२५०८ संक्रमित थपिए, २२६४ जना डिस्चार्ज - News Birat

२५०८ संक्रमित थपिए, २२६४ जना डिस्चार्ज

न्यूज विराट
काठमाडौं, १५ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार देशभर ९ हजार २ सय ७९ जनाको पीसीआर परीक्षण गर्दा थप २ हजार ५ सय ८ जनामा कोरोना पुष्टि चएको हो ।

योसँग देशभर संक्रमितको संख्या एक लाख ७० हजार ७ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये ३८ हजार ५ सय ८४ जना संक्रिय छन् १ लाख ३१ हजार २ सय २२ जना निको भएका छन् ।

आज मात्रै देशभरबाट थप २ हजार २ सय ६४ निको भएको मन्त्रालयको तथ्यांक रहेको छ । पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भृएको मन्त्रालयले पुष्टि गरेको छ योसँगै मृतकको संख्या ९ सय ३७ पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles