विराटनगर आएर ओलीले भने–एमाले देश निर्माणको अभियानमा लागेको छ

 न्यूज विराट
विराटनगर आएर ओलीले भने–एमाले देश निर्माणको अभियानमा लागेको छ

विराटनगर,१७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताउनु भएका छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित प्रदेश स्तरीय दुई दिन प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले लोकतन्त्रको संरक्षण, स्वाधिनताको रक्षा, राष्ट्रिय हितको रक्षाको साझा अभियान एमालेको लिएको प्रष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले सङ्घीयतालाई व्यवहार लागु गर्न, मुलुकमा भ्रष्टाचारको अन्त्य, सुशासन र जनतालाई राहत दिने मुख्य जिम्मा पार्टीको रहेको विचार राख्नुभयो ।

उहाँले मुलुकको विकास, सामाजिक जागरण, समानतामा क्रियाशिल रहन पार्टीका कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । अध्यक्ष ओलीले राजनीति देश चलाउने र बनाउने विषय भएकोले राष्ट्र निर्माण र सङ्घगठन विस्तारमा लाग्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
उहाँले एमालेको जनताको पार्टी भएको उदाहरण मुलुकभर एमाले प्रवेशको लहरले देखाउँछ भन्दै आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन प्रत्येक घर टोलमा पार्टीका सदस्यहरुको सक्रिय सहभागिता गराउनु पर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ओलीले आगामी निर्वाचनमा पहिलो पटक मतदान गर्ने विद्यार्थीहरुलाई राष्ट्रियता, देशभक्ति र देश निर्माण गर्ने पार्टीलाई मतदान गर्न समेत आग्रह गर्नुभयो ।

उहाँले आगामी मङ्सीर ४ गते हुने निर्वाचनवाट मुलुकको निर्माण गर्ने पार्टीका सम्वन्धमा जनताले राष्ट्रिय फैसला दिने विचार वताउनु भयो । अनेरास्ववियुका प्रदेश संयोजक गोकर्ण घिमिरेको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेकपा एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेल लगायतले सङ्घीयताको सफल कार्यान्वयन, सुशासन कायम राख्न विद्यार्थीहरुको ठूलो भूमिका हुने धारणा राख्नु भयो ।

सोही अवसरमा अध्यक्ष ओलीले मोरङ क्षेत्र नं ४,५ र ६ बाट विभिन्न पार्टी परित्याग गरेका कार्यकर्ताहरुलाई स्वागत गर्नु भएको थियो ।

सम्बन्धित समाचार

शुक्रबार थपिए १०१ जना संक्रमित, २८५ जनाले जिते कोरोना

काठमाडौं, २ असार-शुक्रबार थप १०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा थप १०१ जनामा कोरोना संक्रमण देखिएको जानकारी...

सीएनआई कोशी एक्स्पोमा चार सय स्टल रहने

विराटनगर । सीएनआई कोशी एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । विराटनगर – २ शंकरपुरमा माघ १९ देखि २८ गते सम्म संचालन हुने एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको हो । आयोजक नेपाल उद्योग परिसंघ प्रदेश...

रिर्जभ एन्टिबायोटिक्स सबै फार्मेसीबाट बेच्न पाउनुपर्ने माग राख्दै स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङले सबै फार्मेसीबाट रिर्जभ एन्टिबायोटिक्स औषधिहरुको विक्री वितरणको माग गर्दै सोमवार स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई ज्ञापन पत्र बुझाएको छ ।कोशी अस्पतालले संचालनमा ल्याएको ‘निःसन्तान क्लिनिक’ को उद्घाटन तथा अस्पताल निरिक्षणका...

विराटनगरमा तीन दिने ‘ह्यापिनेस’ कार्यक्रम हुने

विराटनगर । विराटनगरस्थित मारवडी सेवा सदनमा तीन दिने ह्यापिनेस कार्यक्रम हुने भएको छ । स्थानीय विवेक कर्णको नेतृत्वमा पुस १४ देखि १६ गतेसम्म ‘ह्यापिनेस’ कार्यक्रम हुने भएको हो । जीवन जिउने कला र कसरी कलात्मक...

तीन महिनामा प्रदेश १ मा १७७ वटा मानव अधिकार हनन् का घटना

विराटनगर, ३ असोज । प्रदेश–१ मा तीन महिनाको अवधिमा १ सय ७७ वटा मानवअधिकार हनन्का घटना भएका छन् । राटनगरमा सार्वजनिक गरेको तथ्यांक अनुसार तीन महिनाको अवधिमा सबैभन्दा बढी महिला अधिकार र बालअधिकार हननका घटना...

कुलमानलाई बर्खास्त गरेको विरुद्धमा विराटनगरमा पनि प्रर्दशन

विराटनगर । नेपाल विद्युत् प्राधिकरणका महानिर्देशबाट कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको विरोधमा अखिल क्रान्तिकारीले विराटनगरमा प्रधानमन्त्रीको पुत्ला दहन गर्दै विरोध प्रर्दशन गरेको छ ।विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विराटनगरको ट्राफिक चोकमा पुत्ला दहन गर्दै आज...

विराटनगर बरगाछीमा मेलमिलाप दिवस

विराटनगर-नेपाली काग्रेसले शुक्रबार विभिन्न कार्यक्रम गरी ‘४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएको छ । यसै अवसरमा बरगाछी युवा समूहले विराटनगरको बरगाछीमा बीपीको तस्विरमा माल्यार्पण गरि कार्यक्रम गरेको छ । नेपाली कांग्रेसका अग्रज नेता...

लक डाउन उल्लंघन गर्ने २ सय ३४ सवारी मोरङ प्रहरीको नियन्त्रणमा

लकडाउन उल्लंघन गर्ने २ सय ३४ वटा सवारीसाधनलाई मोरङमा नियन्त्रणमा लिइएको छ । उल्लंघन गर्ने २ जनासमेत नियन्त्रणमा परेका छन। मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार १ सय ८२ वटा मोटरसाइकल, १६...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्