मन्त्री तुम्बाहाङ्फेले गरिन संविधान संशोधन विधेयक पेस - News Birat

मन्त्री तुम्बाहाङ्फेले गरिन संविधान संशोधन विधेयक पेस

न्यूज विराट

काठमाडौं, जेठ १७–संविधान संशोधन विधेयक संसदमा पेस गर्न सभामुख अग्नि साप्कोटाले अनुमित दिएका छन् । सभामुखको अनुमतिलगत्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पेस गरेकी छन् ।

यसअघि बुधबारको प्रतिनिधिसभाका लागि सम्भावित कार्यसूचीमा परेको संविधान संशोधन विधेयक पेस गर्ने कार्यक्रम प्रतिपक्षी कांग्रेसले उक्त विषयमा केन्द्रीय समितिबाट निर्णय गर्ने भनेर समय मागेपछि कार्यसूचीमा चढेको थिएन । कांग्रेसले शनिबार संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेसँगै विधेयक संसदमा पेस भएको हो ।

संविधान संशोधन भएसँगै भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्र समेटिएको नेपालको नक्सा निसान छापमा राखिनेछ । भारतले लिपुलेकमा सडक निर्माण गरेपछि सरकारले तीनवटै क्षेत्र समेटेर नक्सा जारी गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles