पशु हाटबजार निर्माणमा भ्रष्टाचार, कार्यक्रम निर्देशकसहित ७ जनाविरुद्ध मुद्दा दायर

 न्यूज विराट
पशु हाटबजार निर्माणमा भ्रष्टाचार, कार्यक्रम निर्देशकसहित ७ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशु सेवा विभाग पशुपन्छी बजार निर्देशनालय हरिहरभवनका कार्यक्रम निर्देशकसहित सात जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगले पशु हाटबजार निर्माण तथा सुधार कार्यक्रममार्फत तेह्रथुम जिल्ला म्याङलुङ नगरपालिका–१० जिरीखिम्ती माझगाँउमा पशुहाट निर्माणमा संलग्नले ४७ लाख ३७ हजार ६२९ बराबरको भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

आयोगले कार्यक्रम निर्देशक बलराम थापा क्षेत्री, लेखा अधिकृत रामप्रसाद बजगाई, वरिष्ठ पशु चिकित्सक पूर्जा शर्मा, किराँत याकथुम चुम्लुङ कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गणेशकुमार लिम्बू, व्यवस्थापक तेजमान कन्दङ्वा र कोषाध्यक्ष गणेशबहादुर सोदेम्बाले पशुहाट निर्माणमा अनियमितता गरेको पाइएको छ । त्यस्तै, परामर्शदाता कम्पनीका सञ्चालक रोशन भट्टराईविरुद्ध पनि आयोगले मुद्दा दर्ता गरेको छ ।

त्यस्तै, आयोगले सर्लाहीको साविक सलेमपुरका विभिन्न योजना कार्यान्वयन एवं सेवा प्रवाहमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन गाविस सचिव ध्रुवनारायण झाले ७ लाख ७१ हजार बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

त्यस्तै, आयोगले पर्साको साविक भेडिहारीमा रहेको रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्याकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विद्यालयमा विभिन्न शीर्षकमा प्राप्त भएको ११ लाख ९५ हजार बराबरको रकम हिनामिना गरेको अभियोगमा अध्यक्ष कन्हैया साह कानु, प्रअ रामवचन प्रसाद र समिति सदस्य रामचन्द्र साह कानुविरुद्ध मुद्दा दायर गरेको हो ।

सम्बन्धित समाचार

तेह्रथुमकी बिनीता लिम्बु भइन् मिस कोशी

विराटनगर। तेह्रथुमकी बिनीता लिम्बु सातौँ संस्करणको मिस कोशीको उपाधि जितेकी छिन् । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा सुनसरीको इटहरीमा सम्पन्न भएको प्रतियोगितामा २५ जनाप्रतियोगिहरुलाई पछि पार्दै बिनीताले मिस कोशीको उपाधि जितेकी हुन् । मिस कोशीको...

विराटनगरमा रानी मिनी महोत्सव हुने, एक दर्जन बढी स्टल रहने

विराटनगर । विराटनगरको मिल्स एरियामा रानी मिनी महोत्सव हुने भएको छ । मिल्स भेट्रान्स् क्बलको आयोजनामा विराटनगरमा मंसिर २० देखि पुस २० गतेसम्म एक महिना महोत्सव लाग्ने भएको हो । महिनादिनसम्म लाग्ने महोत्सवमा एक दर्जन...

गोल्डेन हस्पिटलमा अमानवीय व्यवहार, बन्धक बनाएको शव कागज गराएर दियोे

विराटनगर । विराटनगरको गोल्डेन अस्पतालले उपचार खर्च नतिरेको भन्दै एक दुर्घटना पीडितलाई एक महिना भित्रमा तिनुपर्ने कागज गराएर मात्रै शव परिवारलाई दिएको छ । विराटनगर–११ नयाँ गुद्रीमा फागुन २८ गते राति भएको मोटरसाइकल दुर्घटनामा परी...

विराटनगरबाट एक सडक आश्रितको उद्धार

विराटनगर, २८ असार–विराटनगरबाट एक जना सडक आश्रित व्यक्तिलाई आज उद्धार गरिएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी लगायतले विराटनगर मुनालपथ क्षेत्रबाट ती व्यक्तिको उद्धार...

२५०८ संक्रमित थपिए, २२६४ जना डिस्चार्ज

काठमाडौं, १५ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार देशभर ९ हजार २ सय ७९...

एमाले राजनीतिक बाघ हो, स्यालहरुले नजिस्क्याउनु : महेश बस्नेत

अर्घाखाँची, २९ भदौ । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आम नेपाली जनताको लागि राजनीतिक रुपमा एमाले बाघ पार्टी भएकाले अन्य बाघको छेउमा स्याल जस्ता पार्टींहरुले एमालेलाई नजिस्क्याउन चेतावनी दिनुभयो ।नेकपा...

‘प्याब्सन विराट कप’ : ग्रेडेड, विराट शिक्षा, सेन्टजोसेफ, देवकोटा र मदरल्याण्ड स्कुल विजयी

विराटनगर । दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा पाँच वटा स्कुल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । विराटनगरको सहिद मैदानमा शनिबार भएको पहिलो खेलमा विराट शिक्षा स्कुलले ओडिसि स्कुललाई ६–० गोलले...

फर्जी बाबु बनाउन खोज्दा पक्राउ

चितवन २४ कात्तिक-भरतपुर महानगरपालिका- ५ का वडा अध्यक्षसहित १० जनालाई जिल्ला प्रशासन कार्यालयले कारबाहीको दायरामा ल्याएको छ । वडाध्यक्ष पदमपाणी सुवेदीसहितलाई फर्जी बुबा बनाएको भन्दै कार्यालयले कारबाहीको दायरामा ल्याएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्