हुलाकी सडक निर्माणमा मेयर कोइरालाको चासो

 न्यूज विराट
हुलाकी सडक निर्माणमा मेयर कोइरालाको चासो

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हुलाकी सडक निर्माणमा चासो देखाएका छन् । विराटनगर–५ स्थित गणेशचोक–केशलिया खण्डमा पर्ने हुलाकी सडक निर्माणमा विलम्ब हुँदा स्थानीयलाई सास्ती भएको भन्दै मेयर कोइरालाले तत्काल निर्माण सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिएका छन् ।

कोइरालाले महानगरपालिकाको कार्यालयमै बोलाएर निर्माण व्यवसायी र हुलाकी सडक निर्माण कार्यालयका प्रमुखलाई तत्काल कालोपत्रे गर्न निर्देशन दिएका हुन् ।

“निर्माण ढिलाइ हुँदा जनतालाई धेरै नै दुःख भयो,” मेयर कोइरालाले भने, “मलाई अरु थाहा छैन तपाईंहरुले चाँदनीचोक छेउको गणेशचोकदेखि केशलिया खोलासम्मको सडक तत्कालै निर्माण गर्नुहोस् ।”

उनले निर्माणमा विलम्ब भए आफू कारबाही प्रक्रियामा जाने चेतावनीसमेत दिए । पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत गणेशचोकदेखि केशलिया खोलासम्मको सडक निर्माणले गति नलिँदा आवतजावतमा समस्या भएको छ ।

सम्बन्धित समाचार

१२ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गर्ने राजेन्द्र ढकाल जेल चलान

विराटनगर । अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ परेका गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष राजेन्द्र ढकाल पुर्पक्षको लागि जेल चलान भएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले बुधबार विराटनगर घर भएका...

प्रदर्शन चर्किएपछि ह्वाइट हाउसको बङ्करमा लुके ट्रम्प

एजेन्सी, जेठ १९-अश्वेत जर्ज फ्लोइडको हत्याको विरोधमा हिंसात्मक प्रदर्शन राष्ट्रपति भवन ह्वाइट हाउससम्म पुगेको छ । वासिङ्टनमा ह्वाइट हाउसको बाहिर प्रदर्शन चर्किएपछि राष्ट्रपति ट्रम्पलाई केही समयका लागि बंकरमा लगिएको छ । ट्रम्पले ह्वाइट हाउसको बङ्करमा...

रंगेली नगरपालिकाको नवौँ नगरसभा सम्पन्न, दुई कर्मचारी सम्मानित

विराटनगर । रंगेली नगरपालिकाको नगरसभा सम्पन्न भएको छ । विभिन्न निर्णयहरु गर्दै शुक्रबार नवौँ नगरसभा सम्पन्न भएको हो । नगरसभामा सभाध्यक्ष एवम् मेयर दिलिप बगडीयाले राखेको प्रस्ताव सर्वसम्मत पारित भएको छ । नगरसभा समक्ष मेयर...

सर्वोच्च अदालतमा न्यायाधीशसहित २४ जनालाई कोरोना संक्रमण

काठमाडौं, २ माघ । सर्वोच्च अदालतमा न्यायाधीशसहित २४ जनालाई कोराना संक्रमण भएको छ । न्यायाधीश मीरा खड्का र मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जना कोरोना संक्रमित भएका छन् । आइतबार आएको पीसीआर परीक्षणको रिपोर्टमा उनीहरु...

भोजपुरमा एकै परिवारका ४ जनाको हत्या, ज्वाईंले प्रहरीलाई आफैँ गरे समर्पण

विराटनगर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा एक युवकले ससुराली पक्षका चार सदस्यको छुरा प्रहार गरी हत्या गरेका छन्। भोजपुर नगरपालिका–२ हेलौंछाका ३० वर्षीय राजेन्द्र राईले सासू, ससुरा, पत्नी र सालोको हत्या गरेका हुन्। जिल्ला...

विद्यार्थीको रोजाइमा कान्तिपुर कलेज, भर्ना लिन मङ्गलवार प्रवेश परीक्षा

विराटनगर । विराटनगरस्थित कान्तिपुर कलेज गुणस्तरीय शिक्षा प्रदान गरी अभिभावक र विद्यार्थीको रोजाइमा परेको छ । दक्ष, एवं योग्य प्राध्यापक र शिक्षकहरूबाट पठनपाठन हुने कान्तिपुर अहिले विद्यार्थीको पहिलो रोजाइको केन्द्रमा पर्ने गरेको हो । विज्ञान,...

एडिबीद्वारा २२ अर्ब सहुलियत ऋण स्वीकृत

काठमाडौं, १५ असार-एसियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न नेपाललाई रु २२ अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । यहाँस्थित एडिबीको देशीय कार्यालयका अनुसार नेपालको विद्युत् आपूर्ति क्षमता...

विराटनगरको आईसिपी नजिक दुर्घटना, सुरक्षा गार्डको मृत्यु

विराटनगर । विराटनगर भन्सार कार्यालय (आई सिपी) नजिक सवारी दुर्घटनामा परी एक जना सुरक्षा गार्डको घटनास्थलमै मृत्यु भएको छ ।आज राती बिराटनगर १८ लावाघाट स्थित आईसिबी बिराटनगर सडक खण्डमा भएको सवारी दुर्घटनामा परी झापा मेचीनगरपालिका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्