राशिफल

प्रचण्ड पतनको बाटोमा :सांसद राई

 न्यूज विराट
प्रचण्ड पतनको बाटोमा :सांसद राई

विराटगर, फागुन २–नेकपा अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसका स्व. नेता गिरिजाप्रसाद कोइरालाबारे दिएको अभिव्यक्तिप्रति कांग्रेसका प्रदेश सांसदले आपत्ती जनाएका छन् । शुक्रबार प्रदेशसभा बैठकको शून्य समयमा कांग्रेसका प्रमुख सचेतक सूयर्माराज राईले नेकपा अध्यक्ष प्रचण्ड पतनको दिशामा अघि बढेको टिप्पणी गरेका हुन् ।

‘लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षताच, संघीयता र आजको उपलब्धिको आधार तयार गर्ने नेतालाई मान्छे मार्न उक्सायो भनेर तुच्छ भाषा प्रयोग भयो’, उनले भने, ‘भाषा र हर्कत हेर्दा प्रचण्ड पतनको बाटोमा अघि बढे जस्तो देखिन्छ ।’

सचेतक राईले प्रचण्डको भनाइप्रति आपत्ति जनाउँदै बोल्दा विचार र्पुयाउन सुझाव दिए । उनले जनयुद्धका नाममा मारिएका १७ हजार मानिसको रगतको बाछिटा गिरिजाप्रसाद कोइरालालाई छ्याप्ने काम कुनै हालतमा सह्य नहुने बताए । ‘शान्ति प्रकृयाको टुंगो लगाउन शान्ति दूतका रुपमा गिरिजाप्रसाद कोइरालाले काम गर्नुभएको सर्व्विदितै छ’, उनले भने, ‘बरु आफ्नो प्राण रक्षाको लागि उहाँसँग हार गुहार गरेको प्रचण्डले बिर्सनु भएछ ।’

सचेतक राईले गिरिजाप्रसादको फेरो समाएर ज्यानको भीख माग्ने प्रचण्ड आज उनै गिरिजाप्रसादको विषयमा जथाभावी बोल्न थालेको आरोप लगाए । नेकपा अध्यक्ष प्रचण्डले बिहिबार ‘जनयुद्ध’ दिवसका अवसरमा आयोजित कार्यक्रममा जनयुद्धकालमा गिरिजाप्रसाद काइरालाले फौजी आक्रमण गरिदिन आग्रह गर्ने गरेको अभिव्यक्ति दिएका थिए । यसअघि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उक्त अभिव्यक्तिप्रति आपत्ती जनाउँदै विज्ञप्ति निकालेका थिए ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...