विराटनगर–८ मा एमालेका राम पोखरेलको प्यानलै निर्वाचित - News Birat

विराटनगर–८ मा एमालेका राम पोखरेलको प्यानलै निर्वाचित

न्यूज विराट

विराटनगर, ६ जेठ । विराटनगर–८ को मतगणनाको अन्तिम परिणाम सार्वजनिक हुँदा नेकपा एमालेका राम पोखरेल वडाध्यक्षमा निर्वाचित भएका छन् । उनीसहित उनका टिमका सवै निर्वाचित भएका हुन् ।

यसअघि नेपाली कांग्रेसले प्यानलै जितेको वडा नं. ८ मा पोखरेल लोकप्रिय मतका साथ निर्वाचित भएका हुन् । अन्तिम मतपरिणाम अनुसार पोखरेलले १ हजार ९१० मत प्राप्त गरी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका सन्तनु रेग्मीलाई ८६६ मतले पराजित गरेका हुन् ।

रेग्मीले १ हजार ४४ मत प्राप्त गरेका छन् । वडा नं. ८ को दुई खुल्ला सदस्यमा भुवनेश्वर राजवंशी र महमद् अब्बास मियाँ निर्वाचित भएका छन् । महिला सदस्यमा ताराकुमारी राय र दलित महिला सदस्यमा पवित्रा विश्वकर्मा निर्वाचित भए । राजवंशीले १ हजार ५१९, मियाँले १ हजार ४०१, रायले १ हजार ४६१ र विश्वकर्माले १ हजार ६१६ मत प्राप्त गरेका हुन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles