तरकारी तथा फलफुल बेच्ने महिलाहरुलाई रोटरी क्लब अफ विराटनगर डाउनटाउनले दियो छाता

 न्यूज विराट
तरकारी तथा फलफुल बेच्ने महिलाहरुलाई रोटरी क्लब अफ विराटनगर डाउनटाउनले दियो छाता

विराटनगर, ८ भदौ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले महिलाहरुलाई छाता वितरण गरेको छ । एक कार्यक्रमकाबिच डाउनटाउनले सडक छेउमा तरकारी बिक्रि गरेर जिविकोपार्जन गर्दै आएका १५ जना महिलाहरुलाई रोटरी प्रतीक र क्लबको नाम छापिएको छाता वितरण गरेको हो ।

अहिले अत्याधिक गर्मी र वर्षा यामका कारण समस्या भइरहेकाले महिलाहरुलाई छाता वितरण गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।

वितरण गरिएको छाताले प्रतिकूल मौसममा तरकारी तथा फलफूल बेच्न पर्दै आएको कठिनाइलाई कम गर्नेछ । महिलाहरुले थोरै लगानीमा व्यवसाय सञ्चालन गरिरहेकाले त्यसको लगानी र उनीहरुको स्वास्थ्यमा जोखिम देखिएकाले छाताले उनीहरूलाई सहज र अनुकूल रूपमा बिक्री गर्नका लागि उपयोगी र सुरक्षात्मक उपकरणको रूपमा काम गर्ने क्लबकी सचिव नमिता टिवडेवालले बताइन् ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रोटरी क्लबका पूर्व डिस्ट्रीक्ट गभर्नर सन्तोष रिजाल, असिस्टेन्ट गभर्नर कमल अग्रवाल र क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी पब्लिक इमेज कमिटी चेयर सपना सिंघलले जानकारी दिइन् ।

सम्बन्धित समाचार

दलित समुदायका मुद्धामा प्रदेश सरकार संवेदनशिलः मन्त्री राई

विराटनगर, ९ भदौ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले दलित समुदायको सवालमा प्रदेश सरकार संवेदनशिल बनेको बताएकी छिन् । बुधबार राष्ट्रिय दलित पत्रकार संघ प्रदेश नं. १ को टोलीसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री...

दाहाल–नेपाल दल फोडुवा हुन्ः उपप्रधानमन्त्री पोखरेल

जनकपुर, २१ पुस-नेकपाका स्थायी कमिटी सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले दाहाल–नेपाल समूहलाई दल फोडुवा समूह भन्दै दल फोडनेका पक्षमा नलाग्न आग्रह गरेका छन् । उनले उनीहरुको कारणले कम्युनिष्ट आन्दोलन नै बदनाम भएको जिकिर गरे ।...

विराटनगरमा पाँचौ विराट सडक महोत्सवको तयारीे, ३० स्टल रहने

विराटनगर । विराटनगरमा पाँचौ विराट सडक महोत्सव हुने भएको छ । विजय दशमीको अवसर पारेर आउँदो असोज १७ गतेदेखि विराट सडक महोत्सव हुने भएको हो । मन्जिना मुभिज क्रीयसन प्रालिको आयोजनामा हुने उक्त महोत्सवमा तयारी...

प्याब्सन स्पोर्टस मिट, रोड रेसमा मिनील्याण्ड, पब्लिक सेन्ट्रल र ग्रिनभ्याली बिजयी

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्टस मिट अन्र्तगत आइतबार विहान सम्पन्न भएको रोड रेस प्रतियोगितामा तीन वटा स्कुल विजयी भएको छ । मोरङको रंगेलीस्थित मिनील्याण्ड, लेटाङको पब्लिक सेन्ट्रल र ग्रिनभ्याली स्कुल प्रथम भएको हो...

बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बैतडी, ६ कात्तिक-बैतडीका २४ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । कात्तिक ७ र ८ गते सञ्चालन हुने राष्ट्रिय कार्यक्रमअनुसार जिल्लाका २३ हजार ८९४ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय...

कोशी प्रदेशबाट ८ जना ब्याटमिन्टनका खेलाडी छानिए

विराटनगर । पोखरामा हुन गइरहेको १५ वर्षमुनिको जुनियर ब्याटमिन्टन प्रतियोगिताका लागि कोशी प्रदेशबाट खेलाडी छनौट भएका छन् ।नेपाल ब्याटमिन्टन संघले विराटनगरमा आयोजना गरेको छनौट प्रतियोगिताबाट ८ जना खेलाडी छानिएका छन् । बिहीबार र शुक्रबार भएको...

नेप्से ५० अंकले बढ्दा १ सय १९ कम्पनीका लगानीकर्ता हर्षित

शेयरबजारमा साताको पहिलो दिन आइतबार नै नेप्से सूचक ५० अंकको उछाल आउँदा एकै दिन १ सय १९ कम्पनीका लगानीकर्ता हर्षित बनेका छन् । हरियाली बनेको बजारले सो कम्पनीको शेयरमूल्य बढाउँदा लगानीकर्ता खुसी भएका हुन् ।...

अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर

विश्वकै सर्वोच्च शिखर सगरमाथाको पछिल्लो उचाइ सार्वजनिक गरिएको छ । नेपाल र चीनले संयुक्त रूपमा मंगलबार सगरमाथाको उचाइ सार्वजनिक गरेका हुन् । सगरमाथाको नयाँ उचाइ ८ हजार ८ हजार ४८.८६ मिटर रहेको औपचारिक घोषणा गरिएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्