सुनवर्षी–२ मा तीन दिने उद्घोषण तालिम सम्पन्न

 न्यूज विराट
सुनवर्षी–२ मा तीन दिने उद्घोषण तालिम सम्पन्न

विराटनगर, १८ फागुन । मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर २ मा तीन दिने उद्घोषण तालिम सम्पन्न भएको छ । सुनवर्षी–२ वडा कार्यालयको आयोजना तथा सञ्चारकर्मी मिडिया प्रालिको समन्वयमा तीन दिने उद्घोषण तालिम बुधबार सम्पन्न भएको हो ।

गत फागुन १६ गतेदेखि सुरु भएको तालिममा सो वडाका २० जना युवा युवतीहरुलाई सैद्धान्तिक र प्रयोगात्मकरुपमा उद्घोषण कला सिकाइएको थियो ।

समापन कार्यक्रममा अमरदह प्रहरी चौकीका इन्चार्ज धोकबहादुर थापाले उद्घोषण कलाले युवा युवतीको व्यक्तित्व र क्षमता विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए ।

उनले कुनैपनी कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नका लागि उद्घोषकको महत्वपूर्ण भूमिका हुने भएकाले तालिममा सिकेको शिपको सदुपयोग गर्न आग्रह गरे ।

कार्यक्रममा सुनवर्षी नगरपालिका–२ की वडा सदस्य जस्मतीया ऋषिदेव, स्थानीय समाजसेवी श्रीप्रसाद दाहाल, प्रशिक्षक विरेन्द्रकुमार साह, पत्रकार सन्तोष बास्तोला, नरेश माझि लगायतले तालिममा सहभागिले उत्साहपूर्वक सहभागिता जनाएको बताए । उनीहरुले उद्घोषण तालिम लिएका सवै सहभागीले प्रयोगात्मक र व्यवहारिकरुपमा तालिम लिएर उत्कृष्ट प्रस्तुती गरेकोका प्रसंसा गरे ।

तालिममा सहभागि मध्येबाट सरिता घिमिरे, राधा साह, माधव गुरागाईँ र रोजिना अधिकारीले तालिमबाट निकै आत्मविश्वास बढेको बताए । उनीहरुले यसअघि उद्घोषणबारे सुनेपनि उद्घोषण्को तरिकाबारे जानकारी नभएको बताउँदै तालिम लिएपश्चात आफै उद्घोषण गर्न सक्ने बनेको बताए ।

उनीहरुले तालिममा सहभागि सवैले मञ्चमा कार्यक्रम सञ्चालन र आफ्ना बिचारहरुसमेत राख्न सक्ने भएको बताए । सो अबसरमा तालिममा उत्कृष्ट बनेका सहभागि प्रकृती अधिकारी, राधा साह, सरिता घिमिरे र आयुषा राईलाई पुरस्कृत गरिएको थियो । तालिममा सहभागी सवै जनालाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।

समापन कार्यक्रम तालिममा उत्कृष्ट भएकी प्रशिक्षार्थी प्रकृती अधिकारीले सञ्चालन गरेकी थिइन् । उनलाई तालिममा सिकेको शिपलाई व्यवहारिक रुपमा प्रयोग गर्नका लागि कार्यक्रम सञ्चालको अवसर दिइएको थियो । उनले सो कार्यक्रम उत्कृष्ट ढंगले सञ्चालन गरेकी थिइन् ।

सम्बन्धित समाचार

कोशी प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार, ज्येष्ठ सदस्य मण्डल बने कृषि राज्यमन्त्री

विराटनगर । कोशी प्रदेशक ामुख्यमन्त्री उद्धव थापाले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले प्रदेशसभाका ज्येष्ठ सदस्य कांग्रेसका गयानन्द मण्डल गनगाईलाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । राज्यमन्त्रीमा नियुक्त भएका मण्डलले...

कोरोना संक्रमणबाट विराटनगरकी एक महिलाको मृत्यु

विराटनगर, ३२ साउन–विराटनगरकी एक कोरोना संक्रमित महिलाको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । विराटनगर–२ की ५० बर्षीया महिलाको उपचारको क्रममा आईतवार बिहान १ बजेतिर निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश...

पूर्व प्रधानन्याधिशहरुले भ्रम सृजना गर्न खोजे:मन्त्री ज्ञवालीले

विराटनगर, २५ पुस-पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पूर्व प्रधानन्याधिशहरुको संगठित व्यक्तव्यबाजी जर्बरजस्त भ्रम सिर्जना गर्न जारी भएको आरोप लगाएका छन् । बुद्धीजीवी परिषद् मोरङले विराटनगरमा आयोजना गरेको वर्तमान राजनीतिक परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रममा नेकपा ओली समूहका...

आज थपिए १४९० संक्रमित, १५६७ जना डिस्चार्ज

गत २४ घण्टामा नेपालमा १ हजार ४ सय ९० जना संक्रमित थपिएका छन् । ८ हजार ३ सयको पीसीआर गर्दा आज १ हजार ४ सय ९० जना संक्रमित थपिएका हुन् । योसहित संक्रमितको कुल संख्या...

जन्म जयन्त्तीमा रक्तादन, ३० पिन्ट रगत संकलन

विराटनगर । पृथ्वीनारायण शाहको ३०२ औं जन्म जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर विराटनगरमा खुल्ला रक्तादन कार्यक्रम आयोजना गरेको छ । राप्रपा मोरङको आयोजनामा विराटनगरमा बिहीबार रक्तदान कार्यक्रम आयोजना गरेको हो ।रक्तादन कार्यक्रममा ३०...

बालबालिकालाई स्कुल ब्याग वितरण

विराटनगर, ३० वैशाख । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुलाई स्कुल ब्याग वितरण गरेको छ । एनआईसी एसिया बैंकको सहयोगमा क्लबले एक कार्यक्रमकाबिच विराटनगर खार्जीस्थित ज्योती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको हो...

च्याम्पियन्स लिगमा बार्सिलोना र युभेन्टस विजयी

एजेन्सी, २० कात्तिक-च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टसले जीत हात पारेका छन् । समूह जी अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले डाइनामो किभलाई २–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा...

मेरील्याण्ड कलेजमा स्पोर्ट्स मिट सुरू

विराटनगर । विराटनगस्थित मेरील्याण्ड कलेजमा स्पोर्ट्स मिट सुरु भएको छ । कलेज परिसरमा सोमबारदेखि स्पोर्ट्स मिट सुरु भएको हो । एक हप्तासम्म संचालन हुने स्पोर्ट्स मिटमा एक दर्जन खेलहरु रहेको मेरील्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्