करेन्ट लागेर सह–चालकको मृत्यु - News Birat

करेन्ट लागेर सह–चालकको मृत्यु

न्यूज विराट

विराटनगर, २४ फागुन । मोरङ बेलबारी नगरपालिका–७ का २४ बर्षीय आशिस मग्रातीको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार राती ९ बजे दुहबी –२ स्थितमा रहेको मैनावती स्टिल फ्याक्ट्रीमा ना४ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा ट्रकका सह–चालक आशिसलाई करेन्ट लागेको थियो ।

ईलेक्ट्रिक क्रेनमा करेन्ट लागी घाईते भएका उनको विराटनगरस्थित विराट अस्पतालमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles