विराटनगरको मेयरमा उमेश यादवसहित तीन जनाको उम्मेदवारी

 न्यूज विराट
विराटनगरको मेयरमा उमेश यादवसहित तीन जनाको उम्मेदवारी

विराटनगर, ११ वैशाख । मनोनयन दर्ता सुरु भएको पहिलो दिन आइतबार विराटनगरमा ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता सुरु भएको पहिलो दिन अहिलेका कुनै पनि ठुला दलले उम्मेदवारी दर्ता गराएनन् ।

साना दल र स्वतन्त्र गरि आइतबार ५७ जनाले मात्र उम्मेदारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सुचना अधिकार हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार आइतबार ३६ जना वडा सदस्य, १८ जना वडाध्यक्ष र तीन जनाको मेयरमा उम्मेदवारी परेको छ । मेयरमा जसपा परित्याग गरेको घोषणा गरेका उमेश यादव र सकृय गौतमले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
त्यस्तै सिके राउत नेतृत्वको जनमत पार्टीका तर्फबाट अरुणकुमार मण्डलले उम्मेदवारी दिएका छन् । उनी सो पार्टीका महानगर समिति अध्यक्ष हुन् । उपमेयरमा भने एक जनाको पनि उम्मेदवारी नपरेको बुढाथोकीले बताए ।

सम्बन्धित समाचार

विनोद चौधरीले जिते कोरोना

काठमाडौं, २० भदौ-उद्योगी विनोद चौधरी कोरोना भाइरस (कोभिड- १९) संक्रमणमुक्त भएका छन् । उनले माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत आफू कोरोना संक्रमणमुक्त भएको जानकारी दिएका छन् । उनले शनिबार बेलुका ट्विटरमार्फत १० दिनको एकतान्तवासपछि आफू संक्रमणमुक्त...

आज काठमाडौंसहित देशभर ४२६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३ असार-काठमाडौंका सहित देशका विभिन्न स्थानमा आज ४२६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८८ महिला र ३३८ पुरुष...

प्रदेश–२ मा ४ सय बढीको आरडीटी

जनकपुर, ४ वैशाख-प्रदेश–२ का ८ वटै जिल्लामा र्‍यापीड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट बुधबारसम्म ४ सय १९ जनाको परीक्षण गरिएको छ । कोरोना भाइरस संक्रमणको पहिचानका लागि गरिएको आरडीटी टेस्ट अन्तर्गत धनुषाको १८ वटा स्थानीय तहमध्ये...

चिनियाँ र दक्षिण कोरियाली राष्ट्रपति बीच टेलिफोन वार्ता

एजेन्सी, जेठ २-चिनियाँ राष्ट्रपति सी जिनपिङ र दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनबीच कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि आपसी सहकार्य गर्ने बिषयमा टेलिफोन वार्ता भएको छ । कोभिड–१९को रोकथाम तथा नियन्त्रणका क्रममा चीन र दक्षिण...

फोनिजको छैटौं पूर्ण बैठक : कोशी नाम खारेजलगायत १३ बुँदे घोषणापत्र जारी

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको छैटौं बैठकले १३ बुँदे घोषणापत्र जारी गरेको छ । विराटनगरमा सम्पन्न उक्त बैठकले प्रदेश १ को नामकरण पहिचान, ऐतिहासिक पृष्ठभूमिलगायतलाई नामटे गरी कोशी नामकरण गरिएको...

नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनियताको शपथ, विश्वकर्मा र दुगड हटाइए

काठमाडौं, १० पुस-प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद्मा केहीको जिम्मेवारी हेरफेर गर्दै नयाँ मन्त्रीसमेत थप गरेका छन् । प्रतिनिधिसभा विघटनपछि प्रचण्ड-नेपाल समूहबाट मन्त्रिपरिषद्मा सहभागीहरूले राजीनामा दिएपछि रिक्त स्थानमा ओलीले नयाँ मन्त्री नियुक्त गरेका हुन् । पूर्वमाओवादी...

विराट डेन्टल होममा मुख सम्बन्धी भरपर्दो उपचार

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको विराट डेन्टल होममा मुखसम्बन्धी सम्पूर्ण स्वास्थ्य उपचार भरपर्दो र गुणस्तरीय हुने भएको छ । गोल्डेन हस्पिटल अगाडी रहेको विराट डेन्टलमा दाँतसम्बन्धी सम्पूर्ण उपचार भरपर्दो र गुणस्तरीय हुने गरेको हो...

आजको मौसम : अधिकांश भू-भागमा वर्षा र केही स्थानमा भारी वर्षा हुने

आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आज देशभर बदली रही अधिकांश स्थानमा पानी पर्ने छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्