झापामा दुर्घटनाबाट अटो चालक सहित दुईको मृत्यु - News Birat

झापामा दुर्घटनाबाट अटो चालक सहित दुईको मृत्यु

न्यूज विराट

विराटनगर, ५ माघ । झापा दमक(४ ताराबारी स्थित राजमार्गमा एम्बुलेन्स र अटो एक आपसमा ठक्कर खाई दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । आज विहान ०९ बजे मे १ च १२४६ नम्बरको एम्बुलेन्स र प्रदेश १–०१–००३ ह ६२४ नम्बरको अटो एक आपसमा ठक्कर खाइ दुर्घटना हुदा अटो चालक उर्लबारी–४ का ५० बर्षीय देवेन्द्र बुढाथोकी र अटोमा सवार सोही स्थानका ४९ बर्षीय सन्तोष श्रेष्ठको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

साथै अटोमा सवार सुनसरी इनरुवा(७ का २४ बर्षीय सौजन मगर र दमक(४ का राजन सिलवाल समेत घाईते भएकोमा उनिहरुको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । एम्बुलेन्स र एम्बुलेन्स चालक दमक–४ का ५१ बर्षीय गणेश दंगाल ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles