विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध छौँ : प्रिन्सिपल त्रिलोचन गौतम

 न्यूज विराट
विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध छौँ : प्रिन्सिपल त्रिलोचन गौतम

विराटनगर–११ पाञ्चालीमा रहेको सगरमाथा स्कुलका प्रिन्सिपल हुन, त्रिलोचन गौतम । सगरमाथा स्कुलले स्थापना कालदेखि नै विद्यार्थीहरूमा अनुशासनसहित गुणस्तरीय र जीवन उपयोगी शिक्षा प्रदान गरेको कारणले विद्यार्थी र अभिभावकको रोजाइमा परेको उनले बताए । शिक्षासँग केन्द्रित रहेर न्युज विराट डटकम अनलाइनले स्कुलका प्रिन्सिपल गौतमसँग गरिएको संक्षिप्त कुराकानी :

विद्यार्थीलाई शिक्षा कसरी प्रदान गर्दै आउनुभएको छ ?
– विद्यार्थीहरूको तह, उमेर समूह, उनीहरूको सुझबुझको स्तर, उनीहरूमा रहेको अन्तरहित विशेष क्षमता र रुचि जस्ता सिकाइमा प्रभाव पार्ने आधारभूत पक्षहरूमा हामीले विशेष ध्यान पुर्‍याएका छौँ । सोही अनुसार मनोवैज्ञानिक ढङ्गबाट शिक्षण सिकाई क्रियाकलापलाई सञ्चालन गरेका छौँ । हाम्रा विद्यार्थीहरूलाई आफू, आफ्नो परिवार, समाज र सिङ्गो राष्ट्रप्रति जिम्मेवार नागरिकको रूपमा उभ्याउन र भोलिको सृजनशील, दक्ष र व्यवहारिक जनशक्तिको रूपमा विकास गर्न विद्यालय स्तरको शिक्षामा सिकाउनुपर्ने सबै आधारभूत ज्ञान र सिप सिकाउने कुरामा हामी निरन्तर लागिपरेका छौँ । स–साना नानी बाबुहरूले स्कुलमा खुसी र रमाइलो बालमैत्री वातावरणमा पढ्न सकुन्, सिक्न सकुन् र जान्न–बुझ्न सकुन् भन्ने उद्देश्य ले प्ले ग्रुपदेखि कक्षा ३ सम्म पूर्ण मन्टेश्वरी विधिमा ग्रेड शिक्षण प्रणाली अपनाएका छौँ । हामीले केबल किताबी ज्ञान मात्र हैन, व्यवहारिक रूपमै शिक्षण गर्नको लागि सबै विद्यार्थीहरूको पहुँच पुग्ने गरी अत्याधुनिक विज्ञान प्रयोगशाला र कम्प्युटर प्रयोगशाला, अत्याधुनिक उपकरण जडित कक्षा कोठाहरू, सुविधा सम्पन्न लाइब्रेरी, गायनकला, चित्रकला, नृत्यकला आदिका विशेष कक्षाहरू, यथेष्ट अतिरिक्त क्रियाकलाप, फराकिलो खेल मैदान आदिको समुचित व्यवस्था गरेका छौँ । सगरमाथा यस्तो स्कुल हो, जहाँ विद्यार्थीहरूले आफ्नो नियमित पढाई लेखाइका अतिरिक्त आफूमा अन्तर्निहित क्षमताको विकास गर्ने पूर्ण वातावरण प्राप्त गर्दछन् । त्यसैले सगरमाथा स्कुल विराटनगरको मात्र नभएर देशकै एक अब्बल स्कुलको रूपमा स्थापित स्कुल हो ।
हामी सँग योग्य, अनुभवी र पेसा प्रति समर्पित, दक्ष विषयगत शिक्षकहरूको टिम छ । यसका अलावा हामी बेला बेलामा विषय विज्ञहरू बोलाएर हाम्रा शिक्षक र विद्यार्थीहरूसँग छलफल र अन्तरक्रिया गर्दै आएका छौँ ।

स्कुलको नतिजा कस्तो छ ?
– यस विद्यालयको स्थापना कालदेखि हालसम्मको नतिजा उत्कृष्ट र ऐतिहासिक रहेको छ । दुई पटक एस।एल।सी। बोर्डमा पर्न सफल हाम्रो स्कुल लगातार चार पटक क्षेत्रीय स्तरमा प्रथम र पाँचौँ पटक राष्ट्रभरमै प्रथम भएर नेपाल सरकारबाट पुरस्कृत भई नेपालको विद्यालय स्तरको शिक्षामा इतिहास रच्ने एक मात्र संस्थागत विद्यालय हो । २०६५ सालमा एसएलसीमा नेपाल प्रथम र लगातार पाँच पटक पूर्वाञ्चल प्रथम भएको छ । दक्ष, योग्य, अनुभवी र शिक्षा क्षेत्रमा लामो समयदेखि समर्पित शिक्षकहरूबाट अध्यापन हुँदै आएको हाम्रो विद्यालयको हालसम्मको नतिजा उत्कृष्ट रहँदै आएको छ ।

कक्षा ११ मा भर्ना खुलेको छ । विद्यार्थीको उपस्थिति कस्तो छ ?
– हामीले विज्ञान र व्यवस्थापन विषयमा प्लस टु सञ्चालन गरेको चार वर्ष पुरा भएको छ । यसबिचमा हाम्रै स्कुलबाट एस।ई।ई। गरेका विद्यार्थीहरूका साथै अन्य विद्यालयका विद्यार्थीहरूको समेत रोजाइमा परेको हाम्रो प्लस टूमा विद्यार्थीहरूले एसीजडि़त कक्षा कोठाहरू र अत्याधुनिक प्रयोगशालाहरूको व्यवस्था भएको छुट्टै सुविधायुक्त भवनमा भयरहित र शान्त वातवरमा अध्ययन गर्न पाउँछन् ।
सगरमाथामा विज्ञान, कम्प्युटर विज्ञान र व्यवस्थापन सङ्कायमा विद्यार्थीको रोजाइमा परेको छ । कक्षा ११ मा भर्ना लिन सगरमाथाले लिएको प्रवेश परीक्षामा विद्यार्थीको उल्लेख नय उपस्थिति रहेको थियो । प्रवेश परीक्षामा १ हजार भन्दा बढ विद्यार्थीले प्रवेश परीक्षामा सहभागी भए । जसले गर्दा पनि सगरमाथामा विद्यार्थीको रोजाइमा परेको छ ।

सम्बन्धित समाचार

सागका पदक विजेता ८८ खेलाडी प्रदेश १ सरकारद्धारा सम्मानित

विराटनगर, ३१ असार–प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई आज सम्मानित गरेको छ । एकल तर्फ स्वर्ण पदक विजेता ६ जना, एकल तर्फ रजत पदक विजेता...

प्रदेश १ बाट ५४ जनाको नमूना संकलन, ४२ को रिपोर्ट आयो

विराटनगर, चैत १९-प्रदेश–१ बाट कोरोना भाइरस (कोभिड–१९) का शंकास्पद ५४ जनाको नमूना संकलन गरिएको छ ।  प्रदेशका विभिन्न अस्पतालहरुबाट बुधबारसम्म ५४ जनाको नमूना संकलन गरिएको हो । नमूना संकलन गरिएकामध्ये ४२ जनाको रिपोर्ट नेगेटिभ देखिएको...

माइतीघरमा रुकुम घटना र एमसीसीविरुद्ध विरोध प्रदर्शन

काठमाडौं, जेठ २६-नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पश्चिम रूकुमको चौरजहारी घटनाको छानबिनका लागि संसदीय समिति गठनमा ढिलाई भएको भन्दै विरोध प्रदर्शन गरेको छ । सांसदको दबाबका कारण सभामुखले संसदीय समिति गठन गर्ने बताए...

प्रधानमन्त्री ओलीले आज संसदलाई सम्बोधन गर्ने

काठमाडौं, २८ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्ने भएका छन् । उनले बिहान ११ बजे लकडाउनको नयाँ स्वरूप, कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामबारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री...

एनसीडिए मोरङको होली मिलन कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ शाखाले बिहीबार विराटनगरस्थित एनसीडिए भवनमा होली मिलन कार्यक्रम आयोजना गरेको छ । रंगहरूको पर्वको अवसरमा औषधी व्यवसायीहरूबीच भाइचारा र सद्भाव बढाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो...

पत्रकार र शिक्षकबीचको मैत्रीपूर्ण खेल बराबरी

विराटनगर । प्याब्सन विराटनगरको आयोजनामा नेपाल पत्रकार महासंघ मोरङ र प्याब्सन विराटनगरबिच भएको एक दिवसीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता बराबरी भएको छ । सहिद मैदानमा शुक्रवार भएको खेलमा २–२ गोलको बराबरी भएको हो ।नेपाल पत्रकार महासंघ...

पूर्वमुख्यमन्त्रीको हैसियतमा सरकारी सुविधा नलिने पृथ्वी सुब्बाको घोषणा

काठमाडौं, असार १ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा सुविधा नलिने घोषणा गर्नुभएको छ । गुरुङको सचिवालयल अनुसार गुरुङले प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतबाटै जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुहुने छ। गुरुङले नवगठित...

एलपी ग्यासको मुख्य बृद्धि तत्काल फिर्ता लिन माग

विराटनगर, ९ जेठ । एलपी ग्यास ग्यास बिक्रेता संघ मोरङ पेट्रोलिम पदार्थमा गरिएको मुल्यबृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । नेपाल सरकारले नियतबस जनताको ढाड सेक्नेगरी १६०० पर्ने ग्यासको मुल्य बढाएर १८०० कायम गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्