मिल्स भेट्रान्स गोल्डकप प्रतियोगिता, धरानलाई पाँच गोल गर्दै दमक भेट्रान्स सेमिफाइनलमा
आइतबार, ०२ असोज, २०७९,
न्यूज विराट
विराटनगर । झापाको दमक– लखनपुर भेट्रान्स फुटबल क्लब विराटनगरमा जारी १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।
विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको खेलमा हाम्रो धरान भेट्रान्स क्लब सुनसरीलाई ५– २ गोलले हराउँदै दमक भेट्रान्स सेमिफाइनलमा पुगेको हो ।
दमकलाई जित दिलाउन सुवास आङथुपो सुब्बाले ह्याट्रिक गरे । यस्तै चन्द्र कुमार गिरी र विशाल राईले समान १÷१ गोल गरेका थिए ।
दमकले सातौँ मिनेटमा सुवासको गोलबाट सुरुवाती अग्रता लिएको थियो । खेलको आठौ र २३ औँ मिनेटमा सुवालले गोल गर्दै दमकको अग्रता ३–० को बनाएका थिए । २३ औँ मिनेटमा धरानका डिफेन्डर सुधन केसीको पेनाल्टी एरियामा हेण्ड भएपछि दमकलले पेनाल्टी पाएको थियो । पेनाल्टीमा सुवालले गोल गर्दा दमकको अग्रता तेब्बर भएको थियो भने खेलको ३५ औँ मिनेटमा चन्द्र कुमार गिरीले गोल गरेपछि पहिलो हाफमा दमक ४–० ले अगाडि रह्यो ।
पूरा समय धरानमाथि हाबी भएको दमकले दोस्रो हाफमा थप दुई गोल ग¥यो । खेलको ४८ औँ मिनेटमा विशाल राईले गोल गर्दै दमकलाई जित दिलाउन सफल भए । धरानको तर्फबाट रवि कुमार राईले ४२ औँ र लक्ष्मी याक्खाले ६४ औँ मिनेटमा १÷१ गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच दमकका ह्याट्रिक गर्ने खेलाडी सुवास सुब्बा घोषित भए । उनले नगद २ हजार १ सय रुपैयाँ पाए । सोमबार दुई खेल हुने भएको छ । पहिलो खेल युनाईटेड भेट्रान्स क्लब विराटनगर र दुहबी भेट्रान्स क्लब बिच हुनेछ । सोही दिन हुने दोस्रो खेलमा बिर्तामोड भेट्रान्स र भरौल भेट्रान्सबीच प्रतिस्पर्धा हुने संयोजक मनोज खड्काले जानकारी दिए ।
काठमाडौं, ९ असोज-स्विट्जरल्याण्डका राष्ट्रपति सिमोनेता सोमारुगाले महामारीको अहिलेको असहज अवस्थामा सुरक्षित आप्रवासनका क्षेत्रमा नेपाललाई सहयोग गर्न तत्पर रहेको बताएका छन् । महामारीका कारण आप्रवासीले झेल्नु परेका कठिनाइलाई दृष्टिगत गरी उनले नेपाललाई सहयोग गर्न आफ्नो देश...
विराटनगर, १५ कात्तिक–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमणको अवस्था अनुसार प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । कोरोना संक्रमणको मात्रा हेरेर प्रदेश सरकारले स्टेप चालिरहेको उनले बताए । विराटनगरमा प्रदेश सरकार,...
विराटनगर । प्रहरीले मोरङको रंगेलीबाट तीन सय केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरी र इलका प्रहरी कार्यालय रंगेलीले गाँजासहित दुई जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो । प्रहरीले रंगेली नगरपालिका –...
विराटनगर । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले काँग्रेस नेतृत्वको गठबन्धनले फराकिलो मतअन्तरले बहुमत ल्याउने बताएका छन् । विराटनगरमा बुधबार विहान आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता महतले यस्तो बताएका हुन् । पाँच दलिय गठबन्धनले...
जनकपुर, माघ १३–जनकपुरधाम विमानस्थलमा १४ वर्षपछि भेट भएका दम्पतीको अवस्था हेर्नलायक देखिन्थ्यो । विमानस्थलबाट बाहिरिनेबित्तिकै भएको भेटमा दुवै जना समाजको पर्वाहै नगरी अँगालोमा बेरिएर रूवाबासी गर्दै थिए । घरपरिवारका सबैले माया मारिसकेका धनुषाका उमेश साउदी...
पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ५४८ नमुना परीक्षण गर्दा सो संख्या संक्रमित थपिएका हुन् । आज १७ हजार...
भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक कालापानीबाट चीनको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेको समाचारले २ मित्रराष्ट्र बीच थाती रहेको लिपुलेक/कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ । भारतका संघीय रक्षामन्त्री राजनाथ सिंहले आज...
विराटनगर, ३० वैशाख-नेपाल सरकारले सीमानामा रहेका नेपालीहरूलाई नेपाल प्रवेश गर्न रोक लगाइरहेको बेला विराटनगरको जोगवनी नाकाबाट भारतीय सुरक्षाकर्मीले १५ जना युवालाई नेपाल छिराइदिएका छन् । दिल्ली र विहारमा रहेर विभिन्न पेशा, व्यवसाय गर्दै आएका झापा,...