राशिफल

प्रदेश १ को मन्त्रिपरिषद् बैठक, परिणाममुखी काम गर्न निर्देशन

 न्यूज विराट
प्रदेश १ को मन्त्रिपरिषद् बैठक, परिणाममुखी काम गर्न निर्देशन

प्रदेश १ को मन्त्रिपरिषद् बैठकले प्रदेशका मन्त्रीहरूलाई साझा न्यूनतम कार्यमा दत्तचित्त भएर परिणाममुखी काम गर्न निर्देशन दिएको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा आइतबार बसेको बैठकले वित्तीय क्षेत्रमा सुशासन कायम गर्न र जोखिम न्यूनीकरण गर्न बनाइएका कार्यविधि २०७८ पारित गरेको छ ।

बैठकले आर्थिक, सामाजिक तथा पूर्वाधार समितिमा सामाजिक विकासमन्त्री राजन राई, आर्थिक सामाजिक तथा पूर्वाधार समितिमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो तथा कानुन न्याय तथा प्रदेश मामिला समितिमा आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीलाई तोकेको छ ।

मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्ले तयार पारेको आचारसंहित पालना गर्नुपर्ने, झापाको विर्तामोडस्थित गिरी बन्धु टी स्टेटलाई स्थानान्तर एवं सट्टापट्टा गर्ने सरकारको निर्णय खारेज हुनुपर्ने र प्रदेश मन्त्रालयअन्तर्गत संगठनात्मक संरचनाको दरबन्दी स्वीकृत गरेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...