मजदुर नेता राय मोरङको क्षेत्र नं. ६ मा उठ्ने

 न्यूज विराट
मजदुर नेता राय मोरङको क्षेत्र नं. ६ मा उठ्ने

विराटनगर । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा मजदुर नेता उपेन्द्र कुमार रायले मोरङको क्षेत्र नं. ६ को (क) मा उम्मेदवारी दिने भएका छन् । नेकपा माओवादी केन्द्रबाट रायले उम्मेदवारी दिने भएका हुन् ।

विद्यार्थी सङ्गठनबाट राजनीतिमा होमिएका राय २०५५ सालबाट माओवादीमा सङ्गठित भई निरन्तर पार्टीको संस्थापन पक्षमै रही हाल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको प्रदेश कमिटी सचिवालय सदस्य तथा गैर भौगोलिक जिल्ला समिति सह इन्चार्जको जिम्मेवारीमा रहेका छन् । २०६२-२०६३ को जनआन्दोलन सँगै मजदुर सङ्गठन र आन्दोलनको नेतृत्व गर्दै आइरहेकोले पार्टीले यस पटकको निर्वाचनमा टिकट दिने उनले बताए ।

क्षेत्र नम्बर ६ मा मोरङको दक्षिणी भेग अर्थात् भारतीय सिमानासँग जोडिएका नगरपालिका र गाउँपालिकाका वडाहरू पर्छन् । क्षेत्र नम्बर ६ मा बुढीगंगा गाउँपालिका, सुन्दरहरैंचाको २ र ७ वडा र विराटनगरको ४, ७, ९ र ११ नम्बर वडा कायम गरिएको छ । यस क्षेत्रमा १ लाख ५६ हजार ९ सय ८६ जनसङ्ख्या छ ।

यो क्षेत्रमा मजदुर, किसान, आदिवासी,मधेसी समुदायहरूको राम्रो पकड छ । त्यसैले पनि लामो समय मजदुर क्षेत्रमै काम गरेको हुनाले आफूलाई पार्टीले टिकट दिए जित्ने सम्भावना धेरै रहेको उनले बताए ।

सम्बन्धित समाचार

चट्याङ लागेर बालिकाको मृत्यु

भोजपुर, १ असार-भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिका-३ मा चट्याङ लागेर १ बालिकाको ज्यान गएको छ । जिल्लाको टेम्केमैयुङ गाँउपालिका-१ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको...

भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गरिने

निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि हुन नदिन सूक्ष्म अनुगमनको व्यवस्था गरेको बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दल र त्यसका उम्मेदवारहरुलाई निर्वाचन आचारसंहिता र कानुनविपरीतका गतिविधि हुन...

बेरुत बन्दरगाहकाे विस्फोटनस्थलमा १ सय ४१ फिट गहिरो खाडल

एजेन्सी, साउन २५-लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा भएको विस्फोटनका क्रममा १ सय ४१ फिट गहिरो खाडल बनेको अनुसन्धानकर्ताहरूले बताएका छन् । बन्दरगाहमा भण्डारण गरिएको एमोनियम नाइट्रेट नामको रसायन गत मंगलबार विस्फोट हुँदा १ सय ५० जनाभन्दा...

सत्तारुढ गठबन्धन र जसपालाई  एक्लै चुनौती दिने को हुन् ‘जोगी’ ?

विराटनगर । जीवन विकास संस्थाका संस्थापक अध्यक्ष योगेन्द्र मण्डल ‘जोगी’ मङ्सिर ४ गते हुने  प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यीय पदमा उम्मेदवारी दिएर अहिले चुनावी अभियानमा होमिएका छन् । उनले स्वतन्त्रबाट...

करेन्ट लागेर सह–चालकको मृत्यु

विराटनगर, २४ फागुन । मोरङ बेलबारी नगरपालिका–७ का २४ बर्षीय आशिस मग्रातीको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार राती ९ बजे दुहबी –२ स्थितमा रहेको मैनावती स्टिल फ्याक्ट्रीमा ना४ख ५९३६ नम्बरको ट्रकमा सामान लोड...

वेरोजगारीले कोही भोकै पर्दैन, भोकले कोही मर्दैन : सरकार

काठमाडौं, २ जेठ-सरकारले बेरोजगारीले कोही भोकै नपर्ने र भोकले कोही नमर्ने गरी रोजगराीको सुनिश्‍चितता गर्ने प्रतिबद्धता जनाएको छ । शुक्रबार सङ्घीय संसद हलमा सङ्घीय संसद र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा...

विदेशमा रहेका चन्द्रागिरीबासीको लगत संकलन 

काठमाडौं, १७ जेठ-चन्द्रागिरि नगरपालिकाले विदेशमा रहेका चन्द्रागिरीका बासिन्दाको लगत संकलन कार्य सुरू गरेको छ । काठमाडौं उपत्यका प्रवेशको मुख्यद्धारमा रहेको चन्द्रागिरि नगरपालिकाले बन्दाबन्दी खुलेसँगै छिमेकी मुलुक भारत र विभिन्न देशबाट आउने व्यक्तिबाट कोरोना संक्रमण फैलन...

औषधी व्यवसायीद्धार निःशुल्क स्वास्थ्य शिविर, एक सय बढीको स्वास्थ्य परीक्षण

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर १५ मिल्स एरियास्थित दुर्गा मन्दिरमा शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा १ सय जना विरामीको निःशुल्क स्वास्थ्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्