विराटनगर । विराटनगस्थित मेरील्याण्ड कलेजमा स्पोर्ट्स मिट सुरु भएको छ । कलेज परिसरमा सोमबारदेखि स्पोर्ट्स मिट सुरु भएको हो । एक हप्तासम्म संचालन हुने स्पोर्ट्स मिटमा एक दर्जन खेलहरु रहेको मेरील्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए ।
उनका अनुसार स्पोर्ट्स मिटमा टेबलटेनिस, ब्याडमिटन, भलीबल, क्रिकेट, फुटबल, स्लो साइकल रेस, म्युजिकल चियर र घैला फोडलगायतका एक दजर्न प्रतियोगिताहरु रहेको बताए । हप्तादिनसम्म संचालन हुने स्पोर्ट्स मिटमा कक्षा ११ , १२ र बिबिएका विद्यार्थीहरु गरी साढे ५ सय बढी खेलाडी विद्यार्थीहरुले भाग लिएका छन् ।
कलेज अध्ययरत विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले स्पोर्ट्स मिट आयोजना गरिएको कलेजका प्रिन्सिपल ढकालले बताए । ‘यस्ता खेलकुदले विद्यार्थीहरुको भएको प्रतिस्भा प्रस्फुटनमा ठूलो सहयोग पुग्नेछ,’ कलेजका प्रिन्सिपल ढकालले भने, ‘विद्यालयस्तरदेखि हुने खेलकुद क्षेत्रले खेलक्षेत्रको विकासमा पनि ठुलो सहयोग पुग्नेछ ।’
मेरील्याण्ड कलेजले गुणस्तरीय शिक्षा सँगै अतिरिक्त क्रियाकलपहरुमा पनि विशेष जोड दिने गरेको छ । जसले गर्दा विद्यार्थीहरुले अतिरिक्त क्रियाकलपामा पनि उत्कृष्ट हुने गरेको छ । व्यवस्थापन शिक्षामा अब्बल सावित भएको मेरील्याण्डले प्रत्येक वर्ष स्पोर्ट्स मिट गरेर विद्यार्थीहरुलाई खेलकुदको क्षेत्रमा आवद्ध गराउने गरेका छन् ।
विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा विराटनगरमा सीएनआई कोशी एक्स्पो सुरू भएको छ । विराटनगर – २ शंकरपुरमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्घाटन गरेपछि एक्स्पो सुरू...
विराटनगर । विराटनगर – १३ मा रहेको डिएभी स्कुलमा स्पोर्ट्स मिट सुरू भएको छ । स्कुल परिसरभित्र स्पोर्ट्स मिट सुरू भएको हो ।आइतबारसम्म संचालन हुने स्पोर्ट्स मिटमा एक दर्जन बढी खेलहरू रहेको डिएभी स्कुलका प्रिन्सिपल...
विराटनगर । विराटनगरमा तेक्वान्दो खेलको ग्रेडिङ परीक्षा कार्यक्रम सुरू भएको छ । प्रदेश नं. १ आइटिएफ तेक्वान्दो संघको आयोजनामा विराटनगरमा बिहीबारदेखि ग्रेडिङ परीक्षा सुरु भएको हो । तेक्वान्दोको कालोपेटी प्रथम, कालोपेटी दोस्रो र कालोपटी तेस्रो...
विराटनगर । विराटनगर विमानस्थलले हवाई यात्रुको सुविधा अभिवृद्धि गर्ने योजना अनुरुप आजदेखि आगमन कक्षमा कन्भेयर बेल्ट प्रणाली( व्यागेज ह्याण्डलिङ्ग सिस्टम) सञ्चालनमा ल्याएको छ । मोफसलका विमानस्थलमा पहिलो पटके उक्त्त जडान गरिएको र यसको लागत दुई...
पत्रकारिताको नयाँ आयामको रुपमा न्युजबिराट डट कम उपस्थित भएको छ । जनताको सूचनाको हक स्थापित गर्ने र आवाजविहिनहरुको आवाज बलियो बनाउने उद्देश्यसहित हामी आएका हौं । सत्य र न्यायप्रतिको पक्षधरतासहितको स्वतन्त्र प्रत्रकारिता हाम्रो मिसन हो ।