विराटनगरलाई बालमैत्री महानगर बनाउने अभियान सुरु

 न्यूज विराट
विराटनगरलाई बालमैत्री महानगर बनाउने अभियान सुरु

विराटनगर ÷ विराटनगरलाई बालमैत्री महानगर बनाउने अभियानको सुरूवात गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले बुधबार ११ नम्बर वडाका अध्यक्ष तीर्थेन्द्र नेउपानेको घरमा ‘बालश्रममुक्त’ घर लेखिएको स्टिकर टाँसेर अभिायनको शुभारम्भ गरे ।

२०६४ सालदेखि विराटनगरलाई बालश्रम मुक्त बनाउने अभियान सुरु गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराटनगर मात्रै नभएर सिंगो विराटनगरलाई नै बालश्रममुक्त महानगर बनाउने बताए । “आज वडा नम्बर ११ बाट बालश्रममुक्त अभियान सुरु गरिएको छ । यो अभियान अब महानगरका १९ वटै वडामा सञ्चालन हुन्छ,” कोइरालाले भने, “यसमा अभिभावकहरूको पूर्ण साथ चाहिन्छ । यदि कसैले बालबालिकालाई श्रममा लगाएको पाइए ऐन र कानुनले तोकेअनुसार कारबाहीको भागिदार हुनुपर्छ ।”

कोइरालाले महानगरलाई समृद्ध बनाउने लक्ष्यअनुरुप बालबालिकालाई श्रम नभएर विद्यालयमा भर्ना गर्न अभिप्रेरित गर्ने बताए । यसैगरी उपप्रमुख कार्कीले महानगरलाई समृद्ध बनाउन भविष्यका कर्णधार मानिएका बालबालिकालाई विद्यालयमा भर्ना गरेर शिक्षित बनाउनुपर्नेमा जोड दिइन् । “बालबालिका भनेका भोलिका देशका कर्णधार हुन् । उनीहरूलाई श्रममा होइन विद्यालय जाने अवस्था सिर्जना गर्नुपर्छ,” उपप्रमुख कार्कीले भनिन्, “यो अभियानलाई सफल बनाउन महानगर मात्रै होइन सबै लाग्नु जरुरी छ ।”

कार्यक्रममा वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले वडालाई बालश्रममुक्त बनाउने महानगरको अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरे । महानगरका सामाजिक महाशाखा प्रमुख डिल्ली धिमालका अनुसार विराटनगर–११ मा २८ जनालाई तालिम दिएर सर्वेक्षणमा पठाइनेछ । उनीहरूले बालश्रममा लगाएको नलगाएको, वडामा बालबालिकाको अवस्थालगायतको तथ्यांक संकलन गर्नेछन् ।

त्यसबाहेक अभिभावकको अवस्था, जाति, पेशालगायतको पनि तथ्यांक संकलन गरिने सामाजिक विकास महाशाखा प्रमुख धिमालले बतााए । बालमैत्री नगर हुन बालविवाह मुक्त, पूर्ण रुपमा साक्षर, बालश्रममुक्तलगायतका सूचांक पूरा गरेको हुनुपर्नेछ । यो अभियानबाट व्यक्तिको पारिवारिक अवस्था, जात, धर्म, पेशा, व्यवसाय, साक्षरता र बालश्रम छन् कि छैनन् भत्रे अभिलेख पनि राख्ने उद्देश्य रहेको छ ।

वडाध्यक्ष न्यौपानेको घरबाट सुरु भएको यो अभियान पहिलो चरणमा सोही वडा र त्यसपछि अन्य वडाहरूमा पनि अभियान विस्तार हुनेछ । सर्वेक्षकले १५ वर्षमुनिका बालबालिको अवस्था पत्ता लगाउने र १२ वर्षमुनिका बालबालिका विद्यालय जान्छन् कि जाँदैनन् पत्ता लगाउने रहेको भनिएको छ ।

सम्बन्धित समाचार

पत्रकार नविन कर्णलाई पितृ शोक

विराटनगर । पत्रकार नविन कर्णलाई पितृ शोक परेको छ । उनका ७७ वर्षीय पिता दुर्गानन्द लाल कर्णको उपचारको क्रममा शनिबार दिउँसो विराटनगरस्थित न्यूरो हस्पिटलमा निधन भएको हो । कर्णको अन्त्येष्ठी विराटनगरस्थित परोपकार घाटमामा आज दिउँसो...

जिल्ला अस्पतालको परिणाम देखिनुपर्याेः मन्त्री घिमिरे

विराटनगर, २४ कात्तिक–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरुले परिणाम देखिनेगरि काम गर्नुपर्ने बताएका छन् । उनले अस्पतालहरुले विस्तार गरेको सेवाका बारेमा स्थानीयले थाहा पाउने गरि काम गर्न समेत निर्देशन दिए ।...

सकियो अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता

विराटनगर । स्वर्गीय शंकरलाल राठी अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता २०८१ सम्पन्न भएको छ। प्रतियोगिताको अन्तिम दिन जुनियर, सब जुनियर र क्याडेट तर्फका विभिन्न विधाका खेलहरु सम्पन्न भएको हो । जुनियर ब्वाइज सिङल्सतर्फ बुढानिलकण्ठ स्कुलका...

७० करोड काण्डमा मुछिएका बाँस्कोटाले ३ महिनापछि संसदमा बोले

काठमाडाैं, २९ वैशाख-सत्तारूढ नेकपाका सांसद पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ३ महिनापछि संसदमा बोलेका छन् ।सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अघि बढाउँदा स्वीस कम्पनीका नेपाली एजेन्टसँग ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि...

कांग्रेसले ७७ वटै जिल्लामा खटायो प्रतिनिधि

नेपाली कांग्रेसले निर्वाचन लक्षित अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी कांग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउँदैछ । भदौ १० गतेदेखि सुरू हुने...

मेरिल्याण्ड कलेजलाई अर्को सफलता, निशा र स्नेहा भइन् प्रथम र द्वितीय 

विराटनगर ।  व्यवस्थापन शिक्षामा अब्बल नतिजा निकाल्न सफल भई राष्ट्रिय पहिचान बनाएको विराटनगरस्थित मेरिल्याण्ड कलेजले अर्को सफलता हात पारेको छ ।  त्रि.बि. अन्तरगत महेन्द्र मोरङ क्याम्पस द्वारा बिबिएका लागि लिइएको प्रवेश परीक्षामा मेरिल्याण्डकी छात्रा द्वय...

कोरोना सङ्क्रमितमा लक्षण देखिन थाल्यो

काठमाडौं, १० साउन-कोभिड–१९ को लक्षण देखिएका संक्रमित भेटिन थालेका छन् । पहिले ९८ प्रतिशत संक्रमितमा लक्षण नभएका पाइएका थिए भने अहिले देखिने नयाँ संक्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेको हो । अहिले नयाँ संक्रमितमा लक्षण...

कोरोना संक्रमणबाट देशभर १२७४ जनाको मृत्यु

काठमाडौं, २६ कात्तिक-नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप २६ जनाको कोरोना संक्रमणबाट निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्