राष्ट्रियसभा सदस्य बामदेव गौतमले आफू नेतृत्वको नेकपा एकता अभियानलाई पार्टी बनाउने घोषणा गरेका छन् । ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले एकता अभियानलाई वडा तहसम्मै विस्तार गरिने बताएका हुन् । यद्यपि, यसको मूल उद्देश्य नेकपा एकता नै हुने गौतमले बताए ।
नेपालका मुख्य तीन पार्टी एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई एक वर्षभित्र एकठाउँमा ल्याउनेगरी प्रयास गरिने गौमतले जनाए । सकेसम्म प्रदेश र प्रतिनिधिसभा निर्वाचनअगावै एकता गर्नुपर्नेमा उनको जोड छ ।
उनले कांग्रेससँग सहकार्य गरे पनि उसको नेतृत्वमा नस्वीकार्न माओावादी केन्द्र र एकीकृत समाजवादीलाई आग्रह गरे ।