विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थीको रोजाइमा परेको विराटनगरस्थित कान्तिपुर कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको भिड लागेको छ । कलेजले मङ्गलवार लिएको प्रवेश परीक्षा विद्यार्थीको उल्लेख नय भिड देखिएको हो ।
विज्ञान सङ्कायमा ४ सय र व्यवस्थापन सङ्कायमा ३ सय ५० का लागि लिएको परीक्षामा १ हजार ३ सय ३५ जना विद्यार्थी सहभागी रहेको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । कक्षा ११ र १२ को सर्वोत्कृष्ट नतिजा, मेडिकल र इन्जिनियरिङको तयारी कक्षाका साथै अतिरिक्त क्रियाकलापमा प्रदेश नम्बर १ कै उत्कृष्ट नतिजा आएकाले पनि विद्यार्थीको रोजाई कान्तिपुर कलेज रहेको उनले बताए ।
विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन संकायमात्र पठनपाठन हुने कान्तिपुरले प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । स्थापनाको छोटो समयमा नै सर्वोत्कृष्ट नतिजा ल्याएको प्रिन्सिपल नेपालले बताए । ‘उच्च शैक्षिक वातावरण रहेको र विद्यार्थीलाई करिअर डेभलपमेन्ट अपरचुनिटीको प्रचुर सम्भावना रहेको प्रिन्सिपल नेपालले भने, ‘दक्ष, अनुभवी र सधैँ माया र हौसला दिने प्राध्यापक र शिक्षकहरू रहनु पनि यो कलेजको सफलता हो ।’ अहिले पनि कान्तिपुरबाट पास भएका विद्यार्थीहरू देश विदेशमा नाम राख्न सफल छन् । कलेजले विद्यार्थीलाई नियमित मूल्याङ्कन गरी वर्षै भरी विशेष कोचिङको व्यवस्था गर्ने कलेजमा शतप्रतिशतसम्म छात्रवृत्तिको पनि व्यवस्था छ ।