विराटनगर, १३ असार । इलाममा बिरामी बोकेको ट्याक्सी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ–५ का ६५ वर्षीय हिम प्रसाद लावती, उनकी श्रीमती ५७ वर्षीया पदम कुमारी लिम्बू र माङ्सेबुङ–२ का ५० वर्षीय प्रकाश राई छन् ।
सोमबार बिहान १० बजेतिर पाँचथरको मिक्लाजुङ ५ पाङ्तुवाबाट बिरामी लिएर दमक हिडेको मे १ ज ४८७ नम्बरको ट्याक्सी भिरबाट खस्दा उनीहरुको मृत्यु भएको हो ।
ट्याक्सी सडकबाट करिब १५० मिटर तल भिरमा खस्दा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारमा लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।