मातृभूमिप्रति समर्पित हुदै गीतको विश्व लोकर्पण

 न्यूज विराट
मातृभूमिप्रति समर्पित हुदै गीतको विश्व लोकर्पण

मोरङ,११ असार-विदेशमा बसोवास गरेपनि मातृभूमि तथा जन्मभूमिप्रति समर्पित रहदै गीतमार्फत विराटनगरको महिमा वर्णन गर्दै आज एक यहाँ एक नेपाली गीतको विश्व लोकर्पण गरिएको छ।

वेल्जियममा वसोबास गर्ने नेपाली चलचित्रका नायक धीरज सापकोटा र अनमोल मुरारी(पौडेल)द्वारा रचित एवं गायन गरिएको ‘वषैं पछि ’ नामक गीतको युट्यूब मार्फत लोकार्पण गरिएको छ ।

गीतमा विराटनगरका शहरको र यसका विशेषता सम्वन्धमा जानकारी मूलक सन्देश प्रवाह गरिएको छ । उक्त गीतबाट हुने आम्दानीलाई गरीव,असाहयमा खर्च गरिने बेल्जियमबाट गायक सापकोटाले अनलाइन मार्फत जानकारी दिनु भयो ।

अर्का गायक मुरारीले आगामी दिन यस शहर तथा प्रदेशप्रति समर्पित रहने अन्य गीत ल्याउने जानकारी दिनु भयो । उक्त गीतको नेपाली चलचित्रका कलाकार नायक पुष्प श्रेष्ठ, चलचित्रका गायक रमा मण्डल,वडा नं १० का वडाअध्यक्ष अर्जुन गिरी र नाट्यकर्मी भरत गुरागाईले संयुक्त्त रुपमा लोकार्पण गर्नु भयो ।

सो अवसरमा कलाकार श्रेष्ठ, गायक मण्डल, गिरी र गुरागाईले यस क्षेत्रमा लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गराउन हामी सबैको ध्यान जार्नुपर्ने आवश्यक्त्ता औल्याउनु भएका छन् ।

कलाकार सापकोटाले अग्निपथ नामक नेपाल चलचित्रमा नायकको रुपमा भूमिका निर्वाह गरिसक्नु भएको थियो भने अर्को गायक मुरारीले पाँच सय भन्दा वढी गीत गाउनका साथै टेलिरियल, कविता, उपन्यास प्रकाशन गर्नु भएको छ। सोही अवसरमा गायक मण्डलले आफुले गायन गरेको नेपाली चलचित्रको गीतहरु गाउनु भएको थियो ।

सम्बन्धित समाचार

प्रेस सेन्टरको स्थापना दिवसमा आश्रममा फलफूल वितरण

विराटनगर । प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसर पारेर ज्येष्ठ नागरिकहरुलाई फलफूल र स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।प्रेस सेन्टर नेपाल मोरङले मंलबार स्थापना दिवसमा विराटनगर ८ मा रहेको विराटेश्वर वृद्धा आश्रममा फलफूल...

कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

विराटनगर । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाले नियुक्त भएका छन्। सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार दोस्रो पटक मुख्यमन्त्री...

राष्ट्रपतिद्वारा उच्चस्तरीय भेटघाट

काठमाडौं, १० असार-राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीलगायत संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख एवं वरिष्ठ नेताहरूसँग भेटघाट गरेकी छिन् । राष्ट्रपतिको कार्यालयका अनुसार शीतल निवासमा आज भएको भेटघाटमा...

लायन्स क्लब हेल्थ प्रोफेसनलले मनायो स्थापना दिवस

विराटनगर । लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलले स्थापना दिवस मनाएको छ । विराटनगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो ।जुलाई १२ का दिनलाई स्थापना दिवस (चार्टर्ड डे) का रुपमा लायन्स क्लब...

आयोग खारेजीको विरुद्धमा अखिल नेपाल किसान महासंघ सुनसरीद्वारा आन्दोलनको चेतावनी

विराटनगर, २१ साउन । भूमि समस्या समाधान आयोग खारेजीको विरुद्धमा एमाले सम्वद्ध अखिल नेपाल किसान महासंघले सुनसरीमा आन्दोलनको चेतावनी दिएको छ । आयोग खारेजीको निर्णय फिर्ता हुनु पर्ने माग गरेको महासंघले त्यसो नगरिए आन्दोलन चर्काउन...

व्यवस्थापन संकायमा अब्बल मेरिल्याण्ड, विद्यार्थीको रोजाइमा पर्दै कलेज

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल कलेज मध्ये नम्बर वान मा पर्ने एक हो, विराटनगर – ७ रंगेली रोडस्थित मेरिल्याण्ड कलेज । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण यो केलजमा आफ्ना छोराछोरी व्यवस्थापन...

मन्त्री नपाए दाम्लो चुँडाउनेहरु धेरै भए:मुख्यमन्त्री राई

नेकपा (एकीकृत समाजवादी)का नेता एवं प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आफ्नोसँगै अन्य पार्टीहरुमा पनि मन्त्री बन्न मरिहत्ते गर्ने प्रवृत्ति बढेको बताएका छन् । शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा राईले प्रदेश सरकारबारे...

प्रदेश स्तरीय कबड्डी प्रतियोगिता : सुनसरी ६ अंकको साथ शीर्ष स्थानमा

विराटनगर । विराटनगरमा जारी प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगितामा सुनसरी जिल्ला शीर्ष स्थानमा रहेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको कबड्डी प्रतियोगिताको दोस्रो दिन सुनसरीले ३ खेल खेल्दै ६ अंकका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्