टीकापुरको न्यायिक समितिद्वारा विराटनगर महानगरको अवलोकन भ्रमण

 न्यूज विराट
टीकापुरको न्यायिक समितिद्वारा विराटनगर महानगरको अवलोकन भ्रमण

विराटनगर । कैलालीको टीकापुर नगरपालिकाको न्यायिक समितिले विराटनगर महानगरपालिकाको न्यायिक समितिको अध्ययन अवलोकन भ्रमण गरेको छ ।

नगरपालिकाका उपमेयरसमेत रहेका न्यायिक समितिका संयोजक खडकबहादुर शाहको नेतृत्वमा आएको टोलीले महानगरको भ्रमण गरेको हो । टोलीलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले स्वागत गरेका थिए ।

महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्की काम विशेषले विराटनगरभन्दा बाहिर रहेका कारण महानगरले गरिरहेका न्याय सम्पादनका विषयमा प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी गराएका थिए । बस्नेतले समग्र महानगरले गरिरहेका कामकारबाहीका बारेमा समेत टोलीलाई अवगत गराए ।

टोलीले महानगरको बजेट बाँडफाँडको अवस्था, न्यायिक समितिप्रति जनअपेक्षा, विकास निर्माणमा टोल संगठनहरुको भूमिका, प्रदेश सरकारसँगको समन्वयको अवस्थालगायतका विषयमा जिज्ञासा राखेको थियो ।

टोलीमा न्यायिक समितिका सदस्य बलवीर थारु, टंक ओली कार्की, सदस्यसचिव केशवबहादुर थापा, कार्यपालिका सदस्यहरु बलिराम चौधरी, यज्ञप्रसाद न्यौपाने, दीर्घबहादुर ठकुल्ला, लोटन चौधरीका साथै महानगरका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, प्रशासन शाखाका केवल पोखरेलगायतको सहभागिता रहेको थियो ।

टोलीले न्यायिक समितिको इजलासको समेत अवलोकन गरेको थियो । “महानगरको इजलास साँच्चिकै व्यवस्थित र आकर्षक रहेछ,” संयोजक शाहले भने, “अन्य पालिकाहरुको पनि इजलास अवलोकन ग¥यौं, यहाँको अलि व्यवस्थित रहेछ ।” पालिकास्तरमा अध्ययन अवलोकन भ्रमण हुनुपर्नेमा उनले जोड दिए ।

प्रमुख प्रशासकीय अधिकृत बस्नेतले पनि अध्ययन भ्रमणले अनुभव आदानप्रदान हुने र राम्रो पक्षको अनुशरण गरेर आफ्नो पालिकाको विकास गर्न सकिने बताए ।

सम्बन्धित समाचार

आज प्रदेश १ को मुख्यमन्त्री राजेन्द्र राई बन्दै

विराटनगर, १६ कात्तिक । प्रदेश १ मा मंगलबार पाँच दलीय गठबन्धनको सरकार बन्दैछ । नेकपा एमालेका सचिव भीम आचार्यले विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्थामा मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी...

प्रचण्ड पतनको बाटोमा :सांसद राई

विराटगर, फागुन २–नेकपा अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसका स्व. नेता गिरिजाप्रसाद कोइरालाबारे दिएको अभिव्यक्तिप्रति कांग्रेसका प्रदेश सांसदले आपत्ती जनाएका छन् । शुक्रबार प्रदेशसभा बैठकको शून्य समयमा कांग्रेसका प्रमुख सचेतक सूयर्माराज राईले नेकपा अध्यक्ष प्रचण्ड पतनको दिशामा...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

अनुदानको सिलिण्डरमा वर्षमानको व्यापार : यसरी खुल्यो पोल

रोल्पा, जेठ १२-मूलुकमा महामारीले चरमरुप लिदा समेत माओवादी केन्द्रका नेताहरु अक्सिजन सिलिन्डर गाउँ–गाउँमा पठाउदै चुनावी प्रचार मात्रै गरेनन्। उनीहरूले अनुदानमा आएका नीला रंगका सिलिन्डरहरू स्थानीयसम्म पुर्याउदै व्यापार गरिरहेका छन्। पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता वर्षमान...

‘विद्यालयमा नर्स’ कार्यक्रम प्रभावकारी बन्दै

जितेन्द्रनारायण ठाकुर विराटनगर । विद्यालय औपचारिक शिक्षा हासिल गर्ने स्थान मात्र नभएर जीवनका यावत् मूल्य मान्यता सिक्दै सामाजिकीकरणमा अभ्यस्त हुने स्थल पनि हो । किताबी ज्ञानका साथै व्यावहारिक जानकारी प्रदान गर्दै विद्यालयलाई बहुआयामीक ज्ञान केन्द्र...

तेक्वान्दोका प्रशिक्षकलाई प्रशिक्षण

विराटनगर । तेक्वान्दो खेलका प्रशिक्षकहरुका लागि ६ दिने प्रशिक्षण कार्यक्रम विराटनगरमा शुक्रबारदेखि सुरु भएको छ ।नेपाल तेक्वान्दो संघ मोरङले कोशी प्रदेशका १४ वटै जिल्ला नेपाल तेक्वान्दो संघ आवद्ध प्रशिक्षकहरु प्रशिक्षण दिइने छ । प्रशिक्षण कार्यक्रमको...

२४ घण्टामा थपिए ४७३ जना कोरोना संक्रमित

काठमाडौं, १८ असार-पछिल्लो २४ घण्टाको अवधिमा थप ४७३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले १०९ महिला र ३ सय ६४ जना पुरुष गरी ४७३ जनामा संक्रमण...

बिरामीले उपचार नपाएपछि अस्पतालमा प्रशासनको अनुगमन

चितवन, १७ भदौ-जिल्लाका अस्पतालमा बिरामीले उपचार नपाएर मृत्यु भएको समाचार बाहिर आए सँगै स्थानीय प्रशासनले अनुगमन थालेको छ । अस्पतालमा आएका बिरामीको मृत्यु भएपछि प्रशासनले अस्पतालको बिरामी भर्ना, शुल्क, शैयाको अवस्था, दक्ष जनशक्तिको अवस्था, संस्थाले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्