कर चुक्ताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा एक जना पक्राउ

 न्यूज विराट
कर चुक्ताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा एक जना पक्राउ

विराटनगर । नक्कली कर चुक्ताको प्रमाण पत्र बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । आन्तरिक राजस्व कार्यालय विराटनगर आसपासको क्षेत्रमा नक्कली कर चुक्ताको प्रमाणपत्र बनाएको आरोपमा विराटनगरका लक्ष्मण कुमार पण्डितलाई पक्राउ परेका हुन् ।

पक्राउ परेका पण्डितले मोरङको ग्रामथान गाउँपालिका ७ मा रहेको पाथीभारा ग्रिल उद्योगको नक्कली कर चुक्ताको प्रमाणपत्र बनाएको पाइएको छ । पण्डितले आर्थिक वर्ष २०७८÷०७९ को ग्रिल उद्योगको कर चुक्ताको नक्कली प्रमाण पत्र बनाएका थिए । कति रकम लिएर नक्कली कर चुक्ताको प्रमाणपत्र बनाए त्यो खुलिसकेको छैन । पक्राउ परेका पण्डितलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालाय मोरङ पढाएको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख सूर्य प्रसाद पोखरेलले जानकारी दिए । ‘पाथरीभारा ग्रिल उद्योगका संचालक कर चुक्ता गरेको प्रमाणपत्र लिएर आन्तरिक राजस्व कार्यालय आउनुभएको थियो । प्रमाणत्रमा कर अधिकृतले गरेको हस्ताक्षर हेर्दा नक्कली जस्तो लागेपछि पान नम्बर राखेर कम्प्युटरमा इन्ट्री गर्दा नक्कली कर चुक्ताको प्रमाणपत्र रहेको खुलेको छ,’ कार्यालय प्रमुख पोखरेलले भने, ‘के कसरी यस्तो भयो । त्यस विषयमा अनुसन्धानको लागि हामीले प्रहरीमा जिम्मा लगाएका छौं । थप विषय प्रहरीले अनुसन्धान गर्नेछ । ‘के कसरी यस्तो भयो । त्यस विषयमा अनुसन्धानको लागि हामीले प्रहरीमा जिम्मा लगाएका छौं । थप विषय प्रहरीले अनुसन्धान गर्नेछ ।’

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले कर चुक्ताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा आन्तरिक राजस्व कार्यालयले पक्राउ गरेर पढाएपछि थप अनुसन्धान भइरहेको बताए । ‘पक्राउ गरी अहिले अनुसन्धान सुरु गरेका छौं,’ डिएसपी श्रेष्ठले भने, ‘थप विषय अनुसन्धानपछि खुल्नेछ ।’ कर कार्यालय आसपासमा खुलेको च्याउसरी कर सम्बन्धी काम गर्ने फर्महरूले बिचौलिया राख्ने गरेका छन् । फर्मले राखेको बिचौलियालाई आन्तरिक राजस्व कार्यालय अगाडी गेटमा राख्ने गरेका छन्् । बिचौलियाले सस्तोमा सेवा गर्ने भन्दै कमिसन पाउने फर्ममा पु¥याउँछन् । बिचौलियाले सस्तो र छिटो सेवा दिने भन्दै प्रलोभनमा पर्दा सेवाग्राही ठगीमा पर्ने गरेका छन् । करसम्बन्धी काम गर्ने एउटा फर्मले २ देखि ५ पाँच जनासम्म बिचौलिया राख्छन् । कुनै पनि फर्मको कर चुक्ताको प्रमाणपत्र बनाउन सहयोग पु¥याएवापत १ हजारदेखि ५ हजारसम्म लिने गर्दछन् ।

सम्बन्धित समाचार

रुकुम घटना छानबिन संसदीय समिति गठन

काठमाडौं, २६ जेठ-६ जना युवाको ज्यान जाने गरी भएको रुकुम पश्चिमको घटना छानबिनका लागि संसदीय विशेष समिति गठन भएको छ । सांसद देवन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय संसदीय छानबिन समिति गठन भएको हो । सांसदहरूले...

कोशीमा कांग्रेस संसदीय दलको नेता उद्धव थापाले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता उद्दव थापाले राजीनामा दिएका छन् । विराटनगरस्थित काङ्ग्रेस प्रदेश कार्यालयमा आज दिउँसो पत्रकार सम्मेलन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् । उनले कोशी प्रदेश सरकार निर्माणका...

गृह नगरमा ललित राजवंशीलाई भव्य स्वागत

विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल) मा सबैभन्दा धेरै विकेट लिने नेपाली बलर बनेका ललित राजवंशीलाई गृह नगरी विराटनगरमा भव्य स्वागत गरिएको छ । खेलकुद संग सम्बन्धीत विभिन्न संघसंस्था र खेलकुद क्षेत्रमा लागेका व्यक्तिहरुले राजवंशीलाई...

१ भदौबाट अन्तरजिल्ला यातायात र हवाई उडान नखोल्न सीसीएमसीको प्रस्ताव

काठमाडौं, २५ साउन-कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले अन्तर जिल्ला यातायात तथा बाह्य तथा अन्तरिक हवाई उडान १ भदौदेखि नखुलाउने प्रस्ताव गरेको छ । सीसीएमसीको आजको बैठकले यस्तो प्रस्ताव गरेको हो ।  साउन ५ मा बसेको...

विराट क्याम्पसमा विदाई र स्वागत कार्यक्रम

विराटनगर । विराटनगरस्थित विराट क्याम्पसले विद्यार्थी विद्यार्थी तथा स्वागत कार्यक्रम आयोजना गरेको छ । कलेजको चौथो वर्षमा अध्ययरत विद्यार्थीलाई विधाइ र कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई शनिबार एक कार्यक्रम आयोजना गरी स्वागत कार्यक्रम...

कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा उड्डयन प्राधिकरणको ५१ लाख

विराटनगर, चैत १९–सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा नेपाल नागरिक उड्डयन प्राधिकरणले ५१ लाख रुपैयाँ जम्मा गरेको छ । प्राधिकरणले तहअनुसारका कर्मचारीहरुको चैत महिनाको तलबबाट उक्त कोषमा ५१ लाख ७...

विश्व ‘सेरेब्रल पाल्सी’ दिवसको सचेतनामूलक कार्यक्रम

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विश्व ‘सेरेब्रल पाल्सी’ दिवसको को अवसरमा सचेतनामूलक कार्यक्रम गरेको छ । अक्टोबर ६ मा विश्व ‘सेरेब्रल पाल्सी’ को दिन क्लबले एक सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो । विराटनगरस्थित...

अरनीको स्कुलमा भएको स्पोर्ट्स मिट सकियो

विराटनगर । विराटनगर–१० मा रहेको अरनिको सेकेण्डरी स्कूलमा भएको ४ दिने ‘अरनिको स्पोट्र्स मिट २०७९’ सकिएको छ । चार दिनसम्म ट्रयाक इभेन्टस , फिल्ड इभेन्टस,ग्रुप इभेन्टस्लगायतका विभिन्न खेलकुद प्रतियोगिता गर्दै स्पोर्टस मिट आक्ष्तबारबार सम्पन्न भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्