माओवादी र समाजवादीका लागि कांग्रेसमा आगो लगाउँदैनौं, तालमेल गर्न जरुरी छैन : बलायर

 न्यूज विराट
माओवादी र समाजवादीका लागि कांग्रेसमा आगो लगाउँदैनौं, तालमेल गर्न जरुरी छैन : बलायर

डडेल्धरा, १४ चैत । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले अरूका लागि आफ्नो पार्टीमा आगो नलगाइने बताउनुभएको छ । प्रदेशमा कांग्रेस एक्लै निर्वाचन लड्न सक्षम भएको बताउँदै उहाँले कुनै पार्टीसँग तालमेल गर्न जरुरी नरहेको बताउनुभयो ।

‘कांग्रेसका कार्यकर्ताले तालमेल चाहेका छैनन्,’ आज डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा सभापति बलायरले भन्नुभयो, ‘माओवादी र समाजवादीलाई बनाउनका लागि कार्यकर्ताको भावना विपरीत काम गर्ने कुरा पनि भएन ।’ उनले अरूका लागि आफ्नो घरमा आगो नलगाइने बताउनुभयो । ‘केन्द्रले जस्तोसुकै निर्णय गरे पनि सबैले त्यसलाई मान्नु पर्छ भन्ने हुँदैन,’ उहाँले भन्नुभयो, ‘अन्य ठाउँमा गठबन्धन गर्नुपर्ने स्थिति हुन पनि सक्छ । तर, सुदूरपश्चिममा गठबन्धन घातक हुने छ । यहाँ कांग्रेस एक्लै चुनाव लड्छ र पहिलो पार्टी बन्छ ।’

पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै सभापति बलायरले सुदूरपश्चिम प्रदेश सरकारमा दुई पार्टीले मनोमानी गरेको आरोप लगाउनुभयो । पार्टीको केन्द्रीय निर्णय अनुसार सुदूरपश्चिममा कांग्रेसले सरकारलाई समर्थन दिएको भए पनि हाल सम्म दुई पार्टी माओवादी र समाजवादीले मनमानी गरेर सरकार चलाएको भन्दै उहाँले कांग्रेसलाई प्रतिपक्षी दलका रूपमा हेरिएको बताउनुभयो ।

‘केन्द्रदेखि प्रदेश सम्म पाँच दलीय गठबन्धनको तालमेल भनिएको छ,’ उहाँले थप्नुभयो, ‘तर हाम्रो प्रदेशमा कांग्रेसलाई बाहिर राखेर दुई दलको एकलौटी छ, कांग्रेसले उनीहरूलाई चुनाव जिताउन मात्रै किन तालमेल गर्ने ?’ उहाँले दुईदलको मनमानी यस्तै भए प्रदेश सरकारलाई दिएको समर्थन कांग्रेसले फिर्ता दिने दाबी समेत गर्नुभएको छ ।

सभापति बलायरले यसअघि पनि पटक–पटक सुदूरपश्चिममा कसैसँग चुनावी तालमेल नहुने बताइसक्नुभएको छ । बलायरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बारम्बार डराइरहने भएकोले कहिले एमाले र कहिले कांग्रेससँग मिल्ने गरेको आरोप लगाउनुभयो । ‘प्रचण्ड र माधव जीको पार्टी फलाउन फुलाउन आफ्नो पार्टीमा हामी आगो लगाउन सक्दैनौं,’ उहाँले भन्नुभयो, ‘हामी कार्यकर्ताको भावना अनुसार अघि बढ्ने छौं ।’

सम्बन्धित समाचार

लकडाउन ७ दिन थप्ने उच्चस्तरीय समितिको निर्णय, आज ४ बजेको मन्त्रिपरिषद्ले अनुमोदन गर्दै

‘लकडाउन’को अवधि आगामी ३ वैशाखसम्म लम्बिने भएको छ । आइतबार बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठकले ‘लकडाउन’ अवधि थप ७ दिनलाई थप्नको लागि सिफारिस गर्ने निर्णय गरेकाे थियाे । सोही निर्णय अनुमोदनसहित अन्य...

शुक्रबार थपिए १०१ जना संक्रमित, २८५ जनाले जिते कोरोना

काठमाडौं, २ असार-शुक्रबार थप १०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा थप १०१ जनामा कोरोना संक्रमण देखिएको जानकारी...

प्रदेश सरकारलाई २४ लाख बराबरको खाद्य सामाग्री हस्तान्तरण

विराटनगर, चैत २३–उद्योग संगठन र मोरङ व्यापार संघले प्रदेश–१ सरकारलाई २४ लाख रुपैयाँ बराबरको खाद्य सामग्री हस्तान्तरण गरेका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर संगठन र संघले आज संयुक्त रुपमा २४ लाख रुपैयाँ...

रणनीतिक योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सकियो, असोज २ कृषि एक्स्पो गर्ने तयारी

विराटनगर । प्रदेशका जिल्ला नगर उद्योग वाणिज्य संघहरूलाई रणनीतिक योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना तथा आध्यन्त फन्ड म्यानेजमेन्ट लि. र नेपाल कृषि बजार विकास...

मन्त्री कार्कीद्धारा फ्लड लाइटको अनुगमन

विराटनगर, २१ पुस-प्रदेश १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सहिद मैदान विराटनगरमा जडान गरिएको फ्लड लाइटको अनुगमन गरेका छन् । फ्लड लाइट जडान कार्य अन्तिम चरणमा पुगेपछि मन्त्री कार्कीले...

प्रदेश १ मा बाढीको वितण्डाः दुई हजार सात सय विस्थापित

विराटनगर, १५ असार । अविरल वर्षाका कारण आएको बाढीले प्रदेश १ मा सयौँ परिवार विस्थापित भएका छन् । हालसम्म बाढीका कारण दुई हजार सात सय ३४ जना विस्थापित भएका छन् । अविरल वर्षाका कारण आएको...

उत्कृष्ट करदाताका रुपमा जीवन विकास सम्मानीत

विराटनग, ८ मंसिर–यो वर्षको उत्कृष्ट करदातातर्फको सम्मान जीवन विकास लघु वित्त वित्तिय संस्थालाई प्रदान गरिएको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरको क्षेत्राधिकार भित्र पर्ने करदातामध्ये जीवन विकास लघु वित्तलाई नवौं कर सप्ताहको अवसरमा सम्मान गरिएको...

मीरगञ्ज पुल संचालनमा आयो,  उद्योगी व्यवसायी उत्साहित

विराटनगर । भारतको मीरगञ्जको परमान नदीमाथि पक्की मोटरेबल पुल बनेपछि भारतीय पक्षले एक बर्ष पछि आधिकारिक रुपमा शुक्रबार सुचना जारी गर्दै पुलबाट आवतजावत गर्न सकिने अनुमति दिएको छ ।मोरंग ब्यापार संघको पहलमा दुवै देशका नेता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्