कोरियामा श्रमिक लैजान रोक

 न्यूज विराट
कोरियामा श्रमिक लैजान रोक

काठमाडौं, माघ २९ । केही दिनदेखि पुनः कोरोना भाइरसको सङ्क्रमण दर बढेपछि कोरिया सरकारले नेपाललगायत अरु देशबाट श्रमिक लैजान रोक लगाएको छ ।

पुनः कोरोना भाइरसको सङ्क्रमण दर तीव्र गतिमा फैलन थालेपछि नेपाललगायतका देशबाट श्रमिक लैजान रोक लगाइएको र फेब्रुअरी १४ अर्थात पर्सि सोमवारका लागि तय भएको नियमित उडान तालिका स्थगन गरिएको दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जान भाषा परीक्षा पास गरी लामो पर्खाइपछि उडान तय भएका श्रमिकको अर्को उडान तालिका छिट्टै सार्वजनिक गर्न पहल भइरहेको बताउनुभएको छ । उहाँले सङ्क्रमण दर कम हुनासाथ रोकिएका श्रमिकलाई तत्काल पठाउने व्यवस्था गर्ने जानकारी दिनुभयो।

रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपाली श्रमिक लामो समयदेखि रोकिएकोमा सरकारले पहल गरेर नियमित रूपमा जाने व्यवस्था गरेको थियो ।

सम्बन्धित समाचार

विराटनगर महानगरद्वारा ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन, अध्यक्षमा विवश पोखरेल

विराटनगर । विराटनगर महानगरपालिकाले भाषा, साहित्य, संस्कृति र कलाको विकास गर्ने उद्देश्यले ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गरेको छ । बिहीबार बसेको कार्यपालिका बैठकले वरिष्ठ साहित्यकार विवश पोखरेलको अध्यक्षतामा ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन गरेको हो । बैठकले...

कोशीमा नयाँ मुख्यमन्त्री नियुक्ति गर्न सनाखत सुरू, आङ्बो पक्ष सनाखतमा नजाने

विराटनगर । कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरूको सनाखत प्रक्रिया सुरू भएको छ । मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयमा सनाखत दिन सुरु भएको हो । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरुको आज हस्ताक्षर...

मध्य रातमा प्रहरीको हतियार लुट्ने ६ जना मोरङबाट पक्राउ

विराटनगर । सुनसरीको बर्जूमा डियुटिमा खटिएको सादा पोषकको दुई जना प्रहरीको हतियार लुट्ने गिरोहका मुख्य नाइकेसहित ६ जना पक्राउ परेका छन् । शुक्रवार साढे १२ बजे डियुटिमा खटिएको प्रहरीको चाइनिज पेस्तोल लुट्ने लुटेरा समूहका मुख्य...

पृतनापतिमा कोरोना संक्रमण देखिएपछि ब्यारेकमा सिल 

जनकपुर, ४ जेठ-सेनाका अधिकारीहरु मै कोरोना संक्रमण देखिएपछि महोत्तरीको बर्दिवास नगरपालिकामा रहेको मध्य पृतनाको पूरै ब्यारेकलाई सिल गरिएको छ । सो व्यारेकका पृतनापति र एकजना चिकित्सकमा कोरोनाको संक्रमण देखिएको छ । पृतनापतिमा संक्रमण देखिएका कारण...

विराटनगरमा नेपाल र भारतका न्यूरो सर्जनको भेला, गरे एकापसमा अनुभव आदानप्रदान

विराटनगर । नेपाल र भारतका बरिष्ठ न्यूरो सर्जनहरुको विराटनगरमा भेला भएको छ । उक्त भेलामा नेपाल र भारतका न्यूरो सर्जनहरुले एकापसमा अनुभव आदानप्रदान गरेका छन् । सो अवसरमा न्यूरो सर्जरी सम्बन्धि प्रयोगात्मक अभ्यास पनि गरिएको...

इलामको छब्बिसेमा सशस्त्रको बिओपी स्थापना

इलाम, १ कात्तिक-नेपाल-भारत सीमावर्ती क्षेत्र छब्बिसेमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । इलामको सूर्योदय नगरपालिका- ४ को सीमावर्ती मेचीबजार छब्बिसेमा शुक्रबार सशस्त्र प्रहरीको १७३ औँ बिओपी स्थापना गरिएको हो । सीमा...

तराईका जिल्लामा कोरोना संक्रमित बढेपछि बारामा कडाइ

काठमाडौं, ३० वैशाख-जिल्ला प्रशासन कार्यालय बाराले बारा जिल्लामा निशेधाज्ञालाई थप कडाइ गरेको छ । पर्साको वीरगंज बारा र तराईका जिल्लामा देखिएको कोरोना संक्रमित बिरामीको संख्या बढ्दै गएपछि प्रशासनले लकडाउनलाई थप कडाइ गर्ने जानकारी दिएको हो...

एकिकृत जाँच चौकी(आइसिपी) सञ्चालनमा, ओली र मोदीले गरे संयुक्त उद्घाटन्

विराटनगर, माघ ८–भारत सरकारको सहयोगमा विराटनगर–१८ मा निर्माण गरिएको एकिकृत जाँच चौकी (आइसिपी) आजबाट संचालनमा आएको छ । आइसिपी संचालनमा आएपछि आयातनिर्यातमा सहजता हुने अपेक्षा गरिएको छ । बुधबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्