विराटनगरमा जारी टि–२० मेयर कप क्रिकेटः विरगञ्ज र जनकपुर विजयी

 न्यूज विराट
विराटनगरमा जारी टि–२० मेयर कप क्रिकेटः विरगञ्ज र जनकपुर विजयी

विराटनगर । विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता बुधबारको खेलमा विरगञ्ज महानगरपालिका र जनकपुरधाम उपमहानगरपालिका विजयी भएका छन् । विराटनगर–१९ स्थित झापा वैजनाथपुरको खेल मैदानमा बुधबार पहिलो खेलमा विरगञ्ज र जनकपुर विजयी भएका हुन् ।

पहिलो खेलमा विरगञ्जले झापाको मेची नगरपालिकालाई ८ रनले पराजित गरेको छ । पराजित भएको झापाले लगातार दुई खेलमा पराजित भए पछि प्रतियोगिताबाट बाहिरिएको छ । झापा समुह बीको पहिलो खेलमा आयोजक विराटनगरसँग ३६ रनले पराजित भएको थियो ।

यो समुहबाट विरगञ्जसँगै आयोजक विराटनगर सेमिफाइनरमा प्रवेश गरेको छ । विराटनगर र विरगञ्जविच समुह विजतेको लागि विहिबार लिगको अन्तिम खेल हुने छ । टस जितेर ब्याटिङ गरेको विरगञ्जले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २८ रनको योगफल खडा गरेको थियो । विरगञ्जकालागि हसिम अन्सारीले ३७ बनाउँदा साहिल पटेलले ३२ रन जोडे । पटेलले १४ बलमा २ छक्का र २ चौका प्रहार गरे । झापाका अंकित सुवेदीले ३ विकेट लिँदा विशाल आर्चायले २ विकेट लिए ।

१ सय २९ रनको लक्ष पाएको झापाले पुरै ओभर खेल्दै ३ विकेट गुमाई १ सय २० रन मात्र बनाउँन सक्यो । झापाकालागि सुवाङर उराँव अविजित ४५ रन बनाउँदा अंकित सुवेदीले ३३ रन र अनिल लामिछानेलेअविजित २६ रन बनाए । विरगञ्जका म्यान अफ द म्याच हसिम अन्सारी ४ ओभरमा १४ रन दिएर ३ विकेट लिए ।

दोस्रो खेलमा जनकपुरले सुनसरीको इनरुवालाई ७ विकेटले पराजित गरेको छ । जनकपुर एक खेल अगावे सेमिफाइनलमा पुगेको छ । लगातार दुई खेलमा पराजित भएसँगै इनरुवा प्रतियोगिताबाट बाहिरिएको छ । समुह ए मा जनकपुरसँगै राजविराज पनि सेमिफानलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ गरेको इनरुवाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ११ रनको बनाएको थियोे । इनरुवाकालागि विवेक मेहताले ४७ रन बनाउँदा रविन मण्डल २५ रनमा अविजित भए । जनकपुरका साइमन राँय र हरिशंकर साहले समान २–२ विकेट लिँदा दिनेश सहनी र सुमित मण्डलले १–१ विकेट लिए ।

१ सय १२ रनको सामान्य लक्ष पाएको जनकपुरले १८ दशमलव ३ बलमा ३ विकेट गुमाई सो विजयी लक्ष भट्टाएको थियो । जनकपुरकालागि म्यान अफ म्याच हिमाञ्सु दत्त ४२ रनमा अविजित हुँदा हरिशंकर साहले ३३ रन र अकबर अलि २० रनमा अविजित भए । इनरुवाका विकल्प आचार्य, सराज बस्नेत र शिभम यादवले १–१ विकेट लिए ।

प्रतियोगितामा प्रदेश १ का आयोजक विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिका तथा मदेश प्रदेशको विरगञ्ज महानगरपालिका, जनकपुरधाम महानगरपालिका र राजविराज नगरकालिका सहभागि भएका छन् । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार ट्रफि तथा उपविजेताले नगद ५१ हजार ट्रफि पाउँने छन् ।

६ टिमलाई दुई समुहमा विभाजन गरेर लिग कम नकआउटको अधारमा खेलाईएको छ । समुहको टप दुई टिम सेमिफाइनलमा पुग्ने पुगने छन् । चेत्र २६ गतेसम्म हुने प्रतियोगित सम्पन्न गर्न करिव १३ लाख खर्च हुने आयोजकले जनाएको छ ।
विहिबारको पहिलो खेल जनकपुर र राजविराज र दोस्रो खेल आयोजक विराटनगर विरगञ्जविच हुने आजोजकले जनाएको छ ।

१ सय २३ रनको सामान्य लक्ष पाएको झापाले १७ दशमलव ४ बलमा सवै विकेट गुमाई ८६ रनमा सिमित भयो । झापाकालागि अनिल लामिछानेले ३२ रन जोड्दा अंकित सुवेदीले १६ बबनाए । विराटनगरका म्यान अफ द म्याच कप्तान सिद्धान्त लोहनीले ४ विकेट लिए । उनले एक मेडन राख्दै १३ रन दिए ।

लोहनीबाहेक दिपेश कँडेलले ३ विकेट तथा मुकुन्द यादवले २ विकेट लिँदा रेवती यादवले १ विकेट लिए । दोस्रो खेलमा राजविराजले सुनसरीको इनरुवालाई ७६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २० रनको बनाएको थियोे ।

राजविराजकालागि रोहन विकले ३९ रन बनाउँदा निरज यादवले ३० रन र विशाल दासले २० रनको योगदान दिए । रोहनले २५ बलमा १ छक्का र ६ चौका प्रहार गरे । इनरुवाका सोनु मण्डलले ३ विकेट पलँदा भुपाल लुइटेल र गौरव कटुवालले १–१ विकेट लिए ।

१ सय २१ रनको लक्ष पाएको इनरुवाले ११ दशमलव ३ बलमा सवै विकेट गुमाई ५३ रनमा सिमित भयो । इनरुवाकालागि सोनु मण्डलले सर्वाधिक ९ रन बनाए । राजविराजका म्यान अफ द म्याच अनिल यादवले ४ ओभरमा १ मेडन राख्दै १२ रन दिएर ५विकेट लिँदा मेहबुव आलम र अजय यादवले २–२ विकेट लिए ।

प्रतियोगितामा प्रदेश १ का आयोजक विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिका तथा मदेश प्रदेशको विरगञ्ज महानगरपालिका, जनकपुरधाम महानगरपालिका र राजविराज नगरकालिका सहभागि भएका छन् । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार ट्रफि तथा उपविजेताले नगद ५१ हजार ट्रफि पाउँने छन् ।

६ टिमलाई दुई समुहमा विभाजन गरेर लिग कम नकआउटको अधारमा खेलाईएको छ । समुहको टप दुई टिम सेमिफाइनलमा पुग्ने पुगने छन् । चेत्र २६ गतेसम्म हुने प्रतियोगित सम्पन्न गर्न करिव १३ लाख खर्च हुने आयोजकले जनाएको छ । बुधबारको पहिलो खेल विरगञ्ज र मेची र दोस्रो खेल इनरुवा र जनकपुरविच खेल हुने आजोजकले जनाएको छ ।

सम्बन्धित समाचार

मोरङ ६(२) : केदारलाई अन्तर्घातको डर, पर्शुरामलाई गुण्डा छविको पिर

विराटनगर । मोरङ क्षेत्र नं. ६ (२) मा ११ उम्मेदवारी चुनावी मैदानमा उत्रिएका छन् । गत स्थानीय तहको चुनावमा प्राप्त वडागत मतका हिसाबले यो क्षेत्रका मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धन नेपाली काँग्रेसका युवा नेता तथा प्रदेश...

मौज्दात खोपको विवरण सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप अभिलेख सार्वजनिक नगर्ने ६ जिल्ला र एक सय नौ स्थानीय सरकारलाई तत्काल मौज्दात खोप विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । यसअघि मन्त्रालयले २१ माघसम्ममा सातै...

मीरगञ्ज पुल संचालनमा आयो,  उद्योगी व्यवसायी उत्साहित

विराटनगर । भारतको मीरगञ्जको परमान नदीमाथि पक्की मोटरेबल पुल बनेपछि भारतीय पक्षले एक बर्ष पछि आधिकारिक रुपमा शुक्रबार सुचना जारी गर्दै पुलबाट आवतजावत गर्न सकिने अनुमति दिएको छ ।मोरंग ब्यापार संघको पहलमा दुवै देशका नेता...

लकडाउनको मोडालिटी परिवर्तन हुन्छ : प्रधानमन्त्री

काठमाडाैं, २८ जेठ-मन्त्रिपरिषदको बैठकमा लकडाउनको मोडालिटीबारे निर्णय हुने भएको छ । प्रधानमन्त्री ओलीले संसदमा बोल्दै लकडाउनको मोडालिटी परिवर्तन हुने बताएका छन् । प्रधानमन्त्रीले बुधबार संसदमा लकडाउनको मोडालिटी आजै परिवर्तन हुने बताएका छन् । उनले भनेका...

लागूऔषध नियन्त्रण गर्न ‘म सक्छु’ अभियान सुरू

विराटनगर । लागूऔषधको सेवन र कारोबार बढ्दै गएको कारणले अपराधारको घटना हुन थालेपछि प्रहरीले लागूऔषध नियन्त्रण अभियान सुरु गरेको छ ।१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले लागुऔषध न्युनिकरण कार्य योजना ‘म सक्छु’ अभियान सुरू गरेको...

प्रदेश १ मा पीसीआरबाट ९ सय ६ जनाको कोरोना परीक्षण, २९ जनामा संक्रमण पुष्टि

विराटनगर, १२ वैशाख-प्रदेश १ मा पीसीआर विधिबाट शुक्रबारसम्म जम्मा ९ सय ६ जनाको नमुना संकलन भई परीक्षणमा पठाइएको छ । जसमा २ सय ४३ महिला र ६ सय ६३ पुरुष छन् । उनीहरूमध्ये ८७ महिला...

हामीले छिटै नै खोपको सुरुवात गर्ने मौका पायौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले छिटै नै कोरोना भाइरसविरुद्धको खोप लगाउन पाएको भन्दै खुसी व्यक्त गरेका छन् । बुधबार बालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भारत...

प्रदेशकै पहिलो मेची क्राउन पाँचतारे होटल सञ्चालनमा

झापा,  १५ असोज-झापाको मेचीनगरमा डेढ सय करोडको लगानीमा मेची क्राउन नामक पाँचतारे होटल सञ्चालन भएको छ । बङ्गलादेश, भूटान र भारतीय पर्यटकलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्गले छोएको मेचीनगर–८ जोरसिमलमा आठ बिगाहा क्षेत्रफलमा होटलको संरचना निर्माण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्