ओमानले दियो नेपाललाई १३६ रनको लक्ष्य

 न्यूज विराट
ओमानले दियो नेपाललाई १३६ रनको लक्ष्य

काठमाडौं । चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली ओमानबाट एक सय ३६ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिला फिल्डिङ रोजेको नेपालविरुद्ध ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३५ रन जोड्यो । नेपालका अविनाश बोहराले ३ तथा सन्दीप लामिछाने, कमल सिंह ऐरी र आरिफ शेखले एक एक विकेट लिए ।

५८ रन जोड्दा ४ विकेट गुमाएको ओमानका कप्तान जिसन मकसुद र मोहम्मद नदिमले अर्धसतकीय साझेदारी गरे। उनिहरुले पाचौँ विकेटका लागि ६१ रनको साझेदारी गरेका हुन् । अविनाशले उक्त साझेदारी तोडेका थिए। मकसुदले अविजित ४३ रन जोडे भने नदिमले ३१ रन बनाए ।

घरेलु टोलीले २४ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। अविनाश बोहराले तेस्रो ओभरको अन्तिम बलमा पहिलो सफलता दिलाएका थिए । उनले १८ औँ ओभरमा थप दुई विकेट लिएका थिए । उनले चार ओभरमा २६ रन खर्चिए ।

चार ओभरमा कमलले २५ र दीपेन्द्रसिंह ऐरीले २१ रन दिए। सन्दीपले ३ ओभरमा १७ रन दिए । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सागर ढकालको डेब्यु भने स्मरणीय रहन सकेन । उनले तीन ओभरमा ३६ रन खर्चिए भने विकेट लिन सकेनन् ।

सम्बन्धित समाचार

डच क्लब आयाक्सका ११ जना खेलाडीलाई कोरोना

एजेन्सी, १८ कात्तिक-डच क्लब आयाक्सका ११ जना खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेल अघि गरिएको परीक्षणमा आयाक्सका ११ जना खेलाडीमा कोरोना देखिएको हो । आयाक्सले आफ्ना टिमका...

जिफन्टको स्थापना दिवसमा विराटनगरमा वृक्षारोपण

विराटनगर । नेपाल ट्रेड युनियन महासंघ जिफन्टको ३४ औं स्थापना दिवसको अवसर पारेर विराटनगरमा वृक्षारोपण गरिएको छ । जिफन्ट कोशी प्रदेशले विराटनगरमा शुक्रबार विहान वृक्षारोपण गरेको हो । विराटनगर– इटहरी सडक खण्ड अन्र्तगत बसपार्क अगाडीको...

हत्याको १९ वर्षपछि भारतीय ‘बाबा’ रामरहिमलाई जन्मकैदको सजाय

एजेन्सी, १ कात्तिक ।सन्यासीको भेषमा अपराध लुकाउँदै आएका भारतीय 'बाबा' रामसहित सिंहलाई जन्मकैदको सजाय भएको छ । सोमबार भारतको पञ्चकुल विशेष अदालतले उनीसहित पाँच जनालाई जन्मकैदको सजाय सुनाएको हो । यी पाँचजनाले रञ्जित सिंहको हत्याको गरेको...

महिला टिमलाई विश्वकप पुर्याउने प्रशिक्षक महेश रिजाललाई विकेभिएम स्कुलले गर्यो सम्मान

विराटनगर । यु–१९ महिला क्रिकेट टोलीलाई विश्वकप पुर्याउने मुख्य प्रशिक्षक महेशप्रसाद रिजाललाई विराटनगरमा रहेको विकेभिएम स्कुलले सम्मान गरेको छ । शुक्रबार स्कुलमा आयोजित कार्यक्रममा स्कुलले रिजाललाई खादा, माला र मायाको चिनो प्रदान गरेको हो ।...

अरनिको कलेजद्वारा विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगर – १० मा रहेको अरनिको आवसिय माविले कक्षा १२ का विद्यार्थीलाई विदाई गरेको छ ।कलेजमा अध्ययनरत २४ औं ब्याचको विद्यार्थीहरुलाई विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी मायाँको चिनो प्रदान गरी विज्ञान संकायका...

भारतमा कोभिड–१९ संक्रमितको संख्या ८५ हजार ९४० पुग्यो

काठमाडौं, ३ जेठ-गत २४ घण्टामा भारतमा ३ हजार ९७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा शनिबारसम्म कोभिड–१९ संक्रमितको संख्या ८५ हजार ९४० जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।...

झापामा दुर्घटनाबाट अटो चालक सहित दुईको मृत्यु

विराटनगर, ५ माघ । झापा दमक(४ ताराबारी स्थित राजमार्गमा एम्बुलेन्स र अटो एक आपसमा ठक्कर खाई दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । आज विहान ०९ बजे मे १ च १२४६ नम्बरको एम्बुलेन्स र...

वर्ष २०२१–२२ को उत्कृष्ट क्लब बन्यो रोटरी क्लब अफ विराटनगर डाउन टाउन, थुप्रै अवार्डबाट सम्मानित

विराटनगर, १४ असार ।निरन्तर विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउन टाउन वर्ष २०२१–२२ को उत्कृष्ट क्लब भएको छ । कोरोना माहामारीमा पनि निरन्तर सामाजिक कार्य गरेको क्लब वर्षको उत्कृष्ट क्लबबाट सम्मानित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्