विराटनगरमा नेपाल र भारतका न्यूरो सर्जनको भेला, गरे एकापसमा अनुभव आदानप्रदान

 न्यूज विराट
विराटनगरमा नेपाल र भारतका न्यूरो सर्जनको भेला, गरे एकापसमा अनुभव आदानप्रदान

विराटनगर । नेपाल र भारतका बरिष्ठ न्यूरो सर्जनहरुको विराटनगरमा भेला भएको छ । उक्त भेलामा नेपाल र भारतका न्यूरो सर्जनहरुले एकापसमा अनुभव आदानप्रदान गरेका छन् ।


सो अवसरमा न्यूरो सर्जरी सम्बन्धि प्रयोगात्मक अभ्यास पनि गरिएको छ । कार्यक्रममा नेपाल न्यूरो सर्जन सोसाइटीका अध्यक्ष बरिष्ठ न्यूरो सर्जन डा.प्रविन श्रेष्ठले न्यूरो सर्जरीको वर्तमान अवस्था र भावी चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् । कार्यक्रममा नोबेलको न्यूरो सर्जरी बिभागका प्रमुख बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्लेले न्यूरो सर्जरी बिभागको कार्यप्रगति प्रस्तुत गर्दै विभागमा हालसम्म करिब ३० हजार विरामीको उपचार र करिब ४ हजार विरामीको मस्तिष्क र मेरुदण्डको शल्यक्रिया गरिएको जानकारी दिए ।


कार्यक्रममा सहभागिहरुलाई नोबेल मेडिकल कलेजका प्राचार्य प्रा.डा.रामहरी घिमिरे र अस्पताल निर्देशक प्रा.डा.राजेश नेपालले मन्तब्यमार्फत स्वागत गरेका छन् । डा.सुनिल शर्माले २०६२ सालबाट नोबेल अस्पताल सञ्चालन गरेका हुन् । नोबेलले २ अर्ब ४० करोडको लगानीमा दक्षिणपूर्वी एशियामै पहिलो पटक २०७३ सालबाट अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेको हो ।
नोबेलको न्यूरो बिभागमा ओ–आर्म, आई सेभेन नेभिगेशन सिस्टम, पेन्टेरो ९०० थ्रीडी एचडी माईक्रोस्कोप, थ्री तेस्ला इन्ट्राअपरेटिभ फङ्सनल एमआरआई, रोवोटिक आर्मसहितको न्यूरो ईण्डोस्कोप लगायत अत्याधुनिक उपकरण छन् ।

अत्याधुनिक उपकरण र दक्ष चिकित्सकहरु भएकाले नोबेलमा जटिल एवं दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिदै आएको छ । नोबेलमा नेपालका बिभिन्न जिल्लासहित भारत, माल्दिभ्स, बर्मा लगायत देशका विरामी पनि उपचारका लागि आउँने गर्छन् ।

सम्बन्धित समाचार

रतुवामाईमा युवा संघको उदाहरणीय काम, अति विपन्न घरमा जोडिदियो बिजुली

विराटनगर, जेठ ६–मोरङको रतुवामाई नगरपालिकाका अति विपन्न ४ परिवारको घरमा राष्ट्रिय युवा संघले बिजुली जडान गरिदिएको छ । मदन आश्रित स्मृती दिवसको अवसर पोर राष्ट्रिय युवसंघ रतुवामाई नगर कमिटीले संगठनको आफ्नै खर्चमा आर्थिक अभावमा विद्युत...

बुढीगंगाको प्रगति टोलमा दुर्घटनाः चार जना घाइते, उद्धारमा समस्या

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ४ प्रगती टोलमा सवारी दुर्घटनामा परी चार जना घाइते भएका छन् ।भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी गाडी आज विहान सात बजे पल्टिएर दुर्घटना भएको हो ।कच्चा पर्दाथ...

यस वर्ष साउनमा पनि पशुपतिनाथ मन्दिर नखुल्ने

काठमाडौं, २१ असार । यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र रूपमा बढ्न थालेपछि वैशाख पहिलो सातादेखि...

विराटनगरलाई बालमैत्री महानगर बनाउने अभियान सुरु

विराटनगर ÷ विराटनगरलाई बालमैत्री महानगर बनाउने अभियानको सुरूवात गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले बुधबार ११ नम्बर वडाका अध्यक्ष तीर्थेन्द्र नेउपानेको घरमा ‘बालश्रममुक्त’ घर लेखिएको स्टिकर टाँसेर अभिायनको...

विदेशमा रहेका प्रदेश १ का नागरिकको तथ्यांक संकलन सुरू

विराटनगर, २७ जेठ-प्रदेश १ मा कोरोना भाइरस (कोभिड-१९) का कारण विदेशमा रहेका, स्वदेश फर्किन चाहेका र स्वदेश फर्किएका आफ्नो प्रदेशका नागरिकको लागि अनलनाइनबाट तथ्यांक संकलन सुरू गरेको छ । कोभिड-१९ ले उत्पन्न गराएको विषम परिस्थितिका...

मेरिल्याण्ड कलेजकी छात्रा दिया अग्रवाल नेपाल प्रथम

विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजकी छात्रा दिया अग्रवाल नेपाल प्रथम भएकी छिन् । राष्ट्रिय परीक्षा बोर्डद्वारा गत ज्येष्ठ महिनामा लिएको कक्षा – १२को बोर्ड परीक्षाको शुक्रवार प्रकाशित नतिजामा विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजकी छात्रा...

ब्युटी पार्लर तालिम  सकियो, आत्मनिर्भरतर्फ अगाडी बढदै गृहिणी महिला 

विराटनगर । विराटनगर महानगरपालिका ४ मा एक महिने ब्यूटि पार्लर तालिम सम्पन्न भएको छ ।  सिक्वीन ब्युटी पार्लरको आयोजना र विराटनगर महानगरपालिका ४ नं. वडाको आर्थिक सहयोगमा ब्युटी पार्लर सोमबार सम्पन्न भएको हो ।  एक...

एकता अभियानलाई पार्टी बनाउने बामदेवकाे घाेषणा

राष्ट्रियसभा सदस्य बामदेव गौतमले आफू नेतृत्वको नेकपा एकता अभियानलाई पार्टी बनाउने घोषणा गरेका छन् । ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले एकता अभियानलाई वडा तहसम्मै विस्तार गरिने बताएका हुन् । यद्यपि,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्