मेरिल्याण्ड कलेजकी छात्रा दिया अग्रवाल नेपाल प्रथम

 न्यूज विराट
मेरिल्याण्ड कलेजकी छात्रा दिया अग्रवाल नेपाल प्रथम

विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजकी छात्रा दिया अग्रवाल नेपाल प्रथम भएकी छिन् । राष्ट्रिय परीक्षा बोर्डद्वारा गत ज्येष्ठ महिनामा लिएको कक्षा – १२को बोर्ड परीक्षाको शुक्रवार प्रकाशित नतिजामा विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजकी छात्रा अग्रवाल नेपाल प्रथम भएकी हुन् ।

उनले देशभरिकै कलेजका विद्यार्थीहरूलाई पछि पार्दै ३.९६ जिपिए ल्याएर नेपाल प्रथम भएको कलेजले दाबी गरेको छ ।
अग्रवाल पढाइमा एकदमै लगनशिल भएको कारणले अहिले आएर सफलता प्राप्त मिलेको अंग्रजी शिक्षक ईश्वर दाहाल बताए । भविष्यमा सिए पढ्ने इच्छा राखेकी दियाले बताइन् । छोरीको उपलब्धिप्रति आमा बुबाले निकै खुसी व्यक्त गरेका छन् ।

यसै गरी २०७५ सालमा पनि कलेजकी छात्रा द्वय पूजा शाह र निशा पोख्रेल समान ३।९२ जिपिए ल्याई मेरिल्याण्ड नेपाल प्रथम भएको थियो ।
व्यवस्थापन शिक्षामा राष्ट्रिय पहिचान बनाउन सफल मेरिल्याण्ड कलेज पूर्वकै अग्रणी शैक्षिक संस्थामा पर्दछ । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले मेरील्याण्ड कलेजले हरेक वर्षको नीतिमा विद्यार्थीहरूले सर्वोत्कृष्ट नतिजा ल्याउँदै गरेको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए ।

सम्बन्धित समाचार

कोरोनाबाट आज २६ जनाको मृत्यु, २ सय ६९ संक्रमित आईसीयूमा

काठमाडौं, ५ कात्तिक-पछिल्लो २४ घण्टामा नेपालमा २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले...

दुवै अध्यादेश खारेज गर्न राष्ट्रपतिलाई सिफारिस

बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले विवादित दुवै अध्यादेश फिर्ता लिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।८ वैशाखमा जारी गरेका दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश ल्याउने निर्णय मन्त्रिपरिषदले गरेको थियो ।...

ठाकुर-महतो पक्षका सांसदको बैठक सुरू, भट्टराई-यादव समूह अनुपस्थित

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षका सांसदहरूको बैठक सिंहदरबारमा सुरू भएको छ । उक्त बैठकमा जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष भने सहभागी...

अग्नि खरेलले संबैधानिक इजलाशलाई स्मरण गराए देउवाको रिट खारेज हुने सर्वाेच्चकै त्यो फैसला

काठमाडौं, असार १७ । पूर्वमहान्यायाधिबक्त तथा बरिष्ठ अधिबक्ता अग्नि खरेलले प्रधानमन्त्री नियुक्ति प्रकरण र प्रतिनिधिसभा बिघटनबिरुद्ध परेको रिट सर्वाेच्च अदालतले यसअघि गरेको फैसलाकै आधारमा खारेज हुने तथ्य राख्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा नेतृत्वको संबैधानिक...

ताजा जनादेशमा जानु बाध्यकारी विकल्प हो : विष्णु पौडेल

उपप्रधानमन्त्री विष्णु पौडेलले ताजा जनादेशमा जानु बाध्यकारी विकल्प भएको दाबी गरेका छन् । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत प्राप्त नगरेको र संसदले नयाँ सरकार गठन गर्न नसकेकाले प्रतिनिधिसभा विघटन गरी बाध्यकारी विकल्पको रूपमा ताजा जनादेशमा...

राष्ट्र बैंकको नीतिको कारण अटो व्यवसायी सडकमा, गाडी बिक्रीको वातावरण बनाउन माग

विराटनगर । अटो मोबाइल्स व्यवसायीहरू सरकार विरुद्धका चर्का नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेर सडकमा उत्रिएका छन् । खासगरी सरकार, राष्ट्र बैंकको पछिल्लो नीतिले अटो मोबाइल्स व्यवसाय नै धरासायी हुन पुगेको भन्दै व्यवसायीहरू आन्दोलित भएका...

लकडाउनबाट समस्यामा परेका परिवारलाई नेकपाको साढे ८ लाख सहयोग

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बेलका नगर कमिटीले विपन्न परिवार र दैनिक ज्यालादारी मजदुरका लागि साढे ८ लाख रुपैयाँ सहयाेगस्वरूप उपलब्ध गराएको छ । लकडाउन लम्बिरहँदा समस्या परेका विपन्न नागरिकलाई खाद्यान्न तथा अत्यावश्यक सामाग्री दिलाउन नेकपाले...

अख्तियारका प्रमुख घिमिरेमा काेराेना संक्रमण पुष्टि

काठमाडौं, २७ साउन-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरेलाई कोरोना संक्रमण भएको छ ।  सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले गरेको सामूहिक परीक्षणका क्रममा उनमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो । उनी संक्रमण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्