पाँच बुँदे सहमतिपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित

 न्यूज विराट
पाँच बुँदे सहमतिपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं, २७ माघ । पाँच बुँदे सहमतिपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी संघ नेपाल केन्द्रीय समितिले पाँचबुँदे माग प्रस्तुत गर्दै बुधबारदेखि बोर्डमा सुरु गरेको आन्दोलन आजको वार्तामा सहमति जुटेपछि स्थगित गरिएको संघका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले जानकारी दिए ।

गत साउन २५ गते बोर्डका सदस्य सचिव दुर्गा अर्याललाई पाँचबुँदे मागपत्र पेस गरेको र पटक-पटक माग पूरा गराउन माग गर्दा पनि बोर्डले बेवास्ता गरेको भन्दै संघले बुधबारदेखि आन्दोलन सुरु गरेको थियो ।

बुधबार र आज बोर्डको काम ठप्प पारेका कर्मचारीसँग व्यवस्थापनले वार्ता गरेपछि पाँचबुँदे सहमति भएकाले थप आन्दोलनका कार्यक्रम पनि स्थगित गरिएको अध्यक्ष ढकालले जानकारी दिए । रासस

सम्बन्धित समाचार

कोरोना संक्रमणबाट विराटनगरमा दुई जनाको मृत्यु

विराटनगर, १५ वैशाख । कोरोना भाइरसको संक्रमणका कारण विराटनगरमा दुई जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मोरङ र झापा घर भएका संक्रमित पुरुषको बुधबार विहान मृत्यु भएको हो । मोरङको...

करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर, फागुन १९–धनकुटामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । धनकुटाको पाख्रिबास–६, फलाटे डढुवाका २६ वर्षीय पवन राईको करेन्ट लागेर मृत्यु भएको हो । गएराति १० बजे घरमा बिजुली नआएका कारण घर नजिकै रहेको...

काेराेना संक्रमितलाई ल्याउन खोज्दा स्थानीयको विरोध

बुटवल, ७ जेठ-कोरोनाको इपीसेन्टर बनेको बाँकेको नरैनापुरमा रहेका कोरोना संक्रमितलाई नेपालगञ्ज ल्याउने तयारी गरिए पनि स्थानीयले विरोध जनाएका छन् । नरैनापुरमा सोमबार संक्रमण पुष्टि भएका ५७ जनामध्ये ३४ जनालाई कोहलपुरको कृषि विकास बैंकको तालिम केन्द्रमा...

१ सय ६ नयाँ एचआईभी संक्रमित भेटिए

चितवन, माघ १४–जिल्लाका विभिन्न स्थानमा गरिएको स्वास्थ्य परीक्षणमा १ सय ६ नयाँ एचआईभी संक्रमित भेटिएका छन् । भरतपुर अस्पतालमा रहेको एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) सेन्टरका अनुसार सन् २०१९ मा २० हजार ६ सय ४६...

फुटबल प्रशिक्षण खुला गर्न सरकारसँग माग

एजेन्सी, १ असोज-अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल प्रशिक्षण खुला गर्न सरकारसँग माग गरेको छ । एन्फाका पदाधिकारीहरुले राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललाई भेटेर खेलाडीहरु निकै मारमा परेकाले उनीहरुलाई प्रशिक्षणको...

झापाको कचनकवलमा नवनिर्मित बोर्डर आउपोष्टको उद्घाटन

विराटनगर, १८ माघ । झापाको कचनकवल गाउँपालिका–४ खुट्टामुनीस्थित नवनिर्मित सशस्त्रप्रहरी बल नेपालको बोर्डर आउट पोष्ट उद्घाटन भएको । एक कार्यक्रमकाबीच प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईल नवनिर्मित बिओपीको उद्घाटन गनुभएको छ । कार्यक्रममा प्रदेश...

सुलेमानीको अन्तिम बिदाइमा दसौं लाख सहभागी

एजेन्सी, पुस २२–इरानका उच्च सैन्य कमान्डर मेजर जनरल कासिम सुलेमानीको अन्तिम बिदाइमा दसौं लाख मानिस सहभागी भएका छन् । अमेरिकाले गरेको हवाई आक्रमणमा परी मृत्यु भएका सुलेमानीको शव यात्रामा लाखौं मानिस सहभागी भएका हुन् ।...

राष्ट्रिय फुटबल टिमका खेलाडीको कोरोना परीक्षण

काठमाडौं, २६ साउन-विश्वकप छनोट र एसियन कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका खेलाडीहरूको कोरोना परीक्षण गरिएको छ । सोमबार बन्द प्रशिक्षणमा सहभागी हुने ३४ खेलाडीमध्ये ११ जनाको कोरोना परीक्षण गरिएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्