डच क्लब आयाक्सका ११ जना खेलाडीलाई कोरोना - News Birat

डच क्लब आयाक्सका ११ जना खेलाडीलाई कोरोना

न्यूज विराट

एजेन्सी, १८ कात्तिक-डच क्लब आयाक्सका ११ जना खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेल अघि गरिएको परीक्षणमा आयाक्सका ११ जना खेलाडीमा कोरोना देखिएको हो ।

आयाक्सले आफ्ना टिमका ११ खेलाडीमा कोरोना देखिएको पुस्टि गरेको छ । टिमका ११ जना खेलाडी कोरोना संक्रमित भएपछि आयाक्स १७ खेलाडीसहित डेनमार्कको भ्रमणमा निस्किएको छ । च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको तेस्रो खेलमा आयाक्सले एफसी मिद्त्जील्यान्डसँग उसैको मैदानमा खेल्नेछ ।

समूह ‘डी’ मा रहेका आयाक्स र मिद्त्जील्यान्डबीचको खेल बुधबार हुनेछ । यो समूहमा आयाक्सले १ अंक जोडेको छ भने मिद्त्जील्यान्ड भने अंक विहीन छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles