गाँजा कारोबारीको सञ्जाल तोड्दै प्रहरी, मोरङको जहदाबाट ३८ केजी गाँजा बरामद

 न्यूज विराट
गाँजा कारोबारीको सञ्जाल तोड्दै प्रहरी, मोरङको जहदाबाट ३८ केजी गाँजा बरामद

विराटनगर । इलाका प्रहरी कार्यालय रानी विराटनगरले अवैध गाँजा धमाधम बरामद गर्न थालेको छ । एकपछि अर्को गर्दै अवैध गाँजा इप्रका रानीले पक्राउ गर्न थालेको हो ।
शनिबार दिउँसो पनि मोरङ जहदा गाउँपालिका – ३ ठुलोहातिबन्दाका भुसाराम राजवंशीको घर पछाडि हेरेको कटेरोमा प्लास्टिकले प्याक गरेको ३८ केजी गाँजा इप्रका रानी विराटनगरले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरीले छापा हानेर अवैध गाँजा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीले गाँजा बरामद गरे पनि कारोबारी फरार भएका छन् । राजवंशी कारोबारी रहेको बुझिएको छ । राजवंशीले पहाडी जिल्लाबाट गाँजा मगाउने र स्थानीय युवा र भारत तस्करी गर्ने गरेको विशेष सूचना पाएपछि प्रहरीले छापा हानेर गाँजा बरामद गरेको हो ।
राजवंशीले प्रहरी आएको पत्तो पाएपछि उनी घरमा ताला लगाएर फरार भएका छन् । फरार भएको राजवंशीलाई प्रहरीले खोजी कार्य तीव्र बनाएको छ । यसअघि विराटनगर १४ बाट प्रहरीले ६१ केजी गाँजा बरामद गरेको थियो । बुधवार दिउँसो ११ बजे को २ ह ४६१० नम्बरको सिटीमा तीन वटा बोरामा लोड गरेको ६१ किलोग्राम गाँजा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बरामद गरेको थियो । उक्त गाँजा पनि राजवंशीले मगाएको स्रोतको भनाई छ । यसअघि तरकारी बोकेको ट्रकभित्रबाट प्रहरीले ६ बोरा गाँजासहित भरिया पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार

पशुपतिनाथमा विशेष पूजा फागुन २५ देखि सुरु हुने

पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षदेखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि सुरु हुने भएको छ । कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा सुरु गर्न...

कारोना संक्रमितको उपचारका लागि कोशी अञ्चल अस्पतालमा आइसोलेसन वार्ड तयार

विराटनगर, चैत ४–कोरोना भाईरसबाट संक्रमित भएका बिरामीको उपचारको लागि कोशी अस्पतालले आइसोलेसन वार्ड तयार गरेको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका संक्रमित आए त्यसको तत्काल उपचार थाल्ने गरि आजबाट ३ वटा वार्डमा १२...

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, ९ मङ्सिर-सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ७०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो ।...

मिल्स गोल्डकप : सिराहाको प्रतिभा फुटबल क्लब सेमिफाइनलमा

विराटनगर । साविक बिजेता प्रतिभा फुटबल क्लब गोलबजार सिराहा विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स गोल्डकपको सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटब ट्रष्टको आयोजनामा विराटनगर जुटमिलको खेलमैदानमा आइतबार भएको खेलमा द सेभेन युथ क्लब धनकुटलाई...

जनजाति सामुदायलाई उद्घोषण तालिम

विराटनगर । आदीवासी जनजाति सामुदायलाई उद्घोषण एव आदिवासी जनजाती अधिकार विषय सात दिने तालिम सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ विराटनगर नगर समितिको आयोजना तथा विराटनगर महानगरपालिकाको सहयोगमा उक्त तालिम सुरु भएको हो...

चर्चा बटुल्दै राष्ट्रिय भावनाले ओतप्रोत मैथिली गीत ‘हम छी नेपाली’

विराटनगर । राष्ट्रिय भावनाले ओतप्रोत मैथिली भाषामा रेकर्ड गरिएको ‘हम छी नेपाली,नेपाल हमर शान छै’ बोलको गीत रिलिज भएसँगै चर्चा सुरु भएको छ ।लोकप्रिय युवा गायक जागेश ठाकुरको स्वरमा रेकर्ड गरिएको यो गीत ‘मैथिली अनलाइन’...

आज गाई, गोरु, हली तिहार मनाइँदै

काठमाडौं, ३० कात्तिक-यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा...

दिल्ली हिंसा : कपिल मिश्रासहित तीन जनाविरुद्ध एफआईआर दर्ज गर्न निर्देशन

काठमाडौं, फागुन १४–हिंसा भड्काउन उक्साएको आरोपमा दिल्ली उच्च अदालतले सत्तारूढ भारतीय जनता पार्टीका नेता कपिल मिश्रासहित तीन जनाविरुद्ध एफआईआर दर्ज गर्न प्रहरीलाई निर्देशन दिएको छ । पछिल्लो घटनाक्रम र कारबाहीप्रति असन्तुष्टि जनाउँदै अदालतले भाजपाका नेता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्