राशिफल

२३ वर्षीया सुष्मा बनिन् राप्रपा केन्द्रीय सदस्य

 न्यूज विराट
२३ वर्षीया सुष्मा बनिन् राप्रपा केन्द्रीय सदस्य

काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई धेरैले पुरातन सोचका पाका व्यक्तिहरुको पार्टी ठान्छन् । तर, राजतन्त्रको एजेन्डा बोकेको यस पार्टीमा युवा–युवतीको पुरै खडेरी भने छैन । आज निर्वाचित भएको नयाँ नेतृत्वमा पनि थुप्रै युवा अनुहारहरु देख्न सकिन्छ ।

बारा जिल्लाकी २३ वर्षकी सुष्मा मिश्र राप्रपाको केन्द्रीय समितिमा निर्वाचित भएकी छन् । उनी राप्रपाकी कान्छी केन्द्रीय सदस्य बनेकी छन् । कमल थापाको प्यानलबाट उम्मेदवार भएकी सुष्माले १२८७ भोट ल्याउँदै केन्द्रीय सदस्य चुनिएकी हुन् ।

सुष्मा हाल राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको केन्द्रीय उपाध्यक्ष छिन् । उनी राप्रपाको बारा क्षेत्र नम्बर ३ कि क्षेत्रीय उपाध्यक्षसमेत हुन् । आगमी दिनमा पार्टी राजनीति र विद्यार्थी राजनीतिलाई एकसाथ बढाउने उनको योजना छ ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...