विराटनगर, ६ असार । नीति तथा कार्यक्रममा विभिन्न जनसरोकारका विषय समेट्न माग गर्दै जनता समाजवादी पार्टी (जसपा) ले कटहरी गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।
जसपा कहटरीले सोमबार आगामी नीति तथा कार्यक्रममा समेट्नुपर्ने विभिन्न २१ बुँदे मागसहित गाउँपालिका अध्यक्ष देवराज चौधरीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र जसपा केन्द्रीय सदस्य तथा कटहरी इन्चार्ज मृत्युञ्जयकुमार झा र संयोजक श्रीराम कामतले गाउँपालिका अध्यक्ष चौधरीलाई बुझाए ।
ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष चौधरीले जसपाले जनसरोकारका विषय उठान गरेकाले आगामी नीति तथा कार्यक्रममा सवै मागहरु समेटने प्रतिवद्धता जनाए ।


