प्रहरी निरीक्षकद्धय बबिन्द्र नेम्बाङ र अर्जुन अधिकारी श्रावण महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित

 न्यूज विराट
प्रहरी निरीक्षकद्धय बबिन्द्र नेम्बाङ र अर्जुन अधिकारी श्रावण महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित

विराटनगर, ७ भदौ । प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहमा कार्यरत प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ र इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङमा कार्यरत प्रहरी निरीक्षक अर्जुन कुमार अधिकारी श्रावण महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

प्रहरी निरीक्षक नेम्बाङले बुढिगंगा गाउँपालिका-१ बस्ने दिपेन यादबको १ बर्षीया छोरी निकिशा यादवलाई विराटनगर महानगरपालिका – १२ रोडषेश चोकबाट अनु साह नाम गरेकी महिलाले अपहरण गरी लगेको सम्बन्धमा सुक्ष्म रुपमा अनुसन्धान गरी बालिकालाई भारतको दरभंगाबाट सकुशल उद्धार गर्नुका साथै घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएका थिए । 

त्यस्तै प्रहरी निरीक्षक अधिकारीले भोजपुर नगरपालिका ‍- ६ देउराली नजिकै ओडारे भन्ने स्थानमा भोजपुर नगरपालिका- ८ पोखरेका ६० बर्षीय सूर्य बहादुर खत्रीलाई अज्ञात व्यक्तिले हत्या गरेको घटनाको अनुसन्धान गरी हत्यामा संलग्न व्यक्ति पत्ता लगाउन सफल भएकोले निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले २०७९ साल श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरेको हो ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा प्रदेश प्रहरी अन्तरगत रहेका इलाका प्रहरी कार्यालय “क” स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

सम्बन्धित समाचार

सप्तरीमा स्रेस्तेदार र सीडीओका भान्सेसहित ५० जना संक्रमित 

सप्तरी, भदौ ३१-निषेधाज्ञा हटाएलगत्तै जिल्लामा सबैभन्दा बढी ५० जना नयाँ कोरोना सङ्क्रमित थप भएका छन् । राजविराजका ४४ जनासहित ५० थप भएका सङ्क्रमितमध्ये जिल्ला अदालतका स्रेस्तेदारलगायत पाँच कर्मचारी, जिल्ला प्रशासन कार्यालयका दुई कार्यालय सहायक, एक...

नेकपा सचिवालय विघटन गरौँः जनार्दश शर्मा

काठमाडौं, १० असार-नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को आज बसेको स्थायी कमिटी बैठकमा नेता जनार्दन शर्माले सचिवालय विघटन गर्नुपर्ने प्रस्ताव गरेका छन् । सचिवालयले काम गर्न नसकेकोले यसको कुनै अर्थ नभएको भन्दै उनले वैठकको एजेण्डामै खारेज गर्ने विषय...

चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन, ४ भदौ-चितवनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा उपचारत ६५ वर्षीय पुरुष संक्रमितको बिहीबार मृत्यु भएको हो । रत्ननगर नगरपालिका- १३ का ती पुरुषको स्वास्थ्य अवस्था गम्भीर भएपछि...

एसियाली आईटीएफ तेक्वान्दोमा नेपालले २ स्वर्ण र १ रजत पदक जित्यो

विराटनगर । भारतको बैङ्लोरमा सम्पन्न १० औं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालले २ स्वर्ण र १ रजत पदक जितेको छ । काभ्रेपलाञ्चोकका राजमन्दिर श्रेष्ठ र किशोरवरुण श्रेष्ठले स्वर्ण तथा झापाका चन्द्रबहादुर तामाङले रजत पदक प्राप्त...

बजाज रिभिएस भीआई अटो ट्याम्पुको बिक्री विराटनगरमा सुरू

विराटनगर, १३ फागुन । बजाज रि विएस् भीआई अटो ट्याम्पुको बिक्री विराटनगरमा सुरू भएको छ । नेपालका लागि बजाज अटो लिमिटेड भारतको आधिकारिक बितरक गोल्छा ग्रुप अन्तर्गतको हंशराज हुलासचन्द्र एण्ड कम्पनी लिमिटेडले बजाज रि वीएस्...

मोरङमा चीनियाँ राष्ट्रपति सि जिनपिङबारेको पुस्तक वितरण

विराटनगर, माघ १०=मोरङका विभिन्न स्थानमा चीनका राष्ट्रपति सि जिनपिङकाबारे लेखिएको पुस्तक वितरण गरिएको छ । चीनको अर्थिक समृद्धिका लागि जिनपिङको सोच र उनले अघि सारेका योजनालगायतका विषय समेटेर प्रकाशित भएको पुस्तक जिल्लाका विभिन्न स्थानीय तह,...

प्रदेश १ मा २४ सयको पिसिआर परिक्षण गर्दा चार सय ८५ जनामा कोरोना

विराटनगर, २३ असोजङप्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ८५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरंगमा दुई सय ३०, सुनसरीमा एक सय ४३, झापामा...

वामदेवका लागि मैदान खाली गर्न महेश बस्नेत तयार

नेकपा केन्द्रीय सदस्यसमेत रहेका सांसद महेश बस्नेतले पार्टी उपाध्यक्ष वामदेव गौतमका लागि सिट खाली गर्न तयार रहेको बताएका छन् ।गाैतमलाई प्रतिनिधिसभामा ल्याउने चर्चाका माझ भक्तपुर निर्वाचन क्षेत्र नं. २ का सांसद बस्नेतले सिट खाली गर्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्