माधव र उपेन्द्रले हैसियत भन्दा बढी भाग खोजेः प्रचण्ड

 न्यूज विराट
माधव र उपेन्द्रले हैसियत भन्दा बढी भाग खोजेः प्रचण्ड

काठमाडौं, बैशाख २ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले माधव कुमार नेपाल र उपेन्द्र यादवले हैसियत भन्दा धेरै दावी गरेपछि सत्ता गठबन्धनबीचको तालमेल असहज बनेको बताउनु भएको छ । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच सवैतिर तालमेलको प्रयाश भए पनि माधव र उपेन्द्रले हैसियत भन्दा बढी दावा गरेर असहज बनाएको प्रचण्डले बताउनु भउको हो ।

उपलब्ध पूर्व स्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुहको आज बिहान खुमलटारमा बसेको बैठकमा अध्यक्ष प्रचण्डले गठबन्धनमा रहेका दलहरुले आफ्नो शक्तिलाई अतिरन्जित रुपमा दावी गरेकाले कुरा मिलाउन अप्ठ्यारो भएको प्रचण्डले बताउनु भयो । ‘माधव र उपेन्द्रले हैसियत भन्दा बढता दावी गरेर गठबन्धनलाई असहज बनाउने काम गरे,’ बैठकमा प्रचण्डको भनाई उधृत गर्दै स्थायी समितिका एक सदस्यले भने ।

माधवकै कारण तालमेल जटिल बन्दै गएको प्रचण्डको भनाई थियो । ‘तालमेलको विषय मिलाउन गाह्रो–गाह्रो छ, गठबन्धन हेर्दा राम्रो देखिए पनि व्यवहारिक रुपमा मिलाउन गाह्रो छ,’ प्रचण्डको भनाई उधृत गर्दै अर्का सदस्यले भने । बैठकमा प्रचण्डले उहाँले कांग्रेससँग सकेसम्म बार्गेनिङ गर्ने नभए गठबन्धनका अन्य पार्टीहरुसँग मिलेर कांग्रेससँग पनि स्वस्थ प्रतिस्पर्धा गर्ने रणनीतिसमेत अघि सार्नुभएको छ ।

‘कांग्रेससँग सकेसम्म बार्गेनिङ गर्ने हो, जति हुन्छ लिने, नभए गठबन्धनकै अरुसँग मिलेर प्रतिष्पर्धा गर्ने हो,’ प्रचण्डको भनाई थियो ।

सम्बन्धित समाचार

असारभित्रै रेल सञ्चालनमा ल्याउने तयारी

धनुषा, फागुन १५–नेपाल सरकारले आउँदो असारबाट रेल चलाउने आन्तरिक तयारीमा जुटेका छन् । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म पहिलो चरणमा रेल चलाउने तयारी भएको रेल विभागका महानिर्देशक वलराम मिश्रले बताए । रेल विभागले रेल सञ्चालनका लागि...

औषधि व्यवसाय संकटमा, तत्काल सुधारको माग

विराटनगर । नेपाल औषधि व्यवसायी संघ (NCDA) मोरङ शाखाले औषधि व्यवसायमा गहिरो संकट उत्पन्न भएको भन्दै तत्काल सुधारको माग गर्दै एक विज्ञप्ति जारी गरेको छ। संघले औषधि व्यवसायको ५२ वर्षे इतिहासलाई स्मरण गर्दै, अहिलेको आर्थिक...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वितरण गर्यो विद्यार्थी र एकल महिलाहरुलाई न्यानो कपडा

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बढ्दो चिसोबाट बच्नका बालबालिका र एकल महिलाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।  क्लबले एडप्ट गरेको शिव आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई स्वीटर वितरण गरेको हो । विद्यालयमा अध्ययनरत...

ओली भने – संसद् विघटन राजनीतिक इस्यु हो, अदालत प्रवेश नगर्ने नजिर छ

काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक घटनामा सर्वोच्च अदालत हाबी भएको भन्दै असन्तुष्टि जनाएका छन् ।सरकारी स्वामित्वको संचारमाध्यम नेपाल टेलिभिजनका लागि महिन्द्र विष्टलाई दिएको अन्तर्वार्तामा राजनीतिक इस्युमा अदालत प्रवेश नगर्ने स्थापित नजिरलाई बेवास्ता गरिएको...

मिल्स गोल्डकप, झापाको ध्रुवतारा क्लब फाइनलमा

विराटनगर । ध्रुवतारा स्पोर्टिङ्ग क्लब झापा विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकप फुबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुट मिल्सको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सहलेस यूवा क्लब सिराहालाई टाईब्रेकरमा ५–४ गोलले हराउँदै धु्रवतारा...

उपत्यकामा आज ११०७ जनामा कोरोना संक्रमण

काठमाडौं, ५ मंसिर-काठमाडौं उपत्यकामा शुक्रबार १ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख ८ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

बझाङमा आरडीटी किट अभाव, भारतबाट भित्रिएकाको भएन परीक्षण

बझाङ, २५ वैशाख-बझाङमा कोरोना भइरसको परीक्षण गर्ने किट तथा स्वास्थ्य सामग्रीको अभाव भएको छ । बाहिरी जिल्ला तथा भारतबाट आएका ६ सय ७५ जना अझै पनि क्वारेन्टाइनमा रहेकाले उनीहरुको र्‍यापिड टेस्ट गर्न किट अभाव भएको...

घाइते बनाउनेलाई सांघातिक आक्रमण गर्ने सांसदको चेतावनी

काठमाडौँ, माघ १९–सत्तारुढ नेकपाका सांसद चक्रप्रसाद स्नेहीले डडेल्धुरा जिल्लास्थित नेकपाका आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्रप्रसाद जोशीलाई कुटपिट गरी घाइते बनाउनेमाथि सांघातिक आक्रमण गर्ने चेतावनी दिएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै सांसद स्नेहीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्