साउदी सरकारद्वारा रोजगारदातालाई कडाइ, जेल हाल्ने चेतावनी

 न्यूज विराट
साउदी सरकारद्वारा रोजगारदातालाई कडाइ, जेल हाल्ने चेतावनी

साउदी सरकारले रोजगारदातालाई कडाइ गर्न नयाँ नियम ल्याएको छ । साउदीको सार्वजनिक सुरक्षा (पब्लिक सेक्युरिटी)ले आफ्ना श्रमिकलाई अरुको लागि काम गर्न पठाएमा कडा कारबाही गरिने चेतावनी दिएको हो ।

यस्तै, श्रमिकको व्यक्तिगत फाइदाको लागि अन्यत्र काम गर्न अनुमति दिए पनि रोजगारदाता कारबाहीको भागिदार हुनुपर्नेछ । पब्लिक सेक्युरिटीले यसो गरेको पाइएमा प्रत्येक रोजगारदातालाई १ लाख साउदी रियालसम्म जरिवाना र ६ महिनासम्म कैद सजाय हुने चेतावनी दिएको छ ।

पछिल्लो समय कतिपय रोजगारदाता कम्पनीले आफ्ना श्रमिकलाई अन्यत्र काम लगाउने प्रवृत्ति बढेपछि उसले नयाँ नियम ल्याएको हो । केही रोजगारदाताले फाइदाको लागि आफ्ना श्रमिकलाई अन्यत्र काममा लगाउने गर्छन् । साउदीको नियमअनुसार सम्बन्धित रोजगारदाताबाहेक अन्यत्र काम गर्न पाइँदैन ।

यसरी काम गर्नु एक किसिमले अवैध जस्तै हो । जसले श्रमिक नै कानुनी रूपले कमजोर हुने र, आफ्नो अधिकारबाट समेत वञ्चित हुन सक्छन् । यस्तै, पब्लिक सेक्युरिटीले आवास, श्रम र सीमा सुरक्षा नियमको कुनै उल्लङ्घन भएको पाइएमा मक्का र रियाद क्षेत्रमा ९११ नम्बर र अन्य क्षेत्रमा ९९९ नम्बरमा सम्पर्क गरेर उजुरी गर्न आह्वान समेत गरेको छ ।

 

सम्बन्धित समाचार

झापामा दुई सभापति निर्विरोध, आठ निर्वाचित

झापा, ४ मङ्सिर-नेपाली कांग्रेस झापा क्षेत्र नं १ को प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी र ‘ख’को सभापति पदमा सन्तोष न्यौपाने निर्वाचित हुनुभएको छ । झापामा प्रतिनिधिसभाको पाँच वटा र प्रदेश सभाको १० वटा निर्वाचन...

मोरङको क्षेत्र नं. ४ बाट मन्टु शेखको पहिलो नम्बरमा राखेर नाम सिफारिस

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ४ को (क) बाट नेपाली काँग्रेसका यूवा नेता मन्टु शेखको नाम प्रदेश सांसदको लागि पहिलो नम्बरमा राखेर सिफारिस गरेको छ । काँग्रेस क्षेत्र नं. ४ को क्षेत्रिय समितिको बैठकले...

कामु गभर्नर शिवाकोटीले थाले काम

काठमाडौं, चैत ५–आजबाट कायममुकायम गभर्नरका रूपमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पद सम्हाल्ने भएका छन् । डा. चिरञ्जीवी नेपाल आजबाट बिदाइ भएसँगै कामु गभर्नरका रूपमा शिवाकोटीले पद समहाल्ने भएका हुन् । १ महिना अगाडि नै सिफारिस...

विराटनगरको खाद्य प्रविधिको ल्याबले पायो अन्तर्राष्ट्रिय मान्यता

विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको ल्याबले गरेको खाद्यबस्तुको परीक्षण रिपोर्ट अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त गरेको छ ।प्रयोगशालालाई मान्यता दिने अन्तर्राष्ट्रिय संस्था भारतको एनएबीएल (नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ्ग एण्ड क्यालिब्रेशन ल्याब्रोटोरी)...

अमेरिकामा बेरोजगारको वृद्धिदर १९४८ पछिकै सबैभन्दा धेरै

एजेन्सी, जेठ १६-कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले संयुक्त राज्य अमेरिकामा दिनप्रति दिन बेरोजगारी बढेको अधिकारीहरूले जानकारी दिएका छन् । प्राप्त समाचारमा पछिल्लो पटक २१ लाख जना अमेरिकी नागरिकले बेरोजगारी भत्ताको दाबी गरेर फारम...

‘कोही अलपत्र हुनुहुन्छ भने सम्पर्क गर्नुहोला, हामी भोकै मर्न दिने छैनौँ’

भक्तपुर, ६ वैशाख-सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले कोरोना भाइरसका कारण कोही अलपत्र परेमा तत्काल आफूलाई सम्पर्क गर्न आह्वान गरेका छन् ।अलपत्रलाई भोकै हुन नदिने बताउँदै उनले सरकारले कोरोनाको सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनका...

लिटल कोशीको विराटनगर र इटहरीमा एकै दिन अडिसन

विराटनगर । सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको विराटनगर र इटहरीमा एकै दिन अडिसन हुने भएको छ । आउँदो शनिबार विराटनगरको सेन्टर मल र इटहरीमा अडिसन हुने भएको हो । विराटनगरमा दिउँसो १ बजेदेखि...

प्रदेश २ मा २४ घण्टामा ६४ कोरोना संक्रमित थपिए  

जनकपुर, १९ जेठ-प्रदेश २ मा कोरोना संक्रमित संख्या ६ सय १३ पुगेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशका ४ जिल्लाका ६४ जना नयाँ संक्रमित थपिएपछि सो संख्या पुगेको हो । पछिल्लो समयमा रौतहटबाट २८,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्