गभर्नर अधिकारीलाई एमालेले भन्यो– एम अधिकारी तपाईं होइन

 न्यूज विराट
गभर्नर अधिकारीलाई एमालेले भन्यो– एम अधिकारी तपाईं होइन

नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभागको सदस्य रहेका एम अधिकारी नाम गरिएका व्यक्ति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको जनाएको छ ।

एमालेको प्रचार विभागमा एम अधिकारी पनि सदस्य भएपछि ती व्यक्ति गभर्नर अधिकारी नै भएको भन्दै सामाजिक सञ्जालदेखि संसदसम्म विरोध भएको थियो । त्यसयता यो विषय विवादित बन्दै आएको छ ।

गभर्नर अधिकारीले लेखेको पत्रको जवाफ दिँदै एमालेका केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले एम अधिकारी नै गभर्नर महाप्रसाद भनी भ्रम सिर्जना भएकोमा ध्यानाकर्षण भएको जनाएका छन् ।

एमालेले पार्टीका कमिटी र विभागहरूमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरू रहने व्यवस्था नभएको पनि दाबी गरेको छ ।

यसअघि गभर्नर अधिकारीले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको भन्दै एम अधिकारीका बारेमा स्पष्ट पारेर त्यसको जानकारी आफूलाई पनि दिन आग्रह गर्दै एमालेलाई पत्र लेखेका थिए ।

सम्बन्धित समाचार

ब्राउन सुगरसहित विराटनगरबाट दुई जना पक्राउ

विराटनगर । ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले ब्राउन सुगरसहित आज शनिबार विराटनगर १५ स्थित १ नम्बर ढाटबाट दुई जना युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरि ईटहरि नगरपालिका २...

खुकुरी प्रहारबाट महिलाको मृत्यु, हत्यामा संग्लग्न पक्राउ

विराटनगर । सुनसरीको इटहरी उप–महानगरपालिका–१७ कि कमला तामाङको खुकुरी प्रहारबाट मृत्यु भएको छ । हिजो अपरान्ह ४ बजे इटहरी उप–महानगरपालिका–१७ मझौरा कि ३२ बर्षीया कमला तामाङलाई उनकै ज्वाई नाता पर्ने भोजपुर साल्पासिलिचोक ९ का ४९...

तेस्रो मिल्स भेट्रान्स गोल्डकप: हाम्रो धरान भेट्रान्स क्लब फाइलनमा

विराटनगर । कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा हाम्रो धरान भेट्रान्स क्लब फाइनलमा प्रवेश गरेको छ। विराटनगर जुटमिल खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा धरानले पथरीशनिश्चरे भेट्रान्स क्लबलाई टाइब्रेकरमा ४–१ गोलले पराजित...

विराटनगरमा ५ देखि ११ वर्षसम्मका बालकालिकालाई कोरोनाविरुद्धको खोप

विराटनगर, १६ साउन । विराटनगरमा मंगलबारदेखि बालबालिकाहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । महानगरपालिकाले जारी गरेको सूचना अनुसार ५ वर्षदेखि ११ वर्षसम्म उमेरसमुहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको दोस्रो मात्र लगाइने भएको हो । फाइजर खोजको...

मन्त्री तुम्बाहाङ्फेले गरिन संविधान संशोधन विधेयक पेस

काठमाडौं, जेठ १७–संविधान संशोधन विधेयक संसदमा पेस गर्न सभामुख अग्नि साप्कोटाले अनुमित दिएका छन् । सभामुखको अनुमतिलगत्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पेस गरेकी छन् । यसअघि बुधबारको प्रतिनिधिसभाका लागि सम्भावित...

प्रदेश १ मा आज संक्रमित भन्दा निको हुने बढी, ६ जनाको मृत्यु

विराटनगर, १३ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना संक्रमण देखिएको छ । ९२९ जनाको पीसीआर परीक्षण गर्दा २६५ र ४४० जनाको एन्टिजेन परीक्षण गर्दा ८३ जनामा संक्रमण देखिएको सामाजिक विकास...

सोती घटनामा जनप्रतिनिधिकै संलग्नता 

काठमाडौं, १ असार-रुकुम चौरजहारीको सोती घटनामा स्थानीय जनप्रतिनिधिकै संलग्नता रहेको खुलेको छ । १० जेठमा रुकुम पश्चिमको चौरजहारी गनरपालिका–८ को भेरी नदीमा ६ जनाको ज्यान जाने गरी भएको हत्या प्रकरणमा स्थानीय जनप्रतिनिधिकै संलग्नता रहेको खुलेको...

विराटनगर ल्याइएका गुण्डा नाइके अभिषेक गिरीलाई कैदीबन्दीले मोरङ कारागारमा छिर्न नदिएपछि सप्तरी लगियो

विराटनगर, १७ कात्तिक । डिल्लीबजार कारागारबाट मोरङ सरुवा गरि विराटनगर ल्याइएका गुण्डा नाइके अभिषेक गिरीलाई आन्दोलन गरेर अन्य कैदीबन्दीले छिर्न नदिएपछि सप्तरी लगिएको छ । मंगलबार बिहान विराटनगरस्थित मोरङ कारागारमा गुण्डा नाइके गिरीलाई ल्याइएपनि अन्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्