राशिफल

झापाको कचनकवलमा नवनिर्मित बोर्डर आउपोष्टको उद्घाटन

 न्यूज विराट
झापाको कचनकवलमा नवनिर्मित बोर्डर आउपोष्टको उद्घाटन

विराटनगर, १८ माघ । झापाको कचनकवल गाउँपालिका–४ खुट्टामुनीस्थित नवनिर्मित सशस्त्रप्रहरी बल नेपालको बोर्डर आउट पोष्ट उद्घाटन भएको । एक कार्यक्रमकाबीच प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईल नवनिर्मित बिओपीको उद्घाटन गनुभएको छ ।

कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री राईले सशस्त्रद्वन्द्वको विषम परिस्थितिमा स्थापना भई मुलुकमा शान्ति सुरक्षामा सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रसंसा गर्नुभयो ।

उहाँले विपद्का वेला उद्धार संक्रामक रोग नियन्त्रणमा पनि सशस्त्रप्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । सशस्त्रप्रहरी बल नेपालले विगतमा परिष्कृत भएर मुलुकको सीमा रक्षाकालागितल्लीनहुनुपर्नेमाउहाँले जोड दिनुभएको छ ।

बजेटको सिमाले भ्याएसम्म सरकार विकासकाकाममालागिरहने राईले बताउनुभयो । आन्तरिक मामिलातथाकानूनमन्त्री केदार कार्कीले देशको सीमा सुरक्षाको लागि सरकार गम्भीर रहेको बताउनुभएको छ ।

उहाँले मुलुकको भूमि एक इन्चपनितलमाथिनहुने गरी सरकारले संवेदनशीलभई कामगर्ने बताउनुभयो । नागरिकको सुरक्षाकालागि सुरुमा सुरक्षाकर्मीलाई नै बलियोबनाउनुपर्ने भन्दै सो ठाउँमा बोर्डर आउट पोष्टको स्थापनागरिएको बताउनुभएको छ । सीमा सुरक्षाकालागि सबैको भूमिकामहत्त्वपूर्ण रहने उहाँको भनाई छ । ‘सीमा शुरक्षागर्ने जिम्मेवारी सुरक्षाकर्मीको मात्रहो भनेर भन्नू हुन्नतपाई हामीनागरिकको पनिउत्तिकै भूमिका रहन्छ ।’ उहाँले भन्नुभयो ।

कार्यक्रममा नं १ बाहिनीमुख्यालय सुनसरीकाबाहिनीपतिकमलगिरिले सीमा सुरक्षाको जिम्मेवारी बाहेक पनिराष्ट्रले सुम्पेको अन्यजिम्मेवारी तल्लीनभएर सशस्त्रप्रहरीले गरिरहेको बताउनुभयो ।

भवननिर्माणका लागिआर्थिक वर्ष २०७६/७७माप्रदेश १ सरकारको आन्तरिक मामिलातथाकानून मन्त्रालयबाट एक करोड ४२ लाख एक हजार दुई सय ३९ रुपैंया ९० पैसा विनियोजन भएको थियो । भवनको ठेक्का धरानको श्री स्वामीनारायण निर्माण सेवाप्रालिले एक करोड ३९ लाख १७हजार पाँच सय ६४ रुपैंया ४२ पैसामापाएको थियो ।

कार्यक्रममाभवननिर्माणका लागिनिःशुल्कजग्गाउपलब्ध गराउने रघुनन्दन गणेश र श्रीमतीप्रतिमाकुमारी गणेशलाई दोसल्लाओढाएर सम्मानगरिएको छ । समारोहमा योजनाआयोगकाउपाध्यक्ष डा.विश्वपौडेल मुख्यमन्त्रीकार्यालयकामुख्य सचिव डा.रामप्रसाद घिमिरे आन्तरिक मामिलातथाकानूनमन्त्रालयका सचिवकालीप्रसाद पराजुलीतथाविभिन्न सुरक्षानिकायकाप्रतिनिधिको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

राष्ट्र बैंकको नीतिको कारण अटो व्यवसायी सडकमा, गाडी बिक्रीको वातावरण बनाउन माग

विराटनगर । अटो मोबाइल्स व्यवसायीहरू सरकार विरुद्धका चर्का नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेर सडकमा उत्रिएका छन् । खासगरी सरकार, राष्ट्र बैंकको पछिल्लो नीतिले अटो मोबाइल्स व्यवसाय नै धरासायी हुन पुगेको भन्दै व्यवसायीहरू आन्दोलित भएका...

हिमालय दर्शन कलेजमा दुई हप्ते ‘प्रि युनिभर्सिटी’ कक्षा सकियो, विद्यार्थीको लागि लाभदाही

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गरि सुरू गरिएको दुई हप्ते ‘प्रि युनिभर्सिटी’ कक्षा सकिएको छ । हिमालय दर्शन कलेजमा भर्ना भएका बीआइएम र बीसीए पहिलो सेमिस्टरमा भर्ना भएका विद्यार्थीहरूलाई लक्षित...

शिक्षादीप स्पोर्टस् मिट सुरू,पाँच सय बढी विद्यार्थीको सहभागि

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा शिक्षादीप स्पोर्टस् मिट २०७९ सुुरू भएको छ । विराटनगरमा बिहीबार एक कार्यक्रम आयोजना गरी स्पार्टस् मिट सुरू भएको हो । हप्तादिनसम्म संचालन हुने स्पोर्टस् मिटको उद्घाटन कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले...

मेयर कोइरालाकै घरमा चल्यो डोजर, विराटनगरमा अवैध संरचना हटाउन थालियो

विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउने अभियान सुरु गरेको छ ।अभियानको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको घरबाटै सुरु गरिएको छ । विराटनगर–९ जलजला रोडस्थित कोइरालाले भाडामा लगाएका पसल सञ्चालकले सटर...