राशिफल

विराटनगर बरगाछीमा मेलमिलाप दिवस

 न्यूज विराट
विराटनगर बरगाछीमा मेलमिलाप दिवस

विराटनगर-नेपाली काग्रेसले शुक्रबार विभिन्न कार्यक्रम गरी ‘४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएको छ । यसै अवसरमा बरगाछी युवा समूहले विराटनगरको बरगाछीमा बीपीको तस्विरमा माल्यार्पण गरि कार्यक्रम गरेको छ ।

नेपाली कांग्रेसका अग्रज नेता हरि कार्कीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेस मोरंगका सचिव मोदराज घिमिरे, क्षेत्रीय सभापति विनोद बस्नेत , महानगर सभापति दीपक चापागाइ, महाधिवशन प्रतिनिधी जनाद्र्धन निरौला लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

कांग्रेसका पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता भारतमा लामो निर्वासन अन्त्य गरी विसं २०३३ सालमा स्वदेश फर्किएको दिनको सम्झनामा हरेक पुस १६ गतेलाई ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा काग्रेसले मनाउदै आएको छ ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...