झापामा दुई सभापति निर्विरोध, आठ निर्वाचित - News Birat

झापामा दुई सभापति निर्विरोध, आठ निर्वाचित

न्यूज विराट
झापा, ४ मङ्सिर-नेपाली कांग्रेस झापा क्षेत्र नं १ को प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी र ‘ख’को सभापति पदमा सन्तोष न्यौपाने निर्वाचित हुनुभएको छ । झापामा प्रतिनिधिसभाको पाँच वटा र प्रदेश सभाको १० वटा निर्वाचन क्षेत्र छन् ।
जसमध्ये सबै प्रदेश क्षेत्रको निर्वाचन परिणाम शुक्रबार राति आइसकेको छ । नेपाली कांग्रेस झापाको प्रचार विभागका प्रमुख कृष्ण हुमागाईका अनुसार क्षेत्र नं २ को प्रदेश ‘क’को सभापतिमा लक्ष्मी आचार्य र ‘ख’को सभापतिमा किरण श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
क्षेत्र नं ३ को प्रदेश ‘क’ र ‘ख’को सभापतिमा क्रमशः चिन्तामणि खरेल र तुलसीप्रसाद ओली निर्वाचित हुनुभएको छ । क्षेत्र नं ४ को प्रदेश ‘क’ र ‘ख’को चुनावी नतिजाअनुसार सभापतिमा पदमा क्रमशः विनोद ढकाल र ख्याम सिटौला निर्वाचित हुनुभएको छ । त्यसैगरी, क्षेत्र नं ५ को प्रदेश ‘क’ को सभापतिमा जीवनकुमार राई र प्रदेश ‘ख’को सभापतिमा रवि न्यौपाने विजयी हुनुभएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles