफ्लेका समूहले चुनावी प्रतिवद्धता घोषणा गरेका छन् । एनसीडिए कोशी प्रदेश अध्यक्षका उम्मेदवार काफ्लेको समूहले चुनावी घोषणा पत्र...
एजेन्सी, बैशाख ५-बेलायतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १ लाख नाघेको छ । बिहीबार ४ हजार ६ सय थपिएसँगै त्यहाँ संक्रमितको संख्या १ लाख नाघेको हो । वर्ल्डोमिटर्सका अनुसार बेलायत सर्बाधिक कोरोना संक्रमित...
काठमाडौं, ६ असार-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १६ उडान भएका छन् । अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ ६ उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत् जनाएको छ । शुक्रबार पनि अन्तर्राष्ट्रियतर्फ ९ र आन्तरिकतर्फ ५ गरी १५...
प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारि चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा...