अनाधिकृत रुपमा अनलाईन गेमिङ खेलाउने कल्सल्टेन्सी संचालक सहित ४ जना पक्राउ

 न्यूज विराट
अनाधिकृत रुपमा अनलाईन गेमिङ खेलाउने कल्सल्टेन्सी संचालक सहित ४ जना पक्राउ

अनलाईन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित 1xBet application द्वारा पैसाको हारजित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउने दमकको एक कल्सल्टेन्सी संचालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ। पक्राउ पर्नेहरुमा दमक-८ मा रहेको पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका सन्चालक स्थानिय २५ बर्षीय सत प्रकाश साह र दमक नगरपालिका-७ का २७ बर्षीय राजु श्रेष्ठ, योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियोका सन्चालक  कमल गाउपालिका-२ का ३० बर्षीय अरुण कार्की तथा British Army Training Center Damak का सन्चालक दमक-८ का ३३ बर्षीय राजु लिम्बु रहेका छन् ।

गोप्य सुचनाको आधारमा १ नं.प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुहजिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई भदौ ३ गते दमकबाट पक्राउ गरी सोमवार पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको हो ।

पक्राउ परेको यो समुहले दमक नगरपालिका तथा आसपासका क्षेत्रमा अनधिकृत रुपमा अनलाईन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित 1xBet application द्वारा पैसाको हारजित हुने गरी खेल खेल्ने र उक्त खेल खेलाउन अनधिकृत रुपमा अन्य व्यक्तिहरुको नागरिकताबाट Ncell सिम झिकेर सोही सिमबाट सट्टाबाजीको लागि आवश्यक पर्ने रकम प्राप्त गर्न आवाश्यक पर्ने E-sewa खाता खोली लाखौंको कारोबार गर्ने तथा कन्सल्टेन्सीमा आउने बिध्यार्थीहरुको प्रयोगको लागि बिभिन्न सरकारी कार्यालयको छाप तथा जनप्रतिनिधिहरुको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्र र SEE को प्राप्ताङ्क समेत परिवर्तन गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले प्रयोगमा ल्याईएका NCELL का सिमहरु २७९ थान र प्रयोग नभएका ४५ थान, १९ थान मोवायल, ल्यापटप ४ थान, Prajapati Sapkota Ward Chairman Damak-2 लेखिएको स्ट्याम्प १ थान , Head Teacher लेखिएको स्ट्याम्प १ थान, Dik Bahadur Gurung लेखिएको स्ट्याम्प १ थान , Madi Municipality 3 No. Ward Office, Sankhuwasabha लेखिएको स्ट्याम्प १ थान, Government Of Nepal Ministry Of Education लेखिएको स्ट्याम्प १ थान नेपालको निशान छाप भएको स्ट्याम्प १ थान नेपाल सरकार राष्ट्रिय परिक्षा बोर्ड लेखिएको स्ट्याम्प १ थान , Global Educational Academy लेखिएको स्ट्याम्प १ थान र Nepalese Army Record Office, 2043 लेखिएको स्ट्याम्प १ थान बरामद गरेको छ ।

पक्राउ परेको यो समुहलाई  मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हितस्वास्थ्यसुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुर तथा लिखत सम्बन्धित कसुरमा जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला अदालत झापाबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ  ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीले आज बोलाएको सर्वदलीय बैठक पनि एमालेद्वारा बहिस्कार

काठमाडौं, ८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ । स्थानीय चुनाव समयमै नगर्ने मनसायका साथ छलफल गर्न डाकिएको बैठकमा एमाले सहभागी नहुने उपमहासचिव...

जाजरकोट घटनालाई लिएर प्रतिनिधिसभा अवरुद्ध, गृहमन्त्रीसँग जवाफ माग

काठमाडौं, १३ जेठ-जाजरकोट घटनालाई लिएर प्रतिनिधिसभा बैठक अवरुद्ध गरिएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेस र संघीय समाजवादी दलका सांसदले जाजरकोट घटनालाई लिएर संसद अवरुद्ध गरेको हो । बैठक अवरुद्ध गरेपछि मिन विश्वकर्माले जाजरकोटको घटनामा...

कोशीमा म्युजिकल चेयरको खेल सकियो : उद्धव थापा

विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेश सरकारको मुख्यमन्त्री बनाउने म्युजिकल चेयरको खेल सकिएको बताएका छन् । केदार कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भनाइ राख्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेसका...

सीमा विवादमा चीनसँग पनि वार्ता गर्न देउवाको सुझाव

काठमाडौं, जेठ ४-प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले लामो समयसम्म कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धान गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा बोल्दै देउवाले निर्मला हत्याको...

भारतबाट १० औँ सन्तान जन्माउन मकालु एभरेष्ट हस्पिटलमा, सफल भयो उपचार

विराटनगर । भारत अररिया जिल्ला डुमरियाकी ३६ वर्षीया नुजाहा खातुन दशौं सन्तानकी आमा बनेर फर्केकी छिन् । उनी भारतबाट विराटनगरमा प्रसुती गराउन जेठ ३२ गते आएकी थिइन् । विराटनगर–७ रंगेली रोडमा रहेको मकालु एभरेष्ट हस्पिटलमा...

कालापानी क्षेत्रको अनुगमनपछि काठमाडौं फर्कंदै गृह मन्त्रालयको टोली

काठमाडौं, २ जेठ-दार्चुलाको कालापानी/लिपुलेक क्षेत्रको स्थलगत अनुगमनपछि गृह मन्त्रालयको टोली काठमाडौं फर्किन लागेको छ । बुधबार कालापानीनजिक सशस्त्रको बोर्डर आउट पाेस्ट (बीओपी) स्थापना र अनुगमनका लागि छाङ्गरू पुगेको गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राईको...

सबै स्वास्थ्यकर्मी र क्वारेन्टाइनमा बसेकाको कोरोना परीक्षण गरिने

काठमाडौं, १ जेठ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीको कोभिड–१९ परीक्षण गर्ने भएको छ । स्वास्थयकर्मीले कुनै पनि बिरामीको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले जोखिम बढ्ने हुँदा पिसिआर विधिबाट परीक्षण गरिने भएको मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम...

कांग्रेसमा फेरि विवाद, पौडेल पक्षद्वारा बैठक बहिष्कार

काठमाडौं, फागुन २२–महाधिवेशन मिति सार्वजनिक गर्नुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मंसिर २६ देखि पुस ११ गतेसम्म केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार र्गयो। सभापति शेरबहादुर देउवाले बहुमतबाट महाधिवेशन मितिलगायतका महत्त्वपूर्ण निर्णय गरे। पार्टी सभापति...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्