राशिफल

कारोना संक्रमितको उपचारका लागि कोशी अञ्चल अस्पतालमा आइसोलेसन वार्ड तयार

 न्यूज विराट
कारोना संक्रमितको उपचारका लागि कोशी अञ्चल अस्पतालमा आइसोलेसन वार्ड तयार

विराटनगर, चैत ४–कोरोना भाईरसबाट संक्रमित भएका बिरामीको उपचारको लागि कोशी अस्पतालले आइसोलेसन वार्ड तयार गरेको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका संक्रमित आए त्यसको तत्काल उपचार थाल्ने गरि आजबाट ३ वटा वार्डमा १२ वटा आईसोलेन्स बेडको तयारी गरेको कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता मिश्रले बताइन् ।

न्युनतम मापदण्ड पुरा गरेर बनाएको आईसोलेसनको प्रत्येक वार्डमा हात धुने बेसिन , मुटुको चाल थाहापाउने कार्डिएक मनिटर राखिने ब्यवस्था गरिएको छ। संक्रमित बिरामी आईसकेपछी रेफर गर्नु नपरोस भन्ने उद्धेश्यले तयारी गरिएको कोशी अस्पतालका कोरोना भाईरसका फोकल पर्सन फिजिसियन डा. डिनप्रसाद आचार्यले बताए ।

अस्पतालले भोलि देखि गेटमै तापक्रम नापेर मात्र अस्पताल भित्र प्रवेश गर्ने व्यवस्थासंगै संक्रमण हुन नदिन अस्पताल परिसर भित्र ६ ठाँउमा हात धुने बेसिन समेत राखेको छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...