सुनसरीमा उत्कृष्ट काम गर्दै सरूवा भए एसपी संन्जयसिंह थापा, यस्ता छन् सफल अनुसन्धान

 न्यूज विराट
सुनसरीमा उत्कृष्ट काम गर्दै सरूवा भए एसपी संन्जयसिंह थापा, यस्ता छन् सफल अनुसन्धान

विराटनगर । बराइनबाट १५ दिनको बिदामा घर आएका झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय दिनेश सिग्देलको विर्भत्स तरिकाले हत्या गरेको अवस्थामा २०७८ फागुन ४ गते सुनसरी धरान धनकुटा सडक खण्डको खर्दु सामुदायिक वनमा भेटियो । सुनसरी प्रहरीले अनुसन्धान गर्दै जाँदा सिग्देलको हत्या आफ्नै कान्छी श्रीमती र प्रेमी मिलेर गरेको खुलेको थियो । सिग्देलको हत्या विराटनगर– ३ पिपल चौकमा डेरा गरी बस्ने कान्छी श्रीमती ३० वर्षीय अनिता केसी र विराटनगर–४ इकराइका २९ वर्षीय सरोज भण्डारीले गरेको खुलेको हो ।

हत्या आरोपमा पक्राउ परेका भण्डारी अनिताकी प्रेमी हुन् । उनीहरूले माघ २२ गते राती सिग्देलको हत्या गरेर गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । हत्या गरेको भोलिपल्ट भण्डारीको शरीर ग्रेडर मेसिनले काटेर दुई वटा जेब्रा झोलामा हालेर धरान–४ कोसी राजमार्ग अन्तर्गत धरान–धनकुटा सडकको जङ्गलमा सिटी सवारीमा हालेर फालिदिएका थिए ।

भण्डारीको हत्या गरेको १२ दिनपछि ४ फागुनमा टाउको, हात खुट्टा जेब्राको झोलामा फेला परेको थियो । शव फेला परेको एक हप्तापछि सिग्देलको पहिचान खुलेको हो । पहिचान खुलेकै दिन प्रहरीले हत्या आरोपमा कान्छी श्रीमती अनिता र प्रेमी सरोजलाई पक्राउ गरी सुनसरी प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । अहिले उनीहरू पुर्पक्षको लागि थुनामा रहेका छन् ।

यस्तै सुनसरी प्रहरीले २०७८ चैत १४ गते इटहरीमा इटहरी भएको बम विस्फोटमा संलग्न मुख्य योजनाकार सहित ४ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्यायो । इटहरी २ का अमिर श्रेष्ठको घरमा डेरा गरी बस्ने लक्ष्मी देवी थापाको कोठामा भएको विस्फोटमा संलग्न हिमाल सुरक्षा परिषद्का अध्यक्ष तथा मुख्य योजनाकार झापा कनकाई नगरपालिका ८ का ४३ वर्षीय सञ्जय भन्ने खगेन्द्र खरेलसहित घटनामा संलग्न इटहरी २ का श्रेष्ठको घरमा डेरा गरी बस्ने ३२ बर्सिया लक्ष्मी देवी थापा, निजको छोरा १८ वर्षीय रबिन थापा, ढोडेनी गाउँपालिका ७ लम्जुङका २३ वर्षीय शेरजंग गुरुङ सहित ४ जनालाई पक्राउ गरिएको थियो ।
पक्राउ परेकाहरूलाई बम विस्फोटन तथा सङ्गठित अपराधमा मुद्दा चलाइएको थियो । प्रहरीले अदालतमा अभियोग दर्ता गरेपछि थुनछेक आदेशपछि खगेन्द्र खरेल पुर्पक्षमा थुनामा गए । रविन थापा साधारण तारेखमा र उत्तम रिजाल एक लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

जघन्य अपधराका अभियुक्तलाई सुनसरी प्रहरीले अपराध गरेको २४ वर्षपछि प्रतिवादी पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएको अभियुक्त गंभिर दनुवारलाइ सुनसरी प्रहरीले आठ वर्षपछि पक्राउ ग¥यो । प्रहरीले घटना भएको ८ वर्षपछि काठमाण्डौदेखि पक्राउ गरेको हो । २०७१ मङ्सिर १ गते भोजपुर हसनपुरका १९ वर्षीय चित्रकुमार मग्रातीको हत्या उनकै साथीहरू मिलेर धरानको विष्णु पादुका स्मृति पार्कमा गरेका थिए । पिकनिक खाना क्रममा विवाद बढ्दै गएपछि मग्रातीलाई बिक्रम मिली, गम्भीर दनुवारले कुटपिटबाट मृत्यु भएको थियो । चित्रको मृत्यु भएपछि जङ्गलमा लगेर सेउला र झारपातले पुरी उनीहरू फरार भएका थिए ।

फरार भएका मध्ये विक्रमलाई प्रहरीले २०७१ मङ्सिर १४ गते भोजपुरको दिङलावाट पक्राउ गरी कर्तब्या ज्यान मुद्दा चलायो । सुनसरी अदालतले २०७१ पुस ८ बिक्रमलाई पुर्पक्षका लागी थुनामा राख्न आदेश गरेको थियो । घटनका संलग्न दनुवार फरार थिए ।
फरार रहेका अभियुक्त दनुवारलाई दुई महिनासम्म नियमित निगरानीमा राखेर सुनसरी प्रहरीले असार १० गते काठमाण्डौबाट पक्राउ गरेको थियो । उनी अहिले थुनामा कैद भुक्तान गर्दै आएका छन् ।

गम्भीर प्रकृतिका अपराध गरी फरार अपराधीहरू सुनसरी प्रहरीले ‘फरार पक्राउ’ अभियान सुरु गरी धमाधम पक्राउ पर्न थाले ।

सुनसरी भोक्राहा ४५ वर्षीय बसन्त खत्वेले आफनै नातिनी हत्या गरेको १२ वर्षपछि प्रहरीले पक्राउ ग¥यो । बसन्तले २०६६ मा घाँटी बटारी नातिनीको हत्या गरेका थिए । कर्तव्य ज्यान मुद्दामा प्रतिवादी बस्नतलाई सुनसरी अदालतले २०७४ वैशाख २४ गते २० वर्ष कैद सजायको फैसला सुनाएको थियो । घटनापछि फरार रहेका बेसन्तलाई प्रहरीले २०७८ साउन १७ गते पक्राउ गरेपछि अहिले उनी झुम्का कारागारमा कैद भुक्तान गर्दै आएका छन् ।

सुनसरी दुहबी नगरपालिका ४ का गुल्वा भन्ने गुलाम मियाले २०५४ सालमा छिमेकी रसु चौधरीलाई जग्गाको विषयमा वादविवाद हुँदा बाँसको भाटाले हानी हत्या गरेका थिए । हत्या गरेपछि उनी फरार रहेका थिए । कर्तव्य ज्यान मुद्दामा सुनसरी अदालतले २०६० माघ २६ गते २० वर्ष कैद सजायको फैसला सुनाएको थियो । हत्या गरेपछि फरार भएको २४ वर्षपछि मियालाई सुनसरी प्रहरीले २०७८ साउन ३० गते पक्राउ गरी अहिले झुम्का कारागारमा कैद भुक्तान गर्दै आएका छन् ।

उल्लेखित घटना प्रतिनिधि मूलक हुन् । सुनसरी प्रहरी प्रमुख भएर एसपी संन्जयसिंह थापा एक वर्ष सुनसरीमा उत्कृष्ट काम गर्दै सरुवा भएका छन् । उनले कार्यकालमा सुनसरीमा एकै दिनमा ११६ जनासम्मलाई पक्राउ गरी अदालत बुझाएको छ ।

फरार पक्राउ पर्ने अभियुक्त कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी, डाका लगायत मुद्दाका फरार अपराधीलाई पक्राउ गरेको उनले बताए । पक्राउ परेका अभियुक्त घटना घटाएर २४ वर्षसम्म फरार भएका प्रतिवादीलाई सुनसरी प्रहरीले विशेष प्रहरी खटाएर पक्राउ गरेको छ ।
‘फरार पक्राउ’ अभियान अन्तर्गत प्रहरीले चालु आर्थिक वर्षको साउन १ गते देखी २०७९ वैशाख ३० गतेसम्म ६१३ जना फरार प्रतिवादीहरू पक्राउ गरेको थियो । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन पछि २२८, असारको १३ दिनमा २१७ र असार १२ गते एकै दिन ११६ जना फरार अभियुक्त पक्राउ गरी अदालत बुझाएको एसपी थापाले जानकारी दिए । प्रहरीले ८४१ फरार अभियुक्तले १८२ वर्ष ८ महिना ५ दिन कैद भुक्तान र १ करोड १४ लाख ३६ हजार ५२० रुपैयाँ राजस्व असुली गरेको छ । सुनसरीमा ३ हजार ८ सय फरार मध्ये ८४१ पक्राउ परेका हुन् । फरार अभियुक्त पक्राउ गर्ने सुनसरी प्रहरी देशभरिमै अगाडी रहेको सर्वोच्च अदालतको फैसला कार्यान्वयन शाखाको अभिलेखमा देखिन्छ । प्रदेश १ भरीमा चालु आर्थिक वर्षको पुससम्ममा १ हजार १ सय ६८ जना फरार अपराधी पक्राउ परेका छन् । १४ जिल्ला रहेको प्रदेशमा जम्मा पक्राउ परेको मध्ये आधा भन्दा बढी सुनसरी प्रहरी फरार अभियुक्त पक्राउ गर्न सफल भएको देखिएको छ ।

‘ढिलो चाँडो गलत काम गर्नेहरू कानुनी दायरामा आउनपर्छ, त्यसैले पुराना, अधुरा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गरी अपराधी पक्राउ गर्छौँ,’ एसपी थापाले भने, ‘अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखी फरार पक्राउ अभियान सुरु गरिएको हो ।’ अभियानका माध्यमबाट अपराध गरेर जितिदिन लुकीछिपी वसेपनि तोकिएको कैद वा जरिवाना भुक्तान नगरी छुट छैनन् भन्ने सन्देश पनि दिएको एसपी थापाले बताए । ‘अपराध गरेपछि सजाय भुक्तान नगरी बचेर बस्न सकिँदैन भनेर समाजमा सन्देश दिन र यही सन्देशका माध्यमबाट समाजमा अपराधको न्यूनीकरण पनि गर्नका लागि सचेतना फैलने आसा गरिएको छ,’ एसपी थापाले भने ।

२०७८ असार १६ देखि २०७९ साउन १६ गतेसम्म ३ करोड ३६ लाख ६२ हजार ४० रुपैयाँ राजस्व असुली गरेको छ । २ हजार ३५ वटा मुद्दा दर्ता भएको छ भने १ हजार २ सय ९७ फर्छ्यौट भएको छ । ७ सय ३८ मुद्दा बिचार दिनमा रहेको सुनसरी प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

काठमाडौं, २४ वैशाख-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा सुरु भएको छ । नेकपामा पछिल्लो समयमा विवाद बढेको छ । विवादका कारण नेकपाले २५ वैशाखमा स्थायी कमिटीको बैठक बोलाएको छ...

मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन प्रक्रिया सुरु

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री कार्कीलाई एमाले, कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले विश्वासको मत दिने भएका छन् ।...

विराटनगरको खाद्य प्रविधिको ल्याबले पायो अन्तर्राष्ट्रिय मान्यता

विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको ल्याबले गरेको खाद्यबस्तुको परीक्षण रिपोर्ट अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त गरेको छ ।प्रयोगशालालाई मान्यता दिने अन्तर्राष्ट्रिय संस्था भारतको एनएबीएल (नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ्ग एण्ड क्यालिब्रेशन ल्याब्रोटोरी)...

आज २ हजार २५३ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या ६४ हजार नाघ्यो

काठमाडौं, १८ असोज-पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा परीक्षण गर्दा आज २ हजार २ सय ५३ जनामा कोरोना पुष्टि भएको...

रौतहटमा रोड ढलानको विषयमा झडप हुँदा आधा दर्जन घाइते

रौतहट, २६ असोज । रौतहटमा रोड ढलानको विषयमा झडप हुँदा आधा दर्जन भन्दा बढी व्यक्ती घाइते भएका छन् । घाइते हुनेमा जग्गा धनी सन्दीप झा ,रौशन झा ,राजन झा रहेका छन् भने निजि जग्गामा रोड...

वर्षाले इँटा उद्योगमा १५ करोडको क्षति

धनगढी, मंसिर ३०–वर्षाका कारण सुदूरपश्चिम प्रदेशका इँटा उद्योगमा करिब १५ करोड रुपैयाँबराबरको क्षति भएको छ । शुक्रबार र शनिबारको वर्षाले कैलाली र कञ्चनपुरका इँटा व्यवसायी मर्कामा परेका हुन् । वर्षातले कैलाली, कञ्चनपुरका ७० वटा इँटा...

रिडेफ नेपालमा अध्यक्ष उमेश विश्कर्माको ‘मनोमानी’, साधारणसभाबिनै पद हेरफेर

विराटनगर, जेठ ३१–मानव अधिकारका लागि श्रोत विकास मञ्च(रिडेफ) नेपालका अध्यक्ष उमेश विश्वकर्माका विषयमा एकपछी अर्को खुलासा हुँदै जान थालेको छ । उक्त संस्थाका अध्यक्ष विश्वकर्मा बहुमत साधारण सदस्य, कार्यसमितिका अन्य सदस्य तथा पदाधिकारीहरुको सहमति विपरित...

खानेकुरा एउटै मस्जिदमा मरे १ हजारभन्दा बढी सेतो परेवा

एजेन्सी, जेठ २८-अफगानिस्तानको चर्चित मजार ए शरीफ मस्जिदमा पालिएका करिब एक हजार सेतो परेवा मरेका छन् । लकडाउनका कारण मस्जिदमा खानेकुरा नपाउँदा सो मस्जिदमा पालिएका ति परेवाको मृत्यु भएको हो । लकडाउनका कारण लामो समयसम्म...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्