मोरङमा राप्रपाका मेयर उम्मेदवारको गाडीमा आगजनी

 न्यूज विराट
मोरङमा राप्रपाका मेयर उम्मेदवारको गाडीमा आगजनी

विराटनगर, २३ वैशाख । मोरङको बेलबारी नगरपालिकामा राप्रपाबाट मेयर उम्मेदवार बनेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ ।

उनको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो । बेलबारी–२ स्थित घरमै पार्किङ गरेर राखेको अवस्थामा कारमा शुक्रबार बिहान करिब २ बजे आगजनी भएको प्रहरीले जनाएको छ ।

प्रहरीले आगजनीमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–१२ का अन्दाजी २८ वर्षीय सुवास पाण्डे रहेका छन् ।

उम्मेदवार गौतमले यही ३० गते हुन लागेको स्थानीय निर्वाचनको प्रचारप्रसारका क्रममा पार्टीको झण्डा तथा मेयर र उपमेयरका उम्मेदवारको फोटोसहितको ब्यानर राखेर कार प्रयोग गर्दै आएका थिए ।

सम्बन्धित समाचार

कोरोनाका कारण मृत्यु हुनेको स्मृतिमा चीनमा मौनधारण

चीनमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सम्झनामा शनिवार विहान मौनधारण गरिएको छ ।स्थानीय समयानुसार बिहान १० बजेदेखि ३ मिनेटसम्म मौनधारण गरिएको थियो । मौनधारण कार्यक्रममा राष्ट्रपति सि जिनफिङलगायतका विशिष्ट व्यक्तिहरु पनि सहभागीता रहेको थियो ।...

प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच गोली हानाहान

संखुवासभा,  १ मंसिर-संखुवासभाको चैनपुर नगरपालिकामा प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको छ। प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच चैनपुर नगरपालिकाको मैदानेमा गोली हानहान भएको हो ।  सोमबार दिउँसो करिब ११ बजेतिर  प्रहरीको गस्ती टोलीमाथि...

हिसान खेल ः पुरुष फुटबलमा मोडर्न एरा, सगरमाथा र होलीचाइल्ड विजयी

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा मोडर्न एरा, सगरमाथा र होलीचाइल्ड विजयी भएका छन् । बुधबार भएको पहिलो खेलमा मोडर्न एरा स्कुलले ग्रिनल्याण्ड कलेजलाई १–० को गोल...

विद्युत्‌भार कटौतीको अन्त्य सरकारकै योजनामा : कुलमान घिसिङ

काठमाडौं, ११ भदौ-नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको स्पष्ट मार्गनिर्देशनका आधारमा विद्युत्भार कटौतीको अन्त्यलगायत प्रशासनिक सुधारको काम गरेको स्पष्ट पारेका छन् । उनले...

पत्रकार पौडेललाई खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार दिने निर्णय

विराटनगर, साउन १५–विराटनगररनेपाल पत्रकार महासंघ मोरङ शाखाले यस वर्षको ‘खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार–२०७७’ पत्रकार कमल पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ । मकालु टेलिभिजनका समाचार सम्पादक पौडेललाई १५ हजार राशिको उक्त पुरस्कार दिने निर्णय बिहीबार...

प्याब्सन र न्यूरोबीच समझदारी, न्यूरोले सौलियतमा उपचार गर्ने

विराटनगर । प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच समझदारी भएको छ । सझदारी अनुसार न्यूरो हस्पिटलले प्याब्सनमा आवद्ध सदस्यहरुको सौलियतमा उपचार गरिदिने भएको हो । सझमदारी पत्रमा प्याब्सन मोरङको तर्फबाट अध्यक्ष प्रेमलाल सिंह सुवाल र हस्पिटलको...

रोटरीले वितरण गर्यो जेष्ठ नागरिकलाई खाजा

विराटनगर, १४ असोज–सामाजिक क्षेत्रमा अग्रसर रहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले जेष्ठ नागरिकहरुका लागि खाजा वितरण गरेको छ । विराटनगर आशोक चोक स्थित विराटेश्वर बृद्धाश्रममा आश्रित ६० जना जेष्ठ नागरिकहरुका लागि बुधबार खाजा वितरण...

आज लकडाउनको ३३औँ दिन

काठमाडौं, १२ वैशाख-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि लागू गरिएको लकडाउनको आज ३३ औं दिन पुगेको छ । गत चैत ११ गतेबाट देशभर लकडाउन लागू गरिएको हो । लकडाउनका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्